एसियाकै उत्कृष्ट नमुनाः क्लब फरेनहाइट ठमेलमा

Shikharkhabar Shikharkhabar
|
बिहिबार, मंसिर ६, २०७५
|
|
३९ पटक हेरिएको
Shares
एसियाकै उत्कृष्ट नमुनाः क्लब फरेनहाइट ठमेलमा

सारांश

  • काठमाडौं,६ मंसिर।
  • पर्यटकहरुको मनमुटमा बसेको ठमेल क्षेत्र जतिबेला गए पनि रमाइलो ।
  • आफूले भनेको जस्तै सेवा सुविधाले पोख्त ।

काठमाडौं,६ मंसिर। पर्यटकहरुको मनमुटमा बसेको ठमेल क्षेत्र जतिबेला गए पनि रमाइलो । आफूले भनेको जस्तै सेवा सुविधाले पोख्त । आफूले भनेकै आइटमका खाना र डिसहरु पाइने । नेपालको ह्यान्डीक्राफ्ट र नेपाली हातेबुनाका सामानहरु बिक्री तथा वितरण हुने क्षेत्र । होटेल तथा रेस्टुरेन्टहरुको र्बोडले ताङिगएका भित्ता । यिनै मध्ये एउटा हो, क्लब फरेनहाइट । त्यसैमा रेस्टुरेन्ट पनि रहेको छ । पर्यटकहरुलाई उजागर गर्ने नयाँ उपाय र नयाँ सोचका साथै ।

ठमेलको ड्रिम अफ गार्डेनको आडमा रहेको साँघुरो गल्लीको भित्तामै ठूल्ठूला अक्षरले लेखिएको क्लब फरेनहाइट जुन कुनै पनि साक्षरले पढ्न सक्छन् । क्लब’ भन्नेबित्तिकै सबैजना हुरुक्कै र दंग पनि पर्छन् । आफ्नै अगाडि यत्रो ठूल्ठूलो आँखाले देखेर नजाने त कुरै भएन । त्यसैले सो गल्ली छिरेका सबैजना त्यहाँ एकपटक पुगेरै आएका हुन्छन्, क्लब फरेनहाइटका सञ्चालक विश्व पुरी । जो भर्खरका होनहार र जोसिला युवा देखिन्थे । तर उनीमात्रै यसका सञ्चालक भने होइन, उनका अरु दुई सहपाठीहरु पनि छन् । सबैजना टुरिजम सेक्टरकै हुन् । त्यसैले पर्यटकलाई रिझाउन कस्तो कुराहरुको आवश्यकता छ भनेर बुझेका छन् । उनी भन्छन्, यो म एक्लैले गर्न सक्ने काम पनि होइन ।
‘अहिलेका युवापुस्तालाई पनि काम मात्र गर्ने शोक छैन । कामको साथसाथै मनोरञ्जन पनि चाहन्छन् । तर पहिलेको जस्तै तरिकाले भने होइनन् । नयाँ तरिका र नयाँ किसिमका । यस्तै छुटै मनोरञ्जन दिने प्रयासको उद्देश्यले नै यो क्लब खोलिएको हो । पर्यटकहरु साथसाथै नेपालीहरुको पनि घुँइचो लाग्छ ।’ सञ्चालक पुरी फेरी भन्छन्, ‘हामीले सञ्चालनमा ल्याएको यो क्लब नेपाल अधिराज्य भरिका लागि नमुना क्लब र एसियाकै उत्कृष्ट हो । त्यसैले यहाँ सेलिब्रेटीहरुको आवतजावत भइरहन्छ । कहिले सुटिङ त कहिले मनोरञ्जन गर्नका लागि ।’

क्लब फरेनहाइट भने खोलेको भर्खरै तीन महिना पुगेको छ । विदेशबाट नै सबै लाइट, जेभेल कम्पनीको पहिलो सिरिजको साउड सिस्टमहरु ल्याएर बनाइएको हुनाले यस क्लबमा धेरैजसो विदेशी डिजेहरु नै बोलाइने गरिएको छ । बेलुका ८ देखि १२ को बीचमा डिजेसहितको लाइभ म्युजिक हुन्छ भने १२ देखि बिहान ५ सम्म क्लब चल्ने गर्दछ । दुईतल्लाको क्लबमा दैनिक ५ देखि ७ सयको भीड भइनै रहेको हुन्छ । तर १५ सय सम्मको क्षमता रहेको छ । यस क्लबको मात्रै ९ हजार स्क्वार फिट र बाहिर रेष्टुरेन्टको ३७ स्क्वार फिट रहेको छ । बेकरी र कफी सप भने २४ सै घण्टा पनि पाइन्छ।

