अब नाकाबन्दीका युग सकिए: ओली

Shikharkhabar Shikharkhabar
|
बुधबार, मंसिर ६, २०७४
|
|
२५ पटक हेरिएको
Shares
अब नाकाबन्दीका युग सकिए: ओली

सारांश

  • भैरहवा: नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कुनै बाहानामा नेपालमाथि नाकाबन्दी गर्न युग सकिएको बताएका छन्।
  • भारतसँग कांग्रेसले सम्बन्ध बिग्रेकै कारण आफू प्रधानमन्त्री हुँदा नाकाबन्दी भएको भन्दै उनले चीनसँगको पारवहन सम्झौताले नाकाबन्दीको युग सकिएको बताए।
  • ‘मैले जब चीनसँग पारवहन लगायतका सम्झौता गरे त्यसदेखि नाकाबन्दीको युग सकियो, नेपाल चीन र भारत दुबै तर्फबाट समुन्द्रसँग जोडिएको छ,’ उनले भने।

भैरहवा: नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कुनै बाहानामा नेपालमाथि नाकाबन्दी गर्न युग सकिएको बताएका छन्। भारतसँग कांग्रेसले सम्बन्ध बिग्रेकै कारण आफू प्रधानमन्त्री हुँदा नाकाबन्दी भएको भन्दै उनले चीनसँगको पारवहन सम्झौताले नाकाबन्दीको युग सकिएको बताए।

‘मैले जब चीनसँग पारवहन लगायतका सम्झौता गरे त्यसदेखि नाकाबन्दीको युग सकियो, नेपाल चीन र भारत दुबै तर्फबाट समुन्द्रसँग जोडिएको छ,’ उनले भने।लोकतन्त्रलाई संस्थागत गर्दै परराष्ट्र नीतिको पुनरावलोकनको काम निर्वाचनपछिको बाम गठबन्धनको बलियो सरकारले गर्ने ओलीले बताए।

बाम गठबन्धनले बुधबार रुपन्देहीको बुटवलमा गरेको चुनावी सभामा बोल्दै ओलीले निर्वाचन पछि छिमेकीसंग हैसियत अनुसारको सम्बन्ध विस्तार गर्दै दीर्घकालीन सोचका साथ बलियो सरकार बन्ने दाबि गरे।

कांग्रेसप्रति खरो रुपमा प्रस्तुत भएका ओलीले लोकतन्त्रको ठूला गफ नगर्न चेतावनी दिए। ‘अलि साइजका गफ गर्न कांग्रेसका मित्रहरुलाई आग्रह गर्छु, उनले भने,’०४६ सालको आन्दोलनताका बेलायतको गल्लीमा भौतारिने देउवाले ठूला कुरा गर्न सुहाउदैन।’

०४६ सालतिर बुटवलका सडकमा हिडिरहेको स्मरण गर्दै ओलीले जेल नेल खाएका कम्युनिष्ट नेताहरुलाई लोकतान्त्रिक हु भन्न कसैसंग गुणस्तरको चिन्ह लिन जरुरी नभएको बताए।

‘लोकतान्त्रिक आन्दोलन चल्दा कांग्रेसका नेतालाई पर्चामा हस्ताक्षर गर्न गोरखपुरमा भेट्नुपर्थ्यो, हामीले बुटवलबाट लड्ने अलोकतान्त्रिक, गोरखपुरमा भेटिने लोकतान्त्रिक? ओलीले प्रश्न गरे।

मधेश पहाडीको बीचमा द्धेष उत्पन्न गरेर द्धन्द्ध व्यवसाय चलाउने कांग्रेसीहरुले अहिले द्धन्द्ध व्यवस्थापन व्यवसाय चलाएर कमिसन खाने गरेको उनले बताए। ‘मेडिकल कलेज खोल्न नहुने, उद्योगहरु कौडीको मोलमा बेच्ने, अनि हजारौं युवालाई बिदेश पठाउने एजेण्टबाट कमिसन लिएर बस्नेहरुको दिन सकिए, ओलीले भने।

निर्वाचन पछि जनताको पक्षमा काम गर्ने सरकार कस्तो हुनेछ भन्ने अनुभव हुने उनले बताए। माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको सन्देश पनि त्यही भएको भन्दै उनले सन्तानको भविष्यका लागि बामगठबन्धनका उम्मेदवारलाई जिताउन उनले आग्रह गरे।

सभामा प्रचण्ड आउने भनिए पनि उनी आएनन् । सभालाई माओवादी केन्द्रका नेता रामबहादुर थापा बादलले सम्बोधन गरेका थिए। उनले समाजवाद निर्माणको मुख्य एजेण्डा सहित अहिलेको निर्वाचन भएकाले बामगठबन्धनका उम्मेदवारलाई जिताउन आग्रह गरे।

