‘कमाउ’ अड्डा छोड्न मान्दैनन् कर्मचारी

Shikharkhabar Shikharkhabar
|
बिहिबार, माघ २५, २०७४
|
|
१८ पटक हेरिएको
Shares
‘कमाउ’ अड्डा छोड्न मान्दैनन् कर्मचारी

सारांश

  • काठमाडौ, २५ माघ-सरकारले प्रदेश मा सरूवा गरेका कर्मचारीमध्ये केहीले सरुवा रोक्न विभिन्न तहबाट दबाब दिन थालेका छन्।
  • सामान्य प्रशासन मन्त्रालय स्रोतका अनुसार कमाउ अड्डा भनेर चिनिएका यातायात, वैदेशिक रोजगार, श्रम, मालपोतलगायतका कार्यालयमा कार्यरत कर्मचारीले आफ्नो सरूवा रोक्न दबाब दिन थालेका हुन्।
  • ‍सामान्य प्रशासन मन्त्रालयले भने निर्णयबाट पछि नहट्ने जनाएको छ आजको नागरिक दैनिकमा भुवन शर्माले खबर लेखेका छन् ।

काठमाडौ, २५ माघ-सरकारले प्रदेश मा सरूवा गरेका कर्मचारीमध्ये केहीले सरुवा रोक्न विभिन्न तहबाट दबाब दिन थालेका छन्।

सामान्य प्रशासन मन्त्रालय स्रोतका अनुसार कमाउ अड्डा भनेर चिनिएका यातायात, वैदेशिक रोजगार, श्रम, मालपोतलगायतका कार्यालयमा कार्यरत कर्मचारीले आफ्नो सरूवा रोक्न दबाब दिन थालेका हुन्। ‍सामान्य प्रशासन मन्त्रालयले भने निर्णयबाट पछि नहट्ने जनाएको छ
आजको नागरिक दैनिकमा भुवन शर्माले खबर लेखेका छन् ।

सामान्य प्रशासनले बुधबार ८ सय कर्मचारीलाई विभिन्न प्रदेशमा सरुवा गरेको छ। श्रेणीविहीनसहित दुई हजार कर्मचारी प्रदेशमा पठाउने मन्त्रालयको योजना छ। तर सरुवामा परेका केही कर्मचारी नयाँ ठाउँमा जान आनाकानी गरेको स्रोतको दाबी छ।

सरूवा भइसकेकालाई सम्बन्धित कार्यालयले काजमा राखेकाले पनि कर्मचारी जान आनाकानी गरेको स्रोतको भनाइ छ। यस्तो प्रवृत्ति मालपोत कार्यालयमा बढी देखिएको स्रोतले बतायो।

सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता शिवराम न्यौपानेले भने, ‘सामान्यको जिम्मेवारी कर्मचारी सरुवा गर्ने हो। सरुवा गरिएको कर्मचारीलाई सम्बन्धित कार्यालयमा खटायने, नखटाउने जिम्मेवारी सम्बन्धित मन्त्रालयले लिनुपर्छ।’ सरुवामा पर्नेमा नेपाल ट्रष्टको कार्यालय, गृह मन्त्रालय र हुलाकका समेत छन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?