दुई किशोरीद्वारा झुण्डिएर आत्महत्या

Shikharkhabar Shikharkhabar
|
आइतबार, चैत्र १०, २०७५
|
|
३७ पटक हेरिएको
Shares
दुई किशोरीद्वारा झुण्डिएर आत्महत्या

सारांश

  • गौशाला, १० चैत  महोत्तरी जिल्लामा शनिबार दुई किशोरीले झुण्डिएर आत्महत्या गरेका छन् ।
  • जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक ईश्वर कार्कीका अनुसार जिल्लाको सम्सी गाउँपालिका–४ सलेवर यादवकी छोरी १३ वर्षीया साङ्ग्रिला यादव र बर्दिबास नगरपालिका–९ बस्ने सुरेन्द्र महतोकी छोरी १३ वर्षीया कञ्चनकुमारी महतोले आत्महत्या गरेका छन् ।
  • साङ्ग्रिलाले आफ्नै सुत्ने कोठामा रहेको पङ्खामा र कञ्चनले घरभन्दा २०० मिटर पर रहेको आँपको रुखमा सलको पासो लगाई झुण्डिएर आत्महत्या गरेको प्रहरी उपरीक्षक कार्कीले बताउनुभयो ।

गौशाला, १० चैत  महोत्तरी जिल्लामा शनिबार दुई किशोरीले झुण्डिएर आत्महत्या गरेका छन् । जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक ईश्वर कार्कीका अनुसार जिल्लाको सम्सी गाउँपालिका–४ सलेवर यादवकी छोरी १३ वर्षीया साङ्ग्रिला यादव र बर्दिबास नगरपालिका–९ बस्ने सुरेन्द्र महतोकी छोरी १३ वर्षीया कञ्चनकुमारी महतोले आत्महत्या गरेका छन् ।

साङ्ग्रिलाले आफ्नै सुत्ने कोठामा रहेको पङ्खामा र कञ्चनले घरभन्दा २०० मिटर पर रहेको आँपको रुखमा सलको पासो लगाई झुण्डिएर आत्महत्या गरेको प्रहरी उपरीक्षक कार्कीले बताउनुभयो । दुई किशोरी एकै दिन किन, के–कति कारणले झुण्डिएर आत्महत्या गरे भन्नेबारे प्रहरीले अनुसन्धान शुरु गरेको छ भने दुवै किशोरीको शव परीक्षणका लागि जिल्ला अस्पताल जलेश्वरमा राखिएको जनाइएको छ ।

उपचारका क्रममा मृत्यु

महोत्तरी जिल्लाको रामगोपालपुर नगरपालिका–५ कञ्चनपुरमा आफ्नै जीउमा आगो लगाएका एक पुरुषको गए राति उपचारको क्रममा मृत्यु भएको छ ।

मृत्यु हुनेमा रामगोपालपुर–५ कञ्चनपुरका ६० वर्षीय सूर्यदेव मुखिया रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले बताउनुभयो ।

शनिबार दिउँसो घरमा कोही नभएको बेला शरीरभरि कपडा बेरी मट्टितेल छर्केर आफैँले आगो लगाएका मुखियाको अवस्था गम्भीर भएपछि परिवारजनले उपचारका लागि जनकपुर अञ्चल अस्पताल लगेका थिए । उनको गए राति उनको करीब ८ बजे उपचारकै क्रममा मृत्यु भएको थियो ।

मुखिया के–कति कारणले आफँैले जीउमा आगो लगाए भन्नेबारे प्रहरीले अनुसन्धान अगाडि बढाएको छ । मृतकको शव परीक्षणपश्चात परिवारजनलाई बुझाइने जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

गठबन्धनबाट जसपालाई कुनै फाइदा भएको छैन, एक्लै लडेको भए बरु धेरै सिट जित्थ्योः राजकिशोर यादव
गठबन्धनबाट जसपालाई कुनै फाइदा भएको छैन, एक्लै लडेको भए बरु धेरै सिट जित्थ्योः राजकिशोर यादव
एशिया कप क्रिकेट नेपाल र भारतबीच खेल हुने
एशिया कप क्रिकेट नेपाल र भारतबीच खेल हुने
दुई खेल हारेको दक्षिण अफ्रिकालाई अर्को ठूलो झड्का, डेल स्टेन विश्वकपबाट बाहिरिए
दुई खेल हारेको दक्षिण अफ्रिकालाई अर्को ठूलो झड्का, डेल स्टेन विश्वकपबाट बाहिरिए
नेप्से परिसूचक दोहोरो अङ्कले बढ्यो, कारोबार रकम  तीन अर्ब चार करोडभन्दा माथि
नेप्से परिसूचक दोहोरो अङ्कले बढ्यो, कारोबार रकम तीन अर्ब चार करोडभन्दा माथि
क्रिकेटर शरद भेषावकर र नायिका निशाले कसे लगनगाँठो
क्रिकेटर शरद भेषावकर र नायिका निशाले कसे लगनगाँठो
५४ वर्षपछि माध्यमिक तह सञ्चालन
५४ वर्षपछि माध्यमिक तह सञ्चालन
आईजीपी अर्यालको अडानलाई लत्याउँदै गृहमन्त्रीले हप्काए आईजीपीलाई ?
आईजीपी अर्यालको अडानलाई लत्याउँदै गृहमन्त्रीले हप्काए आईजीपीलाई ?
आमाछोरीको हत्यामा संलग्न साह प्रहरीद्वारा सार्वजनिक
आमाछोरीको हत्यामा संलग्न साह प्रहरीद्वारा सार्वजनिक
साउदीको तेल प्रशोधन आक्रमणका पछाडि ‘इरान’ को हात रहेको तथ्य
साउदीको तेल प्रशोधन आक्रमणका पछाडि ‘इरान’ को हात रहेको तथ्य
शनिबार चक्रपथको कोटेश्वर–कलंकी खण्ड विस्तारको काम सकिने
शनिबार चक्रपथको कोटेश्वर–कलंकी खण्ड विस्तारको काम सकिने

तपाईंले छुटाउनुभयो कि?