तेस्रो चन्द्रौटा महोत्सवको आयव्याय सार्वजनिक
सारांश
- माधव बेल्वासे कपिलवस्तु, पुस ९ ।
- कपिलवस्तुको चन्द्रौटामा गत वर्ष भएको तेस्रो चन्द्रौटा महोत्सवको आयव्याय आईतवार एक कार्यक्रमका बीच सार्वजनिक गरिएको छ ।
- २०७३ साल मंसीर २ गते देखी १३ गते सम्म सञ्चालन भएको महोत्सवमा भएको ५९ लाख ७५ हजार ७ सय ७० वरावरको आयव्याय प्रस्तुत गरिएको छ ।
माधव बेल्वासे
कपिलवस्तु, पुस ९ । कपिलवस्तुको चन्द्रौटामा गत वर्ष भएको तेस्रो चन्द्रौटा महोत्सवको आयव्याय आईतवार एक कार्यक्रमका बीच सार्वजनिक गरिएको छ । २०७३ साल मंसीर २ गते देखी १३ गते सम्म सञ्चालन भएको महोत्सवमा भएको ५९ लाख ७५ हजार ७ सय ७० वरावरको आयव्याय प्रस्तुत गरिएको छ ।
महोत्सवमामा जम्मा आम्दानी ५९ लाख ७५ हजार ७ सय ७० मध्ये खर्च ५५ लाख ८८ हजार ९ सय ४४ भएको र संस्थालाई नाफा ३ लाख ८६ हजार ८ सय २६ भएको महोत्सवमा मुल समिति संयोजक महादेव पोखरेलले वताए ।
कृषि पर्यटन उद्योग व्यापार आर्थिक समृद्धिको मुल आधार भन्ने नारासहित सञ्चालन भएको महोत्सवले कपिलवस्तुका पर्यटकीय उद्योगिक तथा कृषि क्षेत्रको प्रचार गरिएको पोख्रेलले बताए ।
आईतवार भएकै कार्यक्रमको अवसरमा महोत्सव लाग्नुपुर्व घोषणा गरिएको प्रति टिकट रु १ का दरले वहादुरगंज सर्पदशालाई दिने भनिएको रमक एकमुष्ट ३० हजार प्रदान गरिएको छ ।
व्यापार संघ कपिलवस्तुले चन्द्रौटामा आयोजना गरेको सम्मान तथा आयव्याय सार्वजनिक कार्यक्रममा कपिलवस्तु क्षेत्र ३ प्रदेश सभा १ का सदस्य अर्जुन केसीलाई संघले सम्मान गरेको छ । सम्मान पछि कार्यक्रममा बोल्दै केसीले व्यापार संघले गत वर्ष लगाएको महोत्सवले यस क्षेत्रको विकासमा सहयोग गरेको वताए ।
महोत्सवले यस क्षेत्रका कृषि पर्यटन उद्योग व्यापार आर्थिक समृद्धी बनाउने प्रयास गरेको जिकिर गरे । महोत्सव लगाउने विषयमा विवाद भन्दा पनि यस क्षेत्रका संघ संस्था सवैको महोत्सव हुने भएकाले सवैले सहयोग गर्नुपर्ने धारण राखे ।
त्यस्तै शिवराज नगरपालिकाका प्रमुख नेत्रराज अधिकारीले महोत्सव लगाएर एक सामाजिक काम गरेकोमा व्यापार संघ कपिलवस्तुलाई धन्यवाद दिए । महोत्सवबाट यस क्षेत्रमा सर्पले टोकेर पिडितहरुलाई सहयोग गरिनु पं्रसशानिय कार्य रहेको दावि गरे ।
अधिकारीका अनुसनार महोत्सवमा वाहिरी वस्तु ल्याएर देखाउनु भन्दा यस क्षेत्रका वस्तुलाई प्रथमिकता दिएर प्रर्वद्धन गर्न आयोजक सस्थाहरुलाई सुझाव दिए । अन्य क्षेत्रका व्यापारी भन्दा पनि यस क्षेत्रका व्यापारीले नै स्थान दिनुपर्नेमा अधिकारीले जोड दिए ।
प्रतिक्रिया