७४० पालिकाको मतगणना सम्पन्न, कुन दलले कति जिते ?

Shikharkhabar Shikharkhabar
|
मंगलबार, जेठ १०, २०७९
|
|
१९ पटक हेरिएको
Shares
७४० पालिकाको मतगणना सम्पन्न, कुन दलले कति जिते ?

सारांश

  • काठमाडौं।
  • गत वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनको मतपरिणाम आउने क्रम जारी रहेको छ।
  • निर्वाचन आयोगका अनुसार हालसम्म ७५३ स्थानीय तहमध्ये ७४० वटामा मतगणना सम्पन्न भएको छ।

काठमाडौं। गत वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनको मतपरिणाम आउने क्रम जारी रहेको छ। निर्वाचन आयोगका अनुसार हालसम्म ७५३ स्थानीय तहमध्ये ७४० वटामा मतगणना सम्पन्न भएको छ।

मतगणना सम्पन्न भएका पालिकामा सबैभन्दा बढी प्रमुख तथा अध्यक्ष नेपाली कांग्रेसले जितेको छ। कांग्रेसपछि क्रमसः नेकपा एमाले, नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी (जसपा), नेपाल, नेकपा (एकीकृत समाजवादी) र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), नेपालले बढी पालिकाको प्रमुख तथा अध्यक्ष जितेका छन्।

मतगणना सम्पन्न भएका पालिकामध्ये ३२२ वटाको प्रमुख तथा अध्यक्षमा कांग्रेसका उम्मेदवार विजयी बनेका छन्। यस्तै, हालसम्मको परिणाम अनुसार एमालेका २०२, माओवादी केन्द्रका १२१, जसपाको ३०, एकीकृत समाजवादीको १९ र लोसपाको १६ जना उम्मेदवार पालिका प्रमुख तथा अध्यक्ष पदमा विजयी बनीसकेका छन्। अन्य दल तथा स्वतन्त्र रुपमा उम्मेदवारी दिने १९ जना पनि पालिका प्रमुख तथा अध्यक्षमा निर्वाचित भएका छन्।

आयोगका अनुसार अहिले ११ पालिकाको मतगणना भइरहेको छ। मतगणना भइरहेकामध्ये ४ वटामा कांग्रेस, तीन वटामा एमाले र एक÷एक वटामा माओवादी केन्द्र, जसपा, एकीकृत समाजवादी र स्वतन्त्र उम्मेदवारले अग्रता लिइरहेका छन्। दुई पालिकाको एउटा÷एउटा केन्द्रमा मतदान हुनै बाँकी रहेको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?