पाल्पा सत्यवती जीप दुर्घटना : मृतक चार जनाको पहिचान

Shikharkhabar Shikharkhabar
|
सोमबार, जेठ २२, २०८०
|
|
४७ पटक हेरिएको
Shares
पाल्पा सत्यवती जीप दुर्घटना : मृतक चार जनाको पहिचान

सारांश

  • पाल्पा।
  • पाल्पाको रैना देवीछहरा गाउँपालिका-८ सत्यवतीस्थित किउरेछेडाँमा भएको जीप दुर्घटनामा मृतकको सङ्ख्या चार पुगेको छ।
  • अहिले मृतक सबैको पहिचान खुलेको छ।

पाल्पा। पाल्पाको रैना देवीछहरा गाउँपालिका-८ सत्यवतीस्थित किउरेछेडाँमा भएको जीप दुर्घटनामा मृतकको सङ्ख्या चार पुगेको छ। अहिले मृतक सबैको पहिचान खुलेको छ। दुर्घटनामा ११ जना घाइते भएका छन्।

रुपन्देहीको सालझण्डीबाट अर्घाखाँचीको पणेना जाँदै गरेको लु१च ९०२४ नम्बरको जीप आइतबार साँझ सो स्थानामा दुर्घटना भएको हो। दुर्घटनामा चालकसहित तीन जनाको घटनास्थलमै र एक जनाको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रवक्ता प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिए।

मृत्यु हुनेमा अर्घाखाँचीको पाणिनी गाउँपालिका-१ पडेना बस्ने चीप चालक २६ वर्षीय रमेश विक, पाणिनी-१ का ५५ वर्षीया श्यामकला परियार, पाणिनी-२ पोखराथोकका २५ वर्षीया सीता गौतम र सोही स्थानका दुई वर्षीय बालक संयोग गौतम रहेका छन्। संयोगको उपचारको क्रममा र अन्यको घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ।

घाइतेमध्ये पाँच जनाको अवस्था गम्भीर रहेको छ। घाइते पाँच जनाको बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा, दुई जनाको चौराहा अस्पताल बुटवल र चार जनाको भैरहवा मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ। जीप सडकदेखि करिब ७० मिटर तल खसेको छ। दुर्घटनासम्बन्धी अहिले अनुसन्धान भइरहेको प्रनाउ थापाले बताए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

यसरी शक्ति प्रदर्शन गर्दैछन् राजधानीमा  बामगठबन्धनले
यसरी शक्ति प्रदर्शन गर्दैछन् राजधानीमा बामगठबन्धनले
याे हाे ३ लाख डलर को अन्तर्राष्ट्रिय पुरस्कार पाउने नेपाली संस्था
याे हाे ३ लाख डलर को अन्तर्राष्ट्रिय पुरस्कार पाउने नेपाली संस्था
सर्वोच्चको आदेशविपरीत प्रजिअ सिफारिस : योग्यता पुर्‍याउन ३७ सिडिओ तालिम लिँदै
सर्वोच्चको आदेशविपरीत प्रजिअ सिफारिस : योग्यता पुर्‍याउन ३७ सिडिओ तालिम लिँदै
सरकारलाई  सर्वोच्च अदालतको २४ घण्टे अल्टिमेटम !
सरकारलाई सर्वोच्च अदालतको २४ घण्टे अल्टिमेटम !
समृद्धिको एजेन्डामा कांग्रेस, मधेशी दलसँग सहकार्य गर्नुपर्ने प्रचण्डको धारणा
समृद्धिको एजेन्डामा कांग्रेस, मधेशी दलसँग सहकार्य गर्नुपर्ने प्रचण्डको धारणा
सभामुखलाई बधाई दिँदै प्रधानमन्त्रीले भने : सभा सञ्चालनमा मेरो सहयोग रहन्छ
सभामुखलाई बधाई दिँदै प्रधानमन्त्रीले भने : सभा सञ्चालनमा मेरो सहयोग रहन्छ
सडक विस्तार नगर्न आग्रह
सडक विस्तार नगर्न आग्रह
जुन नेपाली परिवारका आठैजना कोरोनाभाइरसको सङ्क्रमणपछि निको भए
जुन नेपाली परिवारका आठैजना कोरोनाभाइरसको सङ्क्रमणपछि निको भए
प्रदेश १ मा कांग्रेस निरिह, गणना भैरहेका सबै क्षेत्रमा वामगठबन्धन अगाडि
प्रदेश १ मा कांग्रेस निरिह, गणना भैरहेका सबै क्षेत्रमा वामगठबन्धन अगाडि
रुस र टर्कीले सिरिया मामलामा मिलेर काम गर्ने
रुस र टर्कीले सिरिया मामलामा मिलेर काम गर्ने

तपाईंले छुटाउनुभयो कि?