ओलीको मन्त्रिपरिषद् भित्र को-को अटाउलान् ? सुरु भयो यी नेताको दौडधूप

Shikharkhabar Shikharkhabar
|
शनिबार, फाल्गुन ५, २०७४
|
|
१७ पटक हेरिएको
Shares
ओलीको मन्त्रिपरिषद् भित्र को-को अटाउलान् ? सुरु भयो यी नेताको दौडधूप

सारांश

  • काठमाडौं, ५ फागुन ।
  • संसदमा सबैभन्दा ठूलो हैसियत भएको नेकपा एमालेबाट अध्यक्ष केपी ओली प्रधानमन्त्रीमा विहीबार नियुक्ति भइसकेका छन् ।
  • दुईजना मन्त्रीसहितको मन्त्रीपरिषद् बनाएका ओलीले माओवादीले मन्त्रीको नाम नदिएपछि थप मन्त्रीको विस्तार गर्न पाएका छैनन् ।

काठमाडौं, ५ फागुन ।संसदमा सबैभन्दा ठूलो हैसियत भएको नेकपा एमालेबाट अध्यक्ष केपी ओली प्रधानमन्त्रीमा विहीबार नियुक्ति भइसकेका छन् । दुईजना मन्त्रीसहितको मन्त्रीपरिषद् बनाएका ओलीले माओवादीले मन्त्रीको नाम नदिएपछि थप मन्त्रीको विस्तार गर्न पाएका छैनन् । ओलीले त्यसको लागि तयारी गरिरहेका छन् । जससँगै एमाले र माओवादी केन्द्रबाट मन्त्री बन्नको लागि तछाडमछाड सुरु भएको छ । नेताहरु दौडधूपमा लागिपरेका छन् ।

विगतको मन्त्रिपरिषद्भन्दा निकै सानो बन्ने आँकलन गरिएको यतिबेलाको मन्त्रिपरिषद्को संख्या १८ जना रहने चर्चा छिटफुट रुपमा केही अघिदेखि नै सुनिन थालेको थियो । यदि एमाले र माओवादी बाहेकका दलहरु पनि सरकारमा सहभागी भए भने एमाले र माओवादीबाट मन्त्रि बन्नेको संख्या कटौति हुने निश्चित छ ।

प्रधानमन्त्रीको सपथग्रहण लिइसकेपछि दुइजना मन्त्री नियुक्ति गरेका ओलीले अब कस कसलाई मन्त्री पदको जिम्मेबारी सुम्पन्छन् त ? यतिबेला यो सर्वाधिक चर्चाको विषय बनेको छ । चुनावी प्रचार प्रसारको क्रममा निकै महत्वाकांक्षी योजना र घोषणा सुनाएका ओलीलाई यतिबेला विगतका प्रतिबद्धता पूरा गर्न पनि सक्षम मन्त्रिपरिषद्को निर्माण गर्नैपर्र्ने नैतिक बाध्यता रहेको छ । साथै सबै दल तथा नेताको न्युनतम रुपमा चित्त पनि बुझाउनुपर्ने दबाबमा ओली रहेका छन् ।

माओवादी केन्द्रको समर्थनमा बिहीबार प्रधानमन्त्रीको सपथ लिएसंगै ओलीले एमालेबाट दुईजनालाई मन्त्री बनाएका थिए । जनसंख्या तथा वातावरण मन्त्रीमा लालबाबु पण्डित र महिला बालबालिका तथा समाजकल्याणमन्त्रीमा थममाया थापालाई नियुक्त गरिएको छ ।

शक्तिशाली र महत्वपूर्ण मानिएका मन्त्रालय खाली रहेकाले यी मन्त्रालयमा आफ्नो दावी पेश गर्दै एमाले र माओवादी केन्द्रका नेताहरुले दौडधुप तिब्र बनाएका छन् । एमाले र माओवादी केन्द्र दुबैदलमा आकांक्षीको संख्या धेरै रहेकाले मन्त्री छनोट गर्न सकस देखिएको छ । एमालेमा महासचिवदेखि केन्द्रिय सदस्यसम्मका नेताहरुले मन्त्री बन्ने आकांक्षा देखाएका छन् । एमालेबाट महासचिव इश्वर पोखरेल, उपमहासचिव विष्णु पौडेल, सचिव प्रदिप ज्ञवाली, सचिव योगेश भट्टराई, सुरेन्द्र पाण्डेको सम्भावना बलियो देखिएको छ ।

पोखरेल, पौडेल, ज्ञवाली र पाण्डेले अर्थमन्त्रीमा आकांक्षा राखेको स्रोतले बताएको छ । चारजनाले अर्थमन्त्रीमा दावी गरे पछि प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओलीमाथी उनीहरुको व्यवस्थापन गर्न सकस परेको छ । स्रोतका अनुसार ओली यसअघि आफू नेतृत्वको सरकारका पालामा अर्थमन्त्री बनेका विष्णु पौडेललाई नै दोहोर्याउने मनस्थितिमा छन् ