नवलपरासीमा बाढी पहिरोको असर, ठाउँ ठाउँमा डुबान

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, श्रावण २०, २०७४
|
|
४३ पटक हेरिएको
Shares
नवलपरासीमा बाढी पहिरोको असर, ठाउँ ठाउँमा डुबान

सारांश

  • नवलपरासी, साउन २० – लगातारको अबिरल वर्षाका कारण आएको बाढी पहिरोले नवलपरासीको जनजीवन प्रभावित भएको छ ।
  • दाउन्ने पहाडमा बिहीबार राति खसेको पहिरोका कारण अवरुद्ध सडक शुक्रबार बिहान ९ बजेदेखि एकतर्फी रुपमा खुलेको छ ।
  • नारायणी नदीमा पानीको बहाव न्युन रहे पनि अन्य खोलाहरुमा आएको भेलले ठाउँठाउँमा बस्तीहरु डुबानमा परेको छ ।

नवलपरासी, साउन २० – लगातारको अबिरल वर्षाका कारण आएको बाढी पहिरोले नवलपरासीको जनजीवन प्रभावित भएको छ । दाउन्ने पहाडमा बिहीबार राति खसेको पहिरोका कारण अवरुद्ध सडक शुक्रबार बिहान ९ बजेदेखि एकतर्फी रुपमा खुलेको छ ।

नारायणी नदीमा पानीको बहाव न्युन रहे पनि अन्य खोलाहरुमा आएको भेलले ठाउँठाउँमा बस्तीहरु डुबानमा परेको छ । जिल्ला सदरमुकाम परासीका केही हिस्सा डुबानमा परेका छन् । हाटबजारका केही घरमा झरही खोलाको पानी पसेको स्थानीय बासिन्दाले बताएका छन् । रामखण्डामा आएको बाढी तथा वर्षाका पानीका कारण पोखरापाली, संगमटोल लगायतका बस्तीमा पानी पसेको छ ।

पूर्व पश्चिम हाइवेको सुनवल, बासा, तिलकपुर र चिसापनी सडकखण्डमा पिच सडकमाथि पानी बगीरहेकोले यातायात अवरुद्ध बनेको छ । बर्दघाट त्रिवेणी सडकखण्डको बाढीपीडित र जिमिरेभारमा सडक डुबानमा परेकोले बिहीबार रातिदेखि आवागमन ठप्प बनेको छ ।

दाउन्ने पश्चिमका परासी त्रिवेणी र महेशपुर क्षेत्रका स्थानीय रुटमा चल्ने कुनै पनि सवारी साधन चल्न पाएका छैनन् । रुटका गाडीहरु नचलेपछि यात्रुहरु अलपत्र परेका छन् । महेशपुरमा बनेको हरपुर पुलमा माथिबाट पानी बगेकोले पैदल यात्रीलाई समेत सास्ती भएको बताएका छन् ।

उता खजुरा खोलामा दाउरा टिप्न जाँदा हराइरहेका ३० वर्षे युवक भुख्खल मुसलमानको अवस्था अझै अज्ञात बनेको छ । स्थानीय बासिन्दा तथा प्रहरीले खोजी कार्य जारी राखेको छ । बाढीले खजुरा खोलाको बाँध बगाउँदा प्रतापपुर ७ मा सयौं बिगाहमा धान र उखुबाली कटानमा परेको छ भने दरखासे गाउँको सयौं घरमा पानी पसेको छ ।

सधैँ डुबानमा पर्दै आएको रामपुर खडौना, मधवलिया क्षेत्रमा बाढीको असर समान्य रहेको छ । खेतबारी डुबानमा परेको अवस्था छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?