एसइईको नतिजा बिहीबार सार्वजनिक गर्ने निर्णय

Shikharkhabar Shikharkhabar
|
बुधबार, आषाढ १२, २०८१
|
|
४७ पटक हेरिएको
Shares
एसइईको नतिजा बिहीबार सार्वजनिक गर्ने निर्णय

सारांश

  • भक्तपुर।
  • परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई)को नतिजा बिहीबार सार्वजनिक गर्ने निर्णय गरेको छ।
  • परीक्षा नियन्त्रण कार्यालय सानोठिमीमा एसइईको नतिजा सार्वजनिक गर्न आज बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले बिहीबार नतिजा सार्वजनिक गर्ने निर्णय गरेको परीक्षा नियन्त्रक नन्दलाल पौडेलले जानकारी दिए।

भक्तपुर। परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई)को नतिजा बिहीबार सार्वजनिक गर्ने निर्णय गरेको छ।

परीक्षा नियन्त्रण कार्यालय सानोठिमीमा एसइईको नतिजा सार्वजनिक गर्न आज बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले बिहीबार नतिजा सार्वजनिक गर्ने निर्णय गरेको परीक्षा नियन्त्रक नन्दलाल पौडेलले जानकारी दिए। परीक्षा नियन्त्रक पौडेलले भने, ‘नतिजा आज सार्वजनिक गर्ने तयारी रहेको र बैठक बसेर नमुना अभ्यास पनि गरियो, केही प्राविधिक काम बाँकी भएकाले भोलि बिहान पुनः बैठक बसेर नतिजा सार्वजनिक गर्ने छौँ।’ असार १५ गतेभित्र नतिजा सार्वजनिक गर्ने बोर्डको तालिका रहेको थियो ।

बोर्डले गत वर्ष असार २४ मा एसइईको नतिजा सार्वजनिक गरेको थियो। परीक्षा नियन्त्रक पौडेलले यस वर्ष लेटर ग्रेडिङ निर्देशिका, २०७८ अनुसार नतिजा सार्वजनिक बताए। यस वर्षको नतिजामा विद्यार्थीले सैद्धान्तिकतर्फ ७५ अंकको परीक्षामा ३५ प्रतिशतअर्थात् २६ दशमलव २५ अंक अनिवार्य ल्याउनै पर्ने अन्यथा फेल भएसरह मानिने गरी ‘एनजी’ उल्लेख गरिएको ग्रेड सिट आउने उनले जानकारी दिए।

आन्तरिकतर्फ २५ पूर्णांकको परीक्षामा ४० प्रतिशतअर्थात् १० अंक ल्याउनुपर्छ। ‘एनजी’ आउने परीक्षार्थीले ग्रेड वृद्धि परीक्षा नदिई कक्षा ११ मा पढ्न पाउने छैनन्। विद्यार्थीले दुई विषयमा ग्रेड वृद्धि परीक्षा दिन पाउने छन्। दुईभन्दा बढी विषयमा न्यूनतम ३५ प्रतिशत अंक नपाएका र ग्रेड वृद्धि परीक्षा दिँदा पनि ३५ प्रतिशत अंक ल्याउन नसकेका परीक्षार्थीले अर्को वर्ष ‘एनजी’ लागेको विषयमा मात्र परीक्षा दिन पाउनेछन्।

गतचैत १५ गतेदेखि २७ गतेसम्म सञ्चालित परीक्षामा नियमिततर्फ चार लाख ६७ हजार विद्यार्थीले परीक्षा दिएका छन्। ग्रेड वृद्धितर्फ २१ हजार विद्यार्थीले परीक्षा दिएका छन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

महेश बस्नेतले गरे चार कराेडकाे योजना सार्वजनिक
महेश बस्नेतले गरे चार कराेडकाे योजना सार्वजनिक
इयु प्रतिवेदनको सबै दलले विरोध गर्दा मधेशी दलले समर्थन!
इयु प्रतिवेदनको सबै दलले विरोध गर्दा मधेशी दलले समर्थन!
श्रीमतीको नाममा समेत स्वाहा !
श्रीमतीको नाममा समेत स्वाहा !
कपिलवस्तुका कोरोना संक्रमित ३० मध्ये २९ भारतबाट लुकिछिपी नेपाल प्रवेश गर्नेहरु
कपिलवस्तुका कोरोना संक्रमित ३० मध्ये २९ भारतबाट लुकिछिपी नेपाल प्रवेश गर्नेहरु
प्रचण्डप्रति आक्रामक हुँदै ओलीले भने-मैले १७ हजार मान्छे मारेको छु र खुट्टा कमाउने?
प्रचण्डप्रति आक्रामक हुँदै ओलीले भने-मैले १७ हजार मान्छे मारेको छु र खुट्टा कमाउने?
यी हुन सुन तस्करीका मुख्य नाइके ‘गोरे’की प्रेमिका रक्षा भण्डारी
यी हुन सुन तस्करीका मुख्य नाइके ‘गोरे’की प्रेमिका रक्षा भण्डारी
डा. केसीको अनसन सत्याग्रह कि आग्रह ?
डा. केसीको अनसन सत्याग्रह कि आग्रह ?
कामु प्रधान न्यायाधीशको प्रमाणपत्र शंकाको घेरामा
कामु प्रधान न्यायाधीशको प्रमाणपत्र शंकाको घेरामा
भ्रष्टाचार नियन्त्रण सरकारको प्राथमिकतामा : उपप्रधानमन्त्री श्रेष्ठ
भ्रष्टाचार नियन्त्रण सरकारको प्राथमिकतामा : उपप्रधानमन्त्री श्रेष्ठ
महराको खुलासाः ‘देउवाजी २९ गतेसम्म ठीक हुनुहुन्थ्यो’
महराको खुलासाः ‘देउवाजी २९ गतेसम्म ठीक हुनुहुन्थ्यो’