रित गौतमको शतकसँगै सिंगापुरलाई नेपालको विशाल लक्ष्य

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, आषाढ २०, २०७६
|
|
४० पटक हेरिएको
Shares
रित गौतमको शतकसँगै सिंगापुरलाई नेपालको विशाल लक्ष्य

सारांश

  • काठमाडौं।
  • एसीसी अण्डर १९ इस्टर्न रिजन क्रिकेट प्रतियोगितामा नेपालले सिंगापुरलाई विशाल लक्ष्य दिएको छ ।
  • रित गौतमको शतक र खडक बहादुर बोहराको ९० रनको मद्दतमा नेपालले सिंगापुरलाई ३२७ रनको लक्ष्य दिएको हो ।

काठमाडौं। एसीसी अण्डर १९ इस्टर्न रिजन क्रिकेट प्रतियोगितामा नेपालले सिंगापुरलाई विशाल लक्ष्य दिएको छ । रित गौतमको शतक र खडक बहादुर बोहराको ९० रनको मद्दतमा नेपालले सिंगापुरलाई ३२७ रनको लक्ष्य दिएको हो । मलेसियाको किनरारा ओभल मैदानमा टस जितेर ब्याटिङ रोजेको नेपालका लागि ओपनर रित गौतम र पवन सर्राफले ९२ रनको साझेदारी गरे ।

सर्राफ ४१ बल खलेर ४५ रनको स्कोरमा आउट भएपछि आएका खडकबहादुर बोहोराले गौतमसँग मिलेर टिमको स्कोर २२३ रन पुर्याए । बोहोराले ९० बल खेलेर ९० नै रन बनाए । सर्राफले १० चौका र बोहराले १२ चौका हाने । बोहोरा आउट भएपछि आएका विशाल बिक्रम केसी र कप्तान रोहित कुमार पौडेल भने चल्न सकेनन् । केसी मात्रै १ रनमा आउट भए l

कप्तान पौडेलले पनि ९ रन मात्र जोड्न सके । छैटौं ब्याट्सम्यानको रुपमा आएका कुशल मल्लले विष्फोटक ब्याटिङ गर्दै नेपालको रनलाई माथि पुर्याए । मल्लले ५ छक्का र ४ चौकाको मद्दतका २३ बलमै अर्धशतक बनाए । उननले ५१ रनको इनिङ खेल्दै नटआउट रहे । १३७ बलमा ११५ रन बनाएका ओपनर रित गौतम पनि नटआउट रहे । उनले १० चौका र १ छक्का हाने ।

आर्जेन रोवेनले लिए सन्यास
नेदरल्याण्डका स्टार खेलाडी आर्जेन रोबेनले खेल जीवनबाट सन्यास घोषणा गरेका छन् । जर्मन क्लब वायर्न म्युनिखका पूर्व विंगर रोबेनले बिहिबार खेल जीवनबाट सन्यास घोषणा गरेका हुन् ।

चेल्सी र रियल मड्रिडका पूर्व खेलाडी समेत रहेका रोबेनले आफ्नो १९ बर्षे खेल जीवनबाट सन्यास लिएका छन्। उनले आफ्नो क्लब करियरमा ६०६ खेल खेल्दै २१० गोल गरेका थिए । यस सिजनको अन्त्यसंगै वायर्न छाडेका उनले ३०९ खेलमा १४४ गोल गरेका थिए ।

रोबेनले सन् २०१७ बाट अन्तर्रा्िष्ट्रय खेल जीवनबाट सन्यास लिएका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रधानमन्त्रीको उक्साहटमा नलाग्न राष्ट्रपतिलाई दाहालको आग्रह, महाअभियोग अफवाह !
प्रधानमन्त्रीको उक्साहटमा नलाग्न राष्ट्रपतिलाई दाहालको आग्रह, महाअभियोग अफवाह !
नारायणगढ–मुग्लिन सडक : थप एक महिना बाटो बन्द
नारायणगढ–मुग्लिन सडक : थप एक महिना बाटो बन्द
नेकपाका महासचिव पौडेल सिपाडोलको खेतमा
नेकपाका महासचिव पौडेल सिपाडोलको खेतमा
राष्ट्रसंघीय महासचिव गुटेरेसको नेपाल भ्रमणले संसारभर बहुआयामिक सन्देश दियो : माओवादी केन्द्र
राष्ट्रसंघीय महासचिव गुटेरेसको नेपाल भ्रमणले संसारभर बहुआयामिक सन्देश दियो : माओवादी केन्द्र
क्रिप्टोकरेन्सी : अमित श्रेष्ठले ३३ करोड बढी विदेशी मुद्राको कारोबार गरेको खुलासा
क्रिप्टोकरेन्सी : अमित श्रेष्ठले ३३ करोड बढी विदेशी मुद्राको कारोबार गरेको खुलासा
नेपाली महिलाको योगदानका कारण परिवर्तन सम्भव : प्रधानमन्त्री
नेपाली महिलाको योगदानका कारण परिवर्तन सम्भव : प्रधानमन्त्री
ॐ अस्पतालमा यी उमेर पुगेका चिकित्सकले जागिर नपाउने
ॐ अस्पतालमा यी उमेर पुगेका चिकित्सकले जागिर नपाउने
नेकपा संसदीय दलकी सचेतक चौधरी चीन प्रस्थान
नेकपा संसदीय दलकी सचेतक चौधरी चीन प्रस्थान
हतियारसहित एक पक्राउ
हतियारसहित एक पक्राउ
रास्वपाको अनुशासन आयोगले मुकुललाई सोध्यो स्पष्टीकरण
रास्वपाको अनुशासन आयोगले मुकुललाई सोध्यो स्पष्टीकरण