एयर इण्डियालाई प्राधिकरणले पठायो पत्र

Shikharkhabar Shikharkhabar
|
आइतबार, चैत्र १२, २०७९
|
|
५० पटक हेरिएको
Shares
एयर इण्डियालाई प्राधिकरणले पठायो पत्र

सारांश

  • काठमाडौँ ।
  • एयर ट्राफिक कन्ट्रोलर (एटीसी) को अनुमतिबिना जहाज १५ हजार फिटमा तल झारेको विषयमा नेपाल नागरिक उड्डयन प्राधिकरणले एयर इण्डियालाई पत्राचार गरेको छ ।
  • गत शुक्रबार नयाँ दिल्लीबाट काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नुअघि बिनाअनुमति १९ हजार फिटमाथि उडान भरिरहेको एयर इण्डियाको जहाज अचानक १५ हजार फिटमा झरेको थियो ।

काठमाडौँ । एयर ट्राफिक कन्ट्रोलर (एटीसी) को अनुमतिबिना जहाज १५ हजार फिटमा तल झारेको विषयमा नेपाल नागरिक उड्डयन प्राधिकरणले एयर इण्डियालाई पत्राचार गरेको छ ।

गत शुक्रबार नयाँ दिल्लीबाट काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नुअघि बिनाअनुमति १९ हजार फिटमाथि उडान भरिरहेको एयर इण्डियाको जहाज अचानक १५ हजार फिटमा झरेको थियो । सोही समयमा मलेसियाको क्वालालम्पुरबाट काठमाडौँ आउँदै गरेको नेपाल एयरलाइन्सको जहाजसँग झण्डै ठोक्किन पुगेको थियो । लगत्तै नेपाल एयरलाइन्सको जहाजले उचाइ लिएपछि सम्भावित दुर्घटना टरेको थियो ।

सोही विषयमा छानबिन गरी कारबाही गरेको ब्यहोरा प्राधिकरणलाई पठाउने सन्देशसहित एयर इण्डियालाई पत्राचार गरिएको प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले जानकारी दिए । “एयर इण्डिया र नेपाल एयरलाइन्सबीच भएको उक्त घटनाको विषयमा छानबिन गरी आवश्यक कारबाही गर्न र त्यसको जानकारी प्राधिकरणलाई गराउन भन्दै पत्राचार गरेका छौँ”, उनले भने ।

उक्त घटनाका सम्बन्धमा छानबिन समिति गठन भएको र घटना भएको समयमा टावरमा रहेका एटिसीलाई ‘एक्टिभ पोजिसन’ मा रहेर काम गर्न रोक लगाइएको उनले जानकारी दिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

विमानस्थलबारे दुई मन्त्रालयबीच कुनै विमति छैनः मन्त्री बस्नेत
विमानस्थलबारे दुई मन्त्रालयबीच कुनै विमति छैनः मन्त्री बस्नेत
कपिलवस्तुका कोरोना संक्रमित ३० मध्ये २९ भारतबाट लुकिछिपी नेपाल प्रवेश गर्नेहरु
कपिलवस्तुका कोरोना संक्रमित ३० मध्ये २९ भारतबाट लुकिछिपी नेपाल प्रवेश गर्नेहरु
राेचक समाचार : नेपालको सीमा नजिकै २५ रुपैयाँमा २० मिनेट युवती भाडामा
राेचक समाचार : नेपालको सीमा नजिकै २५ रुपैयाँमा २० मिनेट युवती भाडामा
ट्रमा सेन्टरमा तीन मेसिन बिग्रिएपछि रोकिए मेजर अप्रेसन
ट्रमा सेन्टरमा तीन मेसिन बिग्रिएपछि रोकिए मेजर अप्रेसन
मानव बेचबिखन र बलात्कार आरोपमा एक स्वास्थ्यकर्मीसहित तीन पक्राउ
मानव बेचबिखन र बलात्कार आरोपमा एक स्वास्थ्यकर्मीसहित तीन पक्राउ
दुई महानगरमा एमालेको फराकिलो अग्रता : भरतपुरमा घट्दैछ रेणुको मत अन्तर ;
दुई महानगरमा एमालेको फराकिलो अग्रता : भरतपुरमा घट्दैछ रेणुको मत अन्तर ;
लिवियाका लागि नयाँ नेपाली शान्ति टोली प्रस्थान
लिवियाका लागि नयाँ नेपाली शान्ति टोली प्रस्थान
पोखरामा खानेपानी शुद्धीकरण गरिने
पोखरामा खानेपानी शुद्धीकरण गरिने
मोरङमा एमाले र माओवादीका बेग्लाबेग्लै उम्मेदवार (सूचीसहित)
मोरङमा एमाले र माओवादीका बेग्लाबेग्लै उम्मेदवार (सूचीसहित)
के भने महेश बस्नेतले बिजय सभालाई सम्बोधन गर्दै  ?
के भने महेश बस्नेतले बिजय सभालाई सम्बोधन गर्दै ?