देउवा–खड्का पुरानो सम्बन्ध धरापमा, गुट परिवर्तन गर्ने मुडमा खड्का

Shikharkhabar Shikharkhabar
|
बुधबार, माघ १०, २०७४
|
|
१७ पटक हेरिएको
Shares
देउवा–खड्का पुरानो सम्बन्ध धरापमा, गुट परिवर्तन गर्ने मुडमा खड्का

सारांश

  • काठमाडौं, १० माघ ।
  •  खुमबहादुर खड्का र विमलेन्द्र निधिको दावी उपसभापति भएपछि देउवालाई समीकरण मिलाउनै सकस भएको छ ।
  • १३ औं महाधिवेशनमा सहयोग गरेको भन्दै खड्काले उपसभापति आफूलाई दिनुपर्ने दावी गर्दै आएका छन् ।

काठमाडौं, १० माघ । खुमबहादुर खड्का र विमलेन्द्र निधिको दावी उपसभापति भएपछि देउवालाई समीकरण मिलाउनै सकस भएको छ ।

१३ औं महाधिवेशनमा सहयोग गरेको भन्दै खड्काले उपसभापति आफूलाई दिनुपर्ने दावी गर्दै आएका छन् । तर, भ्रष्टाचारमा बदनामी बेहोरेका खड्कालाई देउवा उपसभापति मात्र होइन महामन्त्री पनि दिन चाहँदैनन् ।

खड्कालाई उपसभापति वा महामन्त्री बनाइए आफूले आलोचनादेखि केही सुन्न नपर्ने देउवाले बुझिसकेका छन् ।

खड्काले १३ औं महाधिवशेनमा कोइरालाहरुसँग साँठगाँठ गरी महामन्त्रीका आफ्ना उम्मेदवार अर्जुनरसिंह केसीलाई हराउन भूमिका खेलेको आशंका पनि देउवाले गरेका छन् ।

खड्का र देउवाको सम्बन्धन धेरै पुरानो हो । अर्थात उनीहरु धेरै अघिदेखि निकट मानिन्छन् । कांग्रेस विभाजित हुँदा पनि खड्काले देउवालाई साथ दिएका थिए । पछि एकता हुँदा पनि खड्काको महत्वपूर्ण भूमिका थियो ।

दुईजनाको सम्बन्ध १३ औँ महाधिवेशमा झन मजबुत भएको जस्तो देखियो । सभापतिमा उठेका देउवालाई जिताउन खड्का मैदानमा नै उत्रिएर प्रत्यक्ष भूमिका खेले । उपचार हुँदै गर्दा आराम गर्नुपर्ने बेला पनि खड्का मास्क लगाएर देउवाको पक्षमा भोट माग्न सडकमै उत्रिएका थिए ।

तर खड्को यो भूमिका देउवालाई जिताउनका लागि मात्र नभै उपसभापतिमा मनोनित हुनका लागि पनि थियो । देउवाले पनि आश्वासन दिएका थिए । तर महाधिवेशनबाट देउवा सभापतिमा निर्वाचित त भए, खड्कालाई दिएको आश्वासन पूरा गर्न अहिलेसम्म सकेनन् ।

पछिल्लो समय यही कारणले खड्का देउवाबाट टाढिदै गएका छन् । यसको उदाहरण राष्ट्रियसभाको उम्मेदवार छनौटमा भएको असन्तुष्टी पनि हो । टिकट वितरणका लागि भएको अन्तिम छलफलमा खड्का उपस्थिती नै भएनन् ।

लामो समय अस्वस्थ भएको खड्का अहिले विस्तारै स्वस्थ बन्दै छन् । तर सक्रियता घटाउँदै लगेका छन् । अबका दिनमा खड्का देउवासँग नजिक हुने सम्भावना नै सकिएको बताइएको छ ।
यद्यपी उपसभापति अझै मनोनित नभएकाले खड्कामा झिनो आशा बाँकी नै छ ।

तर खड्का र निधि कसलाई उपसभापति बनाउने भन्नेमा देउवा अझै टुंगोमा पुगेका छैनन् ।
उपसभापति मनोनित नभएको खण्डमा बाँकी केही पनि स्वार्थ नरहने भएपछि खड्का स्पष्ट रुपमा नै देउवा समुह छोड्ने मनस्थितीमा पुगेका छन् ।

अबका दिनमा खड्का महामन्त्री शशांक कोइराला समुहमा प्रवेश गर्ने चर्चासमेत चलेको छ ।
खड्काले अझै पनि केन्द्रीय समितिमा आफू निकटका शंकर भण्डारी, पुष्पा भुसाल र देवेन्द्रराज कँडेलको शक्ति देखाएर बार्गेनिंगमा रहेको बुझिएको छ । उपसभापति नदिए देउवाको साथ छोड्ने चेतावनी पनि उनले दिएका छन् ।

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    Krishna Oli

    गुट परिबर्तन होइन नेता जीहरु सिस्सटमको बिकास गरौ

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?