एभर्टनका प्रशिक्षक बर्खास्त

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, मंसिर २०, २०७६
|
|
३० पटक हेरिएको
Shares
एभर्टनका प्रशिक्षक बर्खास्त

सारांश

  • एजेन्सी ।
  • एभर्टनले मुख्य प्रशिक्षक मार्को सिल्भालाई बर्खास्त गरेको छ ।
  • निरन्तरको खराब नतिजालाई कारण देखाउँदै क्लबले १८ महिनापछि प्रशिक्षक सिल्भालाई बर्खास्त गरेको हो।

एजेन्सी । एभर्टनले मुख्य प्रशिक्षक मार्को सिल्भालाई बर्खास्त गरेको छ ।

निरन्तरको खराब नतिजालाई कारण देखाउँदै क्लबले १८ महिनापछि प्रशिक्षक सिल्भालाई बर्खास्त गरेको हो।
प्रिमियर लिगको पछिल्ले खेलमा एभर्टन शीर्ष स्थानको लिभरपुलसंग ५–२ ले पराजित बनेको थियो ।

नतिजासंगै क्लब रेलिगेशन जोनमा परेको छ । एभर्टनले नयाँ सिजन ९ खेलमा हार ब्यहोरेको छ ।

तालिकाको १८ औ स्थानमा रहेको एभर्टनले पछिल्ला तीन खेल गुमाएको छ ।

उनी सन् २०१८ मा क्लब सम्हाल्न आईपुगेका थिए । उनले करिब ६० खेलमा २४ मा जित र २४ मा हारको नतिजा निकाले ।

पुर्व फरवार्ड डंकन फग्र्युसनले अस्थायी रुपमा क्लबको नेतृत्व गर्नेछन् । क्लब शनिबार चेल्सीविरुद्द मैदान उत्रदै छ ।

क्लबले जति सक्दो चाँडो प्रशिक्षक नियुक्त गर्ने बताएको छ ।

सन् २०१६ मा रोबर्टो मार्टिनेजलाई बर्खास्त गरेपछि क्लब चौथो स्थायी प्रशिक्षकको खोजीमा रहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?