तीन खानसँग फिल्म खेल्न अस्वीकार गर्ने नायिकाहरू

Shikharkhabar Shikharkhabar
|
शनिबार, माघ ६, २०७४
|
|
३२ पटक हेरिएको
Shares
तीन खानसँग फिल्म खेल्न अस्वीकार गर्ने नायिकाहरू

सारांश

  • बलिउडमा हरेक वर्ष सुपरहिट चलचित्र दिएका यी अभिनेताहरूसँग काम गर्न प्राय अभिनेत्रीहरू लालयित हुने गर्दछन् ।
  • तर बलिउडका यस्ता केही अभिनेत्रीहरू छन् जसले तीन खानसँग काम गर्ने नाई शब्दको उच्चारण गरेका थिए ।
  • १.

बलिउडमा हरेक वर्ष सुपरहिट चलचित्र दिएका यी अभिनेताहरूसँग काम गर्न प्राय अभिनेत्रीहरू लालयित हुने गर्दछन् । तर बलिउडका यस्ता केही अभिनेत्रीहरू छन् जसले तीन खानसँग काम गर्ने नाई शब्दको उच्चारण गरेका थिए ।

१. प्रियंका चोपडा
बलिउडमा मात्र नभई हलिउडमा समेत चर्चा बटुल्न सफल भएकी अभिनेत्री हुन् प्रियंका चोपडा । २००८ मा अमिरको सुपर हिट चलचित्र ‘गजनी’बाट प्रियंका चोपडालाई अफर आएको थियो । उनले चलचित्रमा आफ्नो भूमिका बारेमा बुझ्न चाहिन् । तर, निर्माण पक्षले बताउन नचाहे पछि प्रियंकाले यो चलचित्र छाडेकी थिइन् ।

२. दीपिका पादुकोण
अर्की अभिनेत्री हुन् दीपिका पादुकोण जसले एउटा मात्र नभएर सलमानको ३ वटा फिल्मलाई ठाडै अस्वीकार गरेकी थिइन । ‘किक’, ‘प्रेम रतन धन पायो’ र ‘सुल्तान’ जस्ता बलिउडमा सफल व्यापार गरेका यी चलचित्रमा उनले काम गर्न अस्वीकार गरेकी थिइन् । दीपिकालाई हिरोइनको रोल चित्त नबुझेपछि अस्वीकार गरेकी हुन् । साथै उनले शाहरुखसँग चलचित्रमा काम नगर्ने समेत घोषणा गरेको भारतीय मिडियाले लेखेको छ ।

३. ऐश्वर्य राय बच्चन
‘१९९६ मा आएको आमिर खानको चलचित्र ‘राजा हिन्दुस्तानी’को अफर पहिलो पटक ऐश्वर्य राय बच्चनलाई गरिएको थियो । त्यो समयमा उनी चलचित्र भन्दा पढाइमा ध्यान दिन चाहेका कारण काम गर्न अस्वीकार गरेकी थिइन । ऐश्वर्यले अस्वीकार गरे पछि उक्त चलचित्र करिश्मा कपूरले गरेकी थिइन् ।

४. जुही चावला
शाहरुख खानको फिल्म ‘दिल तो पागल है’मा करिश्मा कपुरको रोल सुरुमा जुही चावलालाई अफर गरिएको थियो । तर उनले जवाफ नफर्काएपछि त्यो रोल करिश्मालाई दिइएको थियो । चलचित्र सुपरहिट भयो साथै करिश्माले यसै चलचित्रमा उत्कृष्ट सह–नायिकाको अवार्ड पाएकी थिइन् ।

५.कंगना रनाउत
आनन्द एल रायको आगामी अनटाइटल्ड चलचित्रमा कंगनालाई पहिलो पटक अफर गरिएको थियो ।चलचित्रमा कंगनाको जोडी शाहरुख खान रहेका थिए । तर उनले त्यो अफर लाई अस्वीकार गरिन्। यो चलचित्र सेन्ट्रिक भएकाले उनले अस्वीकार गरेको बताएकी छन् ।‘कफी विद् करण’ मार्फत उनले यो कुराको खुलसा गरेकी हुन् ।

६. करिना कपुर
शाहरुखको चलचित्र ‘कल हो ना हो’मा करिना कपूरलाई अफर आएको थियो । करिनाले लिड गरून् भनी करण जोहरले चाहेका थिए । यो चलचित्रमा करिनालाई पनि काम गर्न इच्छा नभएको होइन । तर, पारिश्रमिकको कुरा नमिले पछि अस्वीकार गरेकी थिइन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तेह्रथुमको अति संवेदशिल सहित सबै क्षेत्रमा शान्तिपूर्ण रुपमा मतदान हुँदै
तेह्रथुमको अति संवेदशिल सहित सबै क्षेत्रमा शान्तिपूर्ण रुपमा मतदान हुँदै
बाढी र पहिरोका कारण मनाङ सडक अवरुद्ध !
बाढी र पहिरोका कारण मनाङ सडक अवरुद्ध !
त्रियुगा नगरपालिकाको बजेट तथा नीति कार्यक्रम ९ दिनमा पारित
त्रियुगा नगरपालिकाको बजेट तथा नीति कार्यक्रम ९ दिनमा पारित
चट्याङ लागेर एक महिलाको मृत्यु, एक घाइते
चट्याङ लागेर एक महिलाको मृत्यु, एक घाइते
२३ जना मतदाता रहेको केन्द्रमा सबैले भोट हाले
२३ जना मतदाता रहेको केन्द्रमा सबैले भोट हाले
झारफुक गर्ने ज्योतिषको भेषमा ५ महिनादेखि बालिका बलात्कार
झारफुक गर्ने ज्योतिषको भेषमा ५ महिनादेखि बालिका बलात्कार
४५ वर्षको उमेरमा करिश्माको होश उडाउने तस्वीर
४५ वर्षको उमेरमा करिश्माको होश उडाउने तस्वीर
नेकपा टेम्पो होइन, जेट इन्जिन हो, दुईजना पाइलट चाहिन्छ : ओली
नेकपा टेम्पो होइन, जेट इन्जिन हो, दुईजना पाइलट चाहिन्छ : ओली
राष्ट्रिय युवा संघ नेपालले गर्‍याे आन्तरिक पर्यटन प्रवर्द्धन गर्न पदयात्रा
राष्ट्रिय युवा संघ नेपालले गर्‍याे आन्तरिक पर्यटन प्रवर्द्धन गर्न पदयात्रा
राप्रपा मेची महाकाली राष्ट्रिय स्वाभिमान यात्राको आज सातौं दिन, ८ स्थानमा सभा हुने
राप्रपा मेची महाकाली राष्ट्रिय स्वाभिमान यात्राको आज सातौं दिन, ८ स्थानमा सभा हुने

तपाईंले छुटाउनुभयो कि?