५ हजार जनालाइ फ्रेस एयर, फायर फाइटिङ, साथमा भिआइपी रुम, सेलिब्रेटी रुम तथा मेकअप रुपको पनि व्यवस्था रहेको यो एकदमै नयाँ प्रविधिले बनेको क्लब हो । साथै अरुभन्दा शान्त वाताारण र सरकारको नियमलाई पनि ख्याल गर्दै सैद्धान्तिक ढङ्गले खोलिएको क्लबमा १८ वर्ष मुनिकालाई प्रवेश निषेध गरिएको छ । यिनै राम्रो सेवा सुविधा भएकै कारण विभिन्न कलेजहरुले पनि यतै फेरवेल तथा वेलकम कार्यक्रमहरु पनि गर्ने गरेका छन् । पार्किङको लागि पनि सँगै रहेको छाया सेन्टरमा व्यवस्था गरिएको छ । हामीले नेपालमा अझ बढी पर्यटकहरु कसरी भित्र्याउन सकिन्छ भनेर विदेश भ्रमण गर्दा बुझेर यो क्लब सञ्चालनमा ल्याइएको हो । सञ्चालक पुरी भन्छन्, ‘क्लबमा मानिसहरु कुल हुन आएका हुन्छन् । आफ्नो दुखलाई केही पल बिर्सिएर खुसी खोज्न आउँछन् । जुन हाम्रो क्लबले हरेक ग्राहकलाई दिइरहेको छ ।’

उक्त क्लबले यसको अलावा रेस्टुरेन्टको पनि खोल्ने योजनाका साथै यही हप्तामा ओपनिङ गर्ने भएको छ । पर्यटकहरुको लागि विशेष लक्षित गरेर थकाली र विदेशी (चाइनिज, मेक्सिकन आदि) मल्टीफुडको व्यवस्था रहेको छ । खानाहरुको लागि पनि आयोजकले थकालीका लागि थकाली कुक नै मगाएका छन् । र विदेशी खानाको लागि भने ५ स्टार होटेलका कुकहरु नै रहेको छ । यस्तै सर्भ गर्नका लागि वटेर पनि राम्रै छानिएको छ । यसैले गर्दा अहिलेसम्मका सबै ग्राहकहरुले राम्रो सुविधा र व्यवहार गरिएको नतिजा सुन्नमा पाइएको सञ्चालकहरु बताउँछन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सरकारले मार्गप्रशस्त गरेर सरकार निर्माण गर्न औपचारिकता दिनुपर्ने : नेम्बाङ
सरकारले मार्गप्रशस्त गरेर सरकार निर्माण गर्न औपचारिकता दिनुपर्ने : नेम्बाङ
नेयमारका लागि दुई क्लबले राखेको प्रस्ताव पीएसजीद्वारा अस्विकार !
नेयमारका लागि दुई क्लबले राखेको प्रस्ताव पीएसजीद्वारा अस्विकार !
मापदण्ड विपरीत मासु पसल र होटल सञ्चालन
मापदण्ड विपरीत मासु पसल र होटल सञ्चालन
शोकप्रस्ताव पारित
शोकप्रस्ताव पारित
दिल्ली हिंसामा १८ जनाको मृत्यु, २०० जना घाइते, परिस्थिति अझै नाजूक
दिल्ली हिंसामा १८ जनाको मृत्यु, २०० जना घाइते, परिस्थिति अझै नाजूक
बर्दियामा फुटबल खेल्दाखेल्दै एकको मृत्यु
बर्दियामा फुटबल खेल्दाखेल्दै एकको मृत्यु
मन्त्रिपरिषद्को बैठकले सम्बन्धन खारेज गरेका यी अाठ वटा कलेजमा भर्ना खुल्याे!
मन्त्रिपरिषद्को बैठकले सम्बन्धन खारेज गरेका यी अाठ वटा कलेजमा भर्ना खुल्याे!
संचारमाध्यमलाई विप्लवकाे धम्की की सुझाव विज्ञप्तिसहित
संचारमाध्यमलाई विप्लवकाे धम्की की सुझाव विज्ञप्तिसहित
एमाले भक्तपुर-२ का उम्मेदवारको पाँच वर्षे ‘३० वटा महत्वपूर्ण योजना’हरु सार्वजनिक
एमाले भक्तपुर-२ का उम्मेदवारको पाँच वर्षे ‘३० वटा महत्वपूर्ण योजना’हरु सार्वजनिक
आज विश्व रक्तदाता दिवस सचेतनामूलक कार्यक्रम गरी मनाइँदै
आज विश्व रक्तदाता दिवस सचेतनामूलक कार्यक्रम गरी मनाइँदै