बर्दियामा फुटबल खेल्दाखेल्दै एकको मृत्यु

Shikharkhabar Shikharkhabar
|
बुधबार, आश्विन २५, २०७४
|
|
३१ पटक हेरिएको
Shares
बर्दियामा फुटबल खेल्दाखेल्दै एकको मृत्यु

सारांश

  • २५ असोज, बर्दिया ।
  •   दशैं तथा तिहारको अवसरमा ठाकुरबाबा नगरपलिकमा आयोजित फुटबल प्रतियोगिताका क्रममा बेहोस भएका एक खेलाडीलाई उपचारका लागि लैजाँदै गर्दा बाटोमै मृत्यु भएको छ ।
  • स्थानीय चुरे जनजागृति क्लबले आयोजना गरेको प्रतियोगितामा सहभागी खेलाडी ठाकुरबाबा नगरपलिका-३ बगनाहा निवासी-१७ वर्षीय नरेश थारु खेल्दै गर्दा बेहोस भएपछि उपचारका लागि नेपालगञ्ज मेडिकल कलेज कोहलपुर लैजाँदै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक युवराज खड्काले जानकारी दिए ।

२५ असोज, बर्दिया ।  दशैं तथा तिहारको अवसरमा ठाकुरबाबा नगरपलिकमा आयोजित फुटबल प्रतियोगिताका क्रममा बेहोस भएका एक खेलाडीलाई उपचारका लागि लैजाँदै गर्दा बाटोमै मृत्यु भएको छ ।

स्थानीय चुरे जनजागृति क्लबले आयोजना गरेको प्रतियोगितामा सहभागी खेलाडी ठाकुरबाबा नगरपलिका-३ बगनाहा निवासी-१७ वर्षीय नरेश थारु खेल्दै गर्दा बेहोस भएपछि उपचारका लागि नेपालगञ्ज मेडिकल कलेज कोहलपुर लैजाँदै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक युवराज खड्काले जानकारी दिए ।

मंगलबार दिउँसो खेल भइरहदा गर्मीका कारण बेहोस भएको हुनसक्ने प्रहरीको अनुमान छ घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?