एक हजार ५४८ सवारी साधनमा ‘ह्वील लक’

Shikharkhabar Shikharkhabar
|
सोमबार, फाल्गुन २७, २०७५
|
|
२४ पटक हेरिएको
Shares
एक हजार ५४८ सवारी साधनमा ‘ह्वील लक’

सारांश

  • काठमाडौँ।
  • ट्राफिक प्रहरीले उपत्यकाका विभिन्न स्थानमा जथाभावी पार्किङ गर्ने एक हजार ५४८ सवारी साधनलाई कार्यवाही स्वरुप ‘ह्वील लक’ (सवारी साधनको पाङ्ग्रामा साँचो) लगाएको छ।
  •   महानगरीय ट्राफिक प्रहरी महाशाखाले उपत्यकामा हुने अत्यधिक जामलाई व्यवस्थित पार्न र अनाधिकृत पार्किङलाई निरुत्साहित गर्न उक्त सवारी साधनमा ‘ह्वील लक’ लगाएको हो।
काठमाडौँ। ट्राफिक प्रहरीले उपत्यकाका विभिन्न स्थानमा जथाभावी पार्किङ गर्ने एक हजार ५४८ सवारी साधनलाई कार्यवाही स्वरुप ‘ह्वील लक’ (सवारी साधनको पाङ्ग्रामा साँचो) लगाएको छ। 
महानगरीय ट्राफिक प्रहरी महाशाखाले उपत्यकामा हुने अत्यधिक जामलाई व्यवस्थित पार्न र अनाधिकृत पार्किङलाई निरुत्साहित गर्न उक्त सवारी साधनमा ‘ह्वील लक’ लगाएको हो। 
महाशाखाका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक वसन्तकुमार पन्तले अनाधिकृत रूपमा पार्किङ गर्ने सवारी साधनलाई विशेष कारवाहीअन्तर्गत ‘ह्वील लक’ लगाएको बताए। “बाटोमा जथाभावी पार्किङ गरेर हिँड्ने सवारी साधनलाई कारवाहीस्वरुप ह्वील लक लगाएर कारबाही गरेका हौँ”, उनले भने। 
मङ्सिर ८ गतेदेखि शुरु गरिएको उक्त अभियानमा दुईपाङ्ग्रे तथा चारपाङ्ग्रे सवारी साधनलाई ‘ह्वील लक’ लगाएर कारवाही गरिँदै आएको हो। महाशाखाले सडकलाई अवरोध पु¥याउने गरेर जथाभावी रुपमा पार्किङ गर्ने सवारी साधनलाई ह्वील लकसँगै रु ५०० देखि एक हजारसम्म जरिवना गर्दै आएको छ। 
ट्राफिक प्रहरीले ‘ह्वील लक’ लगाउँदा सम्बन्धित सवारी चालकलाई उक्त कारवाहीअन्तर्गत कहाँ र कसलाई सम्पर्क गर्ने भन्ने कुरा भने विस्तृत विवरणसहित तयार पारेको ‘स्टीकर’ चालकतर्फको झ्यालमा टाँस्ने गरेको छ। 
महाशाखाका अनुसार ‘ह्वील लक’ खुलाउन ‘स्टीकर’मा लेखिएको ट्राफिक प्रहरीको मोबाइल वा ट्राफिक प्रहरीको हटलाइन १०३ मा सम्पर्क गर्नुपर्ने व्यवस्थासमेत गरेको छ। 
यस्तै महाशाखाले लेन अनुशासन कारवाही, मादकपदार्थ सेवन (मापसे) कारवाही, सिसीटिभी कारवाही, गोप्रो बडिवान क्यामरालगायतका कारवाही गर्दै आएको छ। रासस

(Xanax)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

उदयपुर बेल्टार तनावग्रस्तः दर्जनौ सेल अश्रुग्यास प्रहार
उदयपुर बेल्टार तनावग्रस्तः दर्जनौ सेल अश्रुग्यास प्रहार
सत्यवती ताल क्षेत्रमा मनमनै होइन, चिच्याएर वर मागिन्छ
सत्यवती ताल क्षेत्रमा मनमनै होइन, चिच्याएर वर मागिन्छ
७४० पालिकाको मतगणना सम्पन्न, कुन दलले कति जिते ?
७४० पालिकाको मतगणना सम्पन्न, कुन दलले कति जिते ?
‘आफ्नो गाउँ आफैँ बनाऔँ’ का थालनीकर्ता कम्युनिष्ट नेता भरतमेहन प्रकाश सिलवाल काठमाडौँ। कानून व्यवसायबाट सामाजिक क्षेत्रमा लागेका नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का दिवङ्गत नेता तथा पूर्वउपप्रधानमन्त्री एवं अर्थमन्त्री भरतमोहन अधिकारी अर्थतन्त्रका विज्ञसमेत थिए। शनिबार राति ९ः३५ बजे काठमाडौँको ह्याम्स अस्पतालमा ८३ वर्षको उमेरमा निधन भएका नेता अधिकारी मनमोहन स्मृति

यसरी मनाए सिन्धुपाल्चोकका शेर्पाले बुद्ध जयन्ती (फोटो फिचर)
यसरी मनाए सिन्धुपाल्चोकका शेर्पाले बुद्ध जयन्ती (फोटो फिचर)
प्रियंका चोपडाको फड्को, हलिउडको सुपरहिरो फिल्ममा मुख्य भूमिका
प्रियंका चोपडाको फड्को, हलिउडको सुपरहिरो फिल्ममा मुख्य भूमिका
उपप्रमुखले कानुन नजान्दा मुद्दा घाँडो बन्दै
‘म त होइन तिम्रो’ चर्चामा  (भिडियोसहित)
‘म त होइन तिम्रो’ चर्चामा (भिडियोसहित)
रुपन्देहीको कोटहीमाईमा लाेसपा विजयी
रुपन्देहीको कोटहीमाईमा लाेसपा विजयी
उपराष्ट्रपति ,राष्ट्रपति तथा प्रधानमन्त्रीद्वारा माघे संक्रान्तिको शुभकामना
उपराष्ट्रपति ,राष्ट्रपति तथा प्रधानमन्त्रीद्वारा माघे संक्रान्तिको शुभकामना

तपाईंले छुटाउनुभयो कि?