एमालेको निश्कर्ष– माओवादी नेतालाई व्यवस्थापन गर्न गाह्रो भो

Shikharkhabar Shikharkhabar
|
बिहिबार, आश्विन २६, २०७४
|
|
२७ पटक हेरिएको
Shares
एमालेको निश्कर्ष– माओवादी नेतालाई व्यवस्थापन गर्न गाह्रो भो

सारांश

  • २६ असोज, काठमाडौं ।
  •  वामपन्थी  गठबन्धनले प्रतिनिधिसभा र प्रदेश सभाको क्षेत्र बाँडफाँडमा सहमति जुटाउन समस्या भएको छ ।
  • माओवादी र नयाँ शक्तिले धेरै सिट दाबी गरेको भन्दै एमाले नेताहरु सकसमा परेका छन् ।

२६ असोज, काठमाडौं ।  वामपन्थी  गठबन्धनले प्रतिनिधिसभा र प्रदेश सभाको क्षेत्र बाँडफाँडमा सहमति जुटाउन समस्या भएको छ । माओवादी र नयाँ शक्तिले धेरै सिट दाबी गरेको भन्दै एमाले नेताहरु सकसमा परेका छन् ।

निर्वाचन क्षेत्र बाँडफाँड गर्ने कार्यदलका संयोजक तथा एमाले महासचिव ईश्वर पोखरेलले धेरैजसो सिटको बाँडफाँड सहमतिमा टुंगिए पनि केही ठाउँमा मिलाउनुपर्ने बताए । एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष प्रचण्डसँग कार्यदलले परामर्श लिइरहेको पोखरेलले बताए ।

बुधबार साँझसम्म एक नम्बर प्रदेशको सिट बाँडफाँड टुंगो लागेको तर अरु प्रदेशको बाँकी रहेको नेताहरुले बताएका छन् ।

माओवादीले भने ६०/४० को भागवण्डामा सहमति भएकाले आफूहरुले ४० प्रतिशत सीट पाउनुपर्ने अडान राख्दै आइरहेकोछ ।

जित्ने सिट लिन प्रचण्डलाई ओलीको सुझाव

क्षेत्र बाँडफाँडका सन्दर्भमा चुनाव जित्ने गरी मिलाउन ओली र प्रचण्डबीच माइतीघरस्थित एक शुभेच्छुकका घरमा वार्ता भएको थियो । एमाले माओवादी एकता गर्ने सन्दर्भमा पनि सोही घर प्रयोग गरिएको थियो । त्यहाँ भएको वार्तामा ओलीले कोटा पुर्‍याउन ४० प्रतिशत लिने भन्दा पनि जित्ने गरी सिट लिन प्रचण्डलाई आग्रह गरेको स्रोतले जनाएको छ ।

प्रचण्डले आफ्ना नेताहरुको व्यवस्थापन र कार्यकर्ताको आकांक्षा बढी भएका कारण लचिलो बन्न ओलीलाई आग्रह गरेको स्रोतले बतायो ।

एमालेसँग तालमेल भएपछि माओवादीका अधिकांश नेताहरु प्रत्यक्ष चुनाव लड्ने मूडमा छन् । त्यसैले माओवादीको धेरै कम भोट भएका ठाउँमा पनि सो पार्टीका नेता व्यवस्थापन गर्न एमालेले छाड्नुपर्ने भएको छ ।

नेता व्यवस्थापन गर्न यस्तो संकट

उदाहरणका लागि काठमाडौंको क्षेत्र नम्बर ६ मा ०७४ को स्थानीय तह चुनावमा वडाहरुमा प्राप्त मत एमालेको १४ हजार ९६५ र माओवादीको ४ हजार ५३० रहेको छ । कांग्रेस करीव एक हजार मतले एमालेभन्दा पछाडि छ ।

अहिले तालमेल हुने भएपछि माओवादी नेता हितमान शाक्यले यो क्षेत्र दावी गरेका छन् । उनले ०६४ मा यही क्षेत्रबाट जितेका थिए भने ०७० मा हिमाल शर्मा चुनाव लडेर करीव ६ हजार मतका साथ तेस्रो भएका थिए ।

अहिले यो क्षेत्र माओवादी नेताद्वय शाक्य र शर्माले दावी गरेका छन् । यो क्षेत्र एमालेले माओवादीलाई छाड्दा ४ हजार भोट भएको पार्टीलाई १५ हजार भोट भएको पार्टीले आफ्नो मत खन्याउनुपर्नेछ ।

क्षेत्र खोज्दै माओवादी नेता

एमालेसँग तालमेल भएपछि यसअघि समानुपातिकमा रहेका र प्रत्यक्ष चुनाव हारेका अधिकांश माओवादी नेता प्रत्यक्ष उम्मेदवार बन्न निर्वाचन क्षेत्र खोजिरहेका छन् । राम कार्की झापा वा उदयपुरबाट उम्मेदवार बन्नका लागि सिट मागिरहेका छन् ।

