देश परदेश : मध्यपूर्वमा मडारिँदो संकट

Shikharkhabar Shikharkhabar
|
सोमबार, कार्तिक २७, २०७४
|
|
२२ पटक हेरिएको
Shares
देश परदेश : मध्यपूर्वमा मडारिँदो संकट

सारांश

  • मध्यपूर्व एउटा ठूलो संकटको दिशामा आफ्नो कदम अघि बढाइरहेको छ ।
  • जानकारहरूले यस क्षेत्रलाई आगामी समयमा एउटा खतरनाक स्थितिबाट गुज्रिँदै गरेको बताउने गरेका छन् ।
  • कथित इस्लामिक स्टेटले बिस्तारै समाप्तिको बाटो समातेपछि अब साउदी अरब र इरान एकअर्काको आमनेसामने छन् ।

मध्यपूर्व एउटा ठूलो संकटको दिशामा आफ्नो कदम अघि बढाइरहेको छ । जानकारहरूले यस क्षेत्रलाई आगामी समयमा एउटा खतरनाक स्थितिबाट गुज्रिँदै गरेको बताउने गरेका छन् । कथित इस्लामिक स्टेटले बिस्तारै समाप्तिको बाटो समातेपछि अब साउदी अरब र इरान एकअर्काको आमनेसामने छन् । र, यही संकटले पूरै मध्यपूर्वलाई घेर्ने सम्भावना देखिँदै छ । साउदी अरब र इरानको संघर्षको केन्द्रबिन्दु लेबनान बनिरहेको छ ।

लेबनानका प्रधानमन्त्री साद हरिरीले केही दिनअघि मात्र साउदी अरबको भ्रमणको बीचमै अप्रत्यासित रूपमा राजीनामा दिएका थिए । उनको राजीनामाको असर पूरै क्षेत्रमा देखिइरहेको छ । बेरुतस्थिति बिबिसी संवाददाता मार्टिन पेसेन्सका अनुसार लेबनानका अधिकांश नागरिक हरिरीले साउदी अरबको दबाबमा परेर राजीनामा दिएको बताइरहेका छन् ।

हरिरी कहिलेसम्ममा लेबनान फर्किन्छन् भन्ने अहिलेसम्म कुनै जानकारी छैन । यद्यपि लेबनानी राष्ट्रपति मिसेल आउन र अन्य वरिष्ठ राजनेताले उनलाई फिर्ता आउन अपिल गरेका छन् । लेबनानमा यस विषयको आशंका गरि“दै छ कि हरिरीलाई साउदी अरबमा नजरबन्द गरिराखिएको छ र उनलाई जबर्जस्ती राजीनामा दिन लगाइएको हो । राष्ट्रपति आउनले अहिलेसम्म हरिरीको राजीनामा स्वीकृत गरेका छैनन् । हरिरीले टिभीमार्फत आफ्नो राजीनामा घोषणा गरेपछि सार्वजनिक रूपमा केही बोलेका छैनन् । यस पूरा घटनाक्रमलाई सुन्नी नेतृत्ववाला साउदी अरब र सिया प्रभुत्ववाला इरानबीच जारी संघर्षका रूपमा हेरिँदै छ ।

शक्तिशाली हिज्बुल्ला सिया आन्दोलनलाई इरानको समर्थन प्राप्त छ । उसले लेबनान र यस क्षेत्रमा तनाव बढाउन साउदी अरबलाई जिम्मेवार ठान्ने गरेको छ । लेबनानका पूर्वप्रधानमन्त्री र हरिरीका पिता रफिक अल हरिरीको हत्या २००५ मा एक कार बम विस्फोटमा भएको थियो । यस विस्फोटका लागि हिज्बुल्लालाई नै जिम्मेवार ठान्ने गरिन्छ ।

सिया समुदायका प्रमुख नेता हसन नसरल्लाहले शुक्रबार बताएका थिए कि साउदी अरबले लेबनानविरुद्ध युद्धको घोषणा गरिदिएको छ । हिज्बुल्लामाथि आरोप छ कि उसले लेबनानभित्र आफ्नो एक अलग राज्य स्थापित गरेको छ । हिज्बुल्लाको सेना लेबनानी सेनाभन्दा बढी शक्तिशाली छ र उसका नेताहरूको त्यहा“को क्याबिनेटमा बलियो प्रभाव छ । बिहीबार साउदी अरब र उसका सहयोगी खाडी देशले लेबनानका नागरिकलाई आफ्नो इलाका छाडेर अन्यत्र जान सुझाब दिएको छ । यसपछि लेबनानसमेत पूरै इलाकामा तनाव पैदा भएको छ ।

हिज्बुल्लाको समाचारपत्र अल अखबरका सम्पादक हसन इलिक भन्छन्— अमेरिका, इजरायल र साउदी मिलेर हिज्बुल्लालाई सिरिया र इराकमा फाइदा उठाउनबाट रोक्न चाहन्छन् । सिरियामा बसर अल असदलाई सत्तामा टिकाइराख्नका लागि इरान र हिज्बुल्लाको सेनाको समर्थन जरुरी भएको मान्ने गरिन्छ । इलिक अगाडि बताउँछन्– यमनमा जेजस्तो अवस्था छ, ठीक त्यस्तै अवस्था लेबनानको पनि छ । हिज्बुल्ला र उसका सहयोगीलाई ठूलो सफलता त हात लाग्यो, तर अब उनीहरू दबाबको अवस्थामा छन् ।

बासिन साद लेबनानको एक राजनीतिक पार्टीसित जोडिएको छ । उनको पार्टीलाई साउदी समर्थन प्राप्त छ । साद भन्छन्— सिरियामा लडाइँ समाप्त हुने अवस्था छ । त्यहाँको सरकारको पक्ष बलियो छ र यस्तोमा लेबनानका केही मानिस भनिरहेका छन् कि उनीहरूले जुन मद्दत गरे, त्यसको बदलामा आफूलाई केही प्राप्त होस् । पछिल्ला केही दशकमा यसप्रकारको अवस्था देखिएको थिएन । साँच्चै क्षेत्रीय लडाइँको खतरा पैदा भएको छ । जसमा कैयौँ देश सामेल हुन सक्छन् ।

लेबनान वर्षौंसम्म एक शान्त देशका रूपमा रह्यो । तर, अब ऊ स्वयं एक आँधीमा घेरिइरहेको अवस्थामा छ । यही कारण हो कि लेबनानमाथि सबै देशको नजर अडिएको छ । अहिले यो क्षेत्र मध्यपूर्वका लागि निकै महत्वपूर्ण बनेको छ । साउदी अरब र इरानबीच बढ्दो टकराव पूरै मध्यपूर्वका लागि खतरा बनेको छ । यो खतरा इस्लामिक स्टेटको भन्दा पनि खतरनाक
हुन सक्छ ।

(बिबिसी हिन्दीको समाचार टिप्पणी)
बिबिसी हिन्दी डट कमबाट

(www.voiceoverherald.com)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?