किसानलाई रु ६३ लाख अनुदान

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, श्रावण २५, २०७५
|
|
२१ पटक हेरिएको
Shares
किसानलाई रु ६३ लाख अनुदान

सारांश

  • कञ्चनपुर, २५ साउन ।
  • कृष्णपुर नगरपालिकाका किसानलाई प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत पकेट क्षेत्र र ब्लक उत्पादन कार्यक्रमका लागि रु ६३ लाख अनुदान दिइएको छ ।
  • आर्थिक वर्ष २०७४÷७५ मा ती कार्यक्रम सञ्चालन गर्न किसानलाई अनुदान उपलब्ध गराइएको हो ।

कञ्चनपुर, २५ साउन । कृष्णपुर नगरपालिकाका किसानलाई प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत पकेट क्षेत्र र ब्लक उत्पादन कार्यक्रमका लागि रु ६३ लाख अनुदान दिइएको छ ।
आर्थिक वर्ष २०७४÷७५ मा ती कार्यक्रम सञ्चालन गर्न किसानलाई अनुदान उपलब्ध गराइएको हो । किसानलाई ६ वटा धान पकेट कार्यक्रमका लागि रु १६ लाख ५० हजार उपलबध गराइएको छ ।

दुई पकेट क्षेत्रका लागि रु दुई लाख २५ हजारका दरले तथा चार पकेट क्षेत्रका लागि रु तीन लाखका दरले अनुदान प्रदान गरिएको नगरपालिकाका कृषि शाखाका प्रमुख बिन्दु कँुवरले जानकारी दिनुभयो ।

यस्तै तीन तरकारी पकेट क्षेत्रका लागि रु सात लाख ५० हजार अनुदान दिइएको छ । केरा पकेट क्षेत्रका लागि रु तीन लाख तथा तरकारी ब्लकका लागि रु ३३ लाख उपलब्ध गराइएको छ । सो अनुदान रकमबाट किसानले कृषि औजार, बीउबिजन, मलखाद, विषादीलगायत सामग्री खरिद गरेका छन् । “यसले धान, केरा र तरकारीको उत्पादनमा वृद्धि हुनाका सिाथै किसानक आत्मनिर्भर हुनेछन्,” कुँवरले भन्नुभयो । उक्त नगरपालिकामा आव २०७३÷७४ देखि प्रधानमन्त्री आधुनिकीकरण परियोजनाअन्तर्गत पकेट र ब्लक क्षेत्र कार्यक्रम सञ्चालन गरिएको हो ।

(https://www.firmfitfloor.com/)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?