सप्तरीको भारदहमा ट्र्याक्टर दुर्घटना १ को मृत्यु अन्य १९ जना घाइते

Shikharkhabar Shikharkhabar
|
मंगलबार, बैशाख २५, २०७५
|
|
३७ पटक हेरिएको
Shares
सप्तरीको भारदहमा ट्र्याक्टर दुर्घटना १ को मृत्यु अन्य १९ जना घाइते

सारांश

  • सप्तरी २५ वैशाख ।
  • सप्तरीको भारदहमा सोमबार साँझ ट्र्याक्टर दुर्घटना हुदा एकजना बालकको मृत्यु भएको छ भने १९ जना व्यक्ति घाइते भएका छन् ।
  • मृत्यु हुनेमा सुनसरी इनरुवा नगरपालिका–३ निवासी ८ वर्षीय बालक अभिनाष शर्मा रहेको इलाका प्रहरी कार्यालय, भारदहले जनाएको छ ।

सप्तरी २५ वैशाख ।

सप्तरीको भारदहमा सोमबार साँझ ट्र्याक्टर दुर्घटना हुदा एकजना बालकको मृत्यु भएको छ भने १९ जना व्यक्ति घाइते भएका छन् । मृत्यु हुनेमा सुनसरी इनरुवा नगरपालिका–३ निवासी ८ वर्षीय बालक अभिनाष शर्मा रहेको इलाका प्रहरी कार्यालय, भारदहले जनाएको छ ।

सोही दुर्घटनामा परी करीब १९ जना व्यक्ति समेत घाइते भएका छन् । दुर्घटनाबाट गम्भीर घाइते भएकाको विराटनगर स्थित न्यूरो अस्पताल र सामान्य घाइतेको भारदह स्थित शिव उपचार क्लिनिकमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

सप्तरीको छिन्नमस्ता सखडा मन्दिर दर्शन गरी सुनसरीको इनरुवा जाँदै गरेका यात्रु चढेको को १ त ९७७१ नम्बरको ट्र्याक्टर हनुमान नगर कंकालनी नगरपालिका–१ भारदहस्थित राजमार्गमा आफैँ अनियन्त्रित हुँदा पल्टेको थियो । दुर्घटनामा परेको ट्र्याक्टरलाई प्रहरीले नियन्त्रणमा लिएको जि प्र का सप्तरीले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?