एसिसी यु -१९: अफगानिस्तान ७ विकेटले विजयी, नेपाल बाहिरियो

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, मंसिर १, २०७४
|
|
३९ पटक हेरिएको
Shares
एसिसी यु -१९: अफगानिस्तान ७ विकेटले विजयी, नेपाल बाहिरियो

सारांश

  • काठमाडौं, १ मंसिर।
  • एसिसी यु–१९ युथ एसिया कपको दोस्रो सेमिफाइनलमा अफगानिस्तानसँग  ७  विकेटले पराजित हुँदै नेपाल प्रतियोगिताबाट बाहिरएको छ।
  • मलेसियामा किनररामा टस हारेर ब्याटिङ गरेको नेपालले २८ ओभरमा अल आउट हुँदै १ सय ३ रन मात्रै बनाउन सक्यो।

काठमाडौं, १ मंसिर। एसिसी यु–१९ युथ एसिया कपको दोस्रो सेमिफाइनलमा अफगानिस्तानसँग  ७  विकेटले पराजित हुँदै नेपाल प्रतियोगिताबाट बाहिरएको छ।

मलेसियामा किनररामा टस हारेर ब्याटिङ गरेको नेपालले २८ ओभरमा अल आउट हुँदै १ सय ३ रन मात्रै बनाउन सक्यो। १ सय ४ रनको झिनो लक्ष्य तीन विकेट गुमाएर २०  ओभरमै प्राप्त गर्‍यौं।

अफगानिस्तानका लागि मुजिब रहमान एक्लैले ६ विकेट लिएका थिए। नेपालका लागि अनिलकुमार साहले अर्धसतक प्रहार गरे। उनले ५७ बलमा ७ चौका र एक छक्का प्रहार गरेका थिए।

त्यस्तै ओपनर जितेन्द्र सिंह १ र मोहम्मद असिफ शेख शून्यमै पेभेलियन फर्किएका थिए। कप्तान दिपेन्द्र सिंह ऐरी पनि जम्न सकेनन्।

२० बल सामना गरेका उनले ६ रनमत्र जोडे। अनिलबाहेक नेपालका कुनै खेलाडीले दोहोर अंक जोड्न सकेनन्।

समूह एमा रहेको नेपालले साबिक विजेता भारत र बंगलादेशलाई हराउँदै सेमिफाइनलमा प्रवेश गरेको थियो।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?