‘अब पूजिवादी गणतन्त्रमा रहिरहने होइन, समाजवादी गणतन्त्र रोज्ने समय यो निर्वाचन हो, त्यसको पक्षमा उभिन मतदातालाई आग्रह गर्छु,’ उनले भने।बादलले बामगठबन्धनको जीतलाई कुनै पनि शक्तिले रोक्न नसक्ने भन्दै अन्य पार्टीमा आस्था राख्नेहरुलाई पनि बामगठबन्धनको पक्षमा उभिन आग्रह गरे।

सभामा रुपन्देहीका बामगठबन्धनका उम्मेदवारहरुले सम्बोधन गरेका थिए। उनीहरुले बुटवललाई प्रदेश ५ को राजधानी बनाउनुको बिकल्प नभएको बताए। एमाले उपमहासचिव विष्णु पौडेलले भन- ‘म पार्टी अध्यक्ष र नेता वादललाई साक्षी राखेर भन्छु, बुटवल प्रदेश ५ को राजधानी हुन्छ, यसमा कुनै दुईमत छैन।’ अर्का उपमहासचिव घनश्याम भुसालले इतिहासको काध हल्न नसकेका कारण राजा सकिएको र अव कांग्रेस सकिने समय आएको बताए।

उनले लोकतान्त्रिक इतिहासमा पहिलो स्थिर सरकार बन्न लागेको बताउदै छिमेकी मुलुकसंग बराबरी हैसियतको सम्बन्ध कायम हुने बताए।त्यस्तै माओवादी केन्द्रका सचिवालय सदस्य डिलाराम आचार्यले समृद्ध मुलुक निर्माणको अभियानको थालनी कम्युनिष्टको एकतासंगै शुरु भएको भन्दै यो अभियानको घेराभित्र रहन मतदातालाई आग्रह गरे।

प्रतिक्रिया

2 कमेन्ट

    Comment Author

    Shyam Fayal

    What a joke?

    Comment Author

    Indra Bhandari

    इ नालायक तेताले कथम कदाचित सततामा बसे भने भारतले मात्र होइन नेपालमा आमेरिका जापान युरोप सारा विसवोले नाका बन्दी लगाउने छ कमनिस भनेका मानव होइनन दानब हुन नेपलका २,४ जना बोके शिक्षा पडेका बोके लागने पाटि हो कमनिस

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 2
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बिग्रेका खानै नहुने मिठाई विक्री गर्ने अनमोल स्वीट्समा सिलबन्दी
बिग्रेका खानै नहुने मिठाई विक्री गर्ने अनमोल स्वीट्समा सिलबन्दी
स्मार्ट विद्युतीय स्कुटर, जसमा छन् यस्ता विशेषता
स्मार्ट विद्युतीय स्कुटर, जसमा छन् यस्ता विशेषता
२५६ वर्ष उमेर, २४ विवाह र २०० सन्तान भएका यी को हुन् !
२५६ वर्ष उमेर, २४ विवाह र २०० सन्तान भएका यी को हुन् !
रुपन्देहीका एक उपमहानगरपालिका र पाँच नगरपालिकामा एमालेले लगायो उम्मेद्वारको टुंगो!
रुपन्देहीका एक उपमहानगरपालिका र पाँच नगरपालिकामा एमालेले लगायो उम्मेद्वारको टुंगो!
बाराको निजगढ उपमहानगरमा एमालेको विजयी
बाराको निजगढ उपमहानगरमा एमालेको विजयी
Complaint filed against John Abraham’s film ‘Satyameva Jayate’ for hurting ‘religious sentiments’
Complaint filed against John Abraham’s film ‘Satyameva Jayate’ for hurting ‘religious sentiments’
आरजु राणा देउवाद्वारा प्रधानमन्त्री शेरबहादुर देउवासँग मन्त्रिपरिषदमा ३३ प्रतिशत महिला सहभागिताका लागि माग
आरजु राणा देउवाद्वारा प्रधानमन्त्री शेरबहादुर देउवासँग मन्त्रिपरिषदमा ३३ प्रतिशत महिला सहभागिताका लागि माग
कांग्रेस नेता गच्छदाद्वारा प्रधानमन्त्रीको राजीनामा माग
कांग्रेस नेता गच्छदाद्वारा प्रधानमन्त्रीको राजीनामा माग
तुलसीपुरमा विद्युत नियमित गराउन नगर प्रमुख घनश्याम पाण्डेको यस्तो पहल
तुलसीपुरमा विद्युत नियमित गराउन नगर प्रमुख घनश्याम पाण्डेको यस्तो पहल
सरद र निसालाई पुत्रलाभ
सरद र निसालाई पुत्रलाभ

तपाईंले छुटाउनुभयो कि?