झुट बोल्ने कृष्णबहादुर कि रोशनी ? पोलिग्राफ टेस्टले स्पष्ट पार्ने

Shikharkhabar Shikharkhabar
|
बिहिबार, आश्विन १६, २०७६
|
|
३४ पटक हेरिएको
Shares
झुट बोल्ने कृष्णबहादुर कि रोशनी ? पोलिग्राफ टेस्टले स्पष्ट पार्ने

सारांश

  • रोशनी शाहीले केही न केही झुट बोलेकी छिन् ।
  • उनले शुरुमा निवर्तमान सभामुख कृष्णबहादुर महरामाथि जर्बजस्तीको आरोप लगाइन् ।
  • आइतबार साँझ दाबी गरिएको घटनामा सोमबार दिउँसो मिडियालाई अन्तवार्ता दिइन् ।

रोशनी शाहीले केही न केही झुट बोलेकी छिन् । उनले शुरुमा निवर्तमान सभामुख कृष्णबहादुर महरामाथि जर्बजस्तीको आरोप लगाइन् । आइतबार साँझ दाबी गरिएको घटनामा सोमबार दिउँसो मिडियालाई अन्तवार्ता दिइन् । मंगलबार उनको बोली फेरियो । अघिल्लो दिन आक्रोशमा आरोप लगाएको भन्दै मिडियालाई अर्को अन्तवार्ता दिइन् ।

उनले कुनै न कुनै झुट बोलेकी छिन् । तर, कुनचाहिं झुट हो ? नेपाल प्रहरीले उनीमाथि पोलिग्राफ जाँच गर्ने भएको छ । पोलिग्राफ टेष्टले झुट बोलेको हो या होइन पत्ता लगाउँछ । जाँच सफल भएमा रोशनी शाहीले झुट या सत्य के बोलेको हो स्पष्ट हुन्छ । रोशनीलाई मात्र पोलिग्राफ टेष्ट गरेर घटनाको अनुसन्धान पूरा हुने देखिदैन ।

घटनाबारे गहिरो अनुसन्धान भएमा निवर्तमान सभामुख कृष्णबहादुर महरामाथि पनि जाँच हुनुपर्छ । यसबाट घटनाको यथार्थ धेरै बाहिर आउँछ । महरा तीनकुनेस्थित महिलाको कोठामा गएका हुन् होइनन् प्रष्ट भएको छैन । महिलाले महरा कोठामा आएर जर्बजस्ती गरेको र दोहोरो झगडा परेको समेत बताएकी छिन् ।

तर, महराले आफू नगएको भन्दै सचिवालयमार्फत् प्रेस विज्ञप्ति जारी गर्न लगाएका छन् । हाइलेभल जहाँ गएपनि जानकारी हुन्छ । यसकारण पनि उनी त्यहाँ पुगे नपुगेको प्रहरीलाई सूचना पुगिसकेको छ किनभने उनको सुरक्षामा सुरक्षाकर्मी २४ सै घन्टा तैनाथ हुन्छ । पोलिग्राफी जाँच र प्रहरीको गहिरो अनुसन्धानले घटनाको सत्यतथ्य बाहिर ल्याउन क्षमता राख्छ ।

तर, सभामुख जस्तो गरिमामयी पदको व्यक्ति भएकाले वास्तविकता बाहिर नआउने आशंका गरिन थालिएको छ । त्यसमाथि महिलाले भनाई फेरिसकेकी छिन् । यतिसम्मकी आफू डिप्रेसनको रोगी भएको भन्न थालेकी छिन् । भनाई जति फेरेपनि सभामुखबाट महरा हटिसकेका छन् । उनको राजनीतिक जीवनमा ठूलो धक्का लागेको छ ।

प्रहरी अनुसन्धान कसरी अगाडि बढ्ला र घटनामा मुछिएका महरा र रोशनीमध्ये दुवैलाई कारबाही हुने नहुने या कुनै एकलाई कारबाही हुनेको टुंगो कहिले लाग्ला ? प्रतिक्षाको विषय छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

उदयपुरको प्रदेशसभा तर्फको अन्तिम नतिजा आयो ; एमालेका विमल कार्की विजयी
उदयपुरको प्रदेशसभा तर्फको अन्तिम नतिजा आयो ; एमालेका विमल कार्की विजयी
आजको मौसमः नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहने
आजको मौसमः नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहने
चेलीबेटी बेचबिखनमा लैजाने लागेका १० महिलाको उद्धार
चेलीबेटी बेचबिखनमा लैजाने लागेका १० महिलाको उद्धार
स्वच्छता र सरसफाईयूक्त बजार जनचेतना कार्यक्रम सम्पन्न
स्वच्छता र सरसफाईयूक्त बजार जनचेतना कार्यक्रम सम्पन्न
काठमाडौं १ ‘क’ मा कांग्रेस उम्मेदवार श्रेष्ठ विजयी
काठमाडौं १ ‘क’ मा कांग्रेस उम्मेदवार श्रेष्ठ विजयी
स्वायत्त औद्योगिक व्यवस्थापन विकास प्राधिकरण बनाउनु पर्ने नन्दकिशोर बस्नेतको माग
स्वायत्त औद्योगिक व्यवस्थापन विकास प्राधिकरण बनाउनु पर्ने नन्दकिशोर बस्नेतको माग
तेस्रो जुनियर राष्ट्रिय एथलेटिक्स प्रतियोगिता माडीमा
तेस्रो जुनियर राष्ट्रिय एथलेटिक्स प्रतियोगिता माडीमा
चिनी पकाएर वनाइएको १५ क्विन्टल चिनीमह वरामद , दुई महिला पक्राउ.
चिनी पकाएर वनाइएको १५ क्विन्टल चिनीमह वरामद , दुई महिला पक्राउ.
‘मन्त्रिपरिषदको हेरफेर स्वेच्छाचारी’ भन्दै त्रिपाठीले दायर गरेको मुद्दा
‘मन्त्रिपरिषदको हेरफेर स्वेच्छाचारी’ भन्दै त्रिपाठीले दायर गरेको मुद्दा
आज ४ सय ४५ कोरोना संक्रमित थपिए

तपाईंले छुटाउनुभयो कि?