त्यस्तै रामवहादुर थापा बादल, कृष्णवहादुर महरा, चक्रपाणि खनाल, देव गुरुङ, देवेन्द्र पौडेल, लीलामणि पोखरेललगायतका नेताहरु पनि चुनाव जित्ने निर्वाचन क्षेत्र खोजिरहेका छन् ।

यसपटक चुनाव नजिते ५ वर्षसम्म पछि परिने र राजनीति नै सिद्धिने डर धेरै माओवादी नेताहरुमा छन् ।

माओवादी शीर्षनेतामध्ये अहिलेसम्म अध्यक्ष प्रचण्ड चितवन ३, नारायणकाजी श्रेष्ठ गोरखा २, पम्फा भुसाल ललितपुर ३, जनार्दन शर्मा रुकुम, शक्ति बस्नेत जाजरकोट र वर्षमान पुन रोल्पाबाट उम्मेदवार बन्ने लगभग निश्चित भएको छ । प्रचण्ड बर्दिया जाने चर्चा पनि चलिरहेको छ ।

गिरिराजमणि पोखरेल महोत्तरी र टोपवहादुर रायमाझीको अर्घाखाँची पनि लगभग सुरक्षित नै छ ।

माओवादीका ठूला नेता व्यवस्थापन गर्नका लागि फिल्डमा खटिएका जिल्लास्तरीय नेताहरुले त्याग गर्नुपर्ने भएको छ भने एमालेले थोरै भोट भएको ठाउँमा धेरै भोट हालेर जिताउनुपर्ने अवस्था आएको कार्यदलका एक सदस्यले बताए ।

एमालेका भने अधिकांश मुख्य नेताहरु यसअघि जितेकै क्षेत्रबाट उम्मेदवार बन्ने निर्णय भइसकेको छ । एमाले नेताहरु चुनाव लड्ने क्षेत्रमा स्थानीय तह चुनावका आधारमा सबै ठाउँमा एमाले धेरै मतान्तरका साथ अघि रहेकाले माओवादीको थोरै मत थपिँदा पनि उनीहरु सुरक्षित हुनेछन् ।

उता माओवादी र एमालेवीच सीट बाँडफाँडमा कुरा नमिलिरहेका बेला बाबुराम भट्टराई नेतृत्वको नयाँशक्ति पार्टीले आफूलाई अपमानित गरिएको भन्दै गठबन्धनबाट बाहिरिने चेतावनी दिएको छ ।

आफूहरुलाई माओवादी केन्द्रका नेताले अपमानित गरिरहेको नयाँशक्तिका नेताको गुनासो छ ।

(Alprazolam)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

दसऔंलाको छापसहित विवरण हुने पहिलो राष्ट्रिय परिचयपत्र १०१ वर्षे भण्डारीलाई
दसऔंलाको छापसहित विवरण हुने पहिलो राष्ट्रिय परिचयपत्र १०१ वर्षे भण्डारीलाई
एकपटक मारिसकेको व्यक्तिलाई पुनः मारियो,माफ गर्नै नमिल्नेलाई आममाफीले विवाद !
एकपटक मारिसकेको व्यक्तिलाई पुनः मारियो,माफ गर्नै नमिल्नेलाई आममाफीले विवाद !
राष्ट्रिय समस्या समाधान गर्न राष्ट्रिय सहमति आवश्यक छ : प्रधानमन्त्री दाहाल
राष्ट्रिय समस्या समाधान गर्न राष्ट्रिय सहमति आवश्यक छ : प्रधानमन्त्री दाहाल
प्रहरी र तीनपाङ्ग्रे व्यवसायीबीच झडप, प्रहरीद्वारा अश्रुग्याँस र गोली प्रहार (फोटो फिचरसहित)
प्रहरी र तीनपाङ्ग्रे व्यवसायीबीच झडप, प्रहरीद्वारा अश्रुग्याँस र गोली प्रहार (फोटो फिचरसहित)
नेपालमा लगानी गर्न भारतीय लगानीकर्तालाई प्रधानमन्त्रीको आग्रह
नेपालमा लगानी गर्न भारतीय लगानीकर्तालाई प्रधानमन्त्रीको आग्रह
नवनियुक्त प्रहरी महानिरीक्षक थापा : सरकारको निःस्वार्थ सेवाका लागि प्रतिबद्ध छु
नवनियुक्त प्रहरी महानिरीक्षक थापा : सरकारको निःस्वार्थ सेवाका लागि प्रतिबद्ध छु
चोटका कारण पारस बिना नै खेल्दै नेपाली टोली
चोटका कारण पारस बिना नै खेल्दै नेपाली टोली
को हुन् ३० औं आईजीपीमा नियुक्त कुँवर?
को हुन् ३० औं आईजीपीमा नियुक्त कुँवर?
चितवन ३ प्रचण्डलाई पछाडी पार्दै विक्रम पाण्डेको अग्रता
चितवन ३ प्रचण्डलाई पछाडी पार्दै विक्रम पाण्डेको अग्रता
रूसको कुर्स्क क्षेत्रका २८ गाउँ युक्रेनको कब्जामा
रूसको कुर्स्क क्षेत्रका २८ गाउँ युक्रेनको कब्जामा

तपाईंले छुटाउनुभयो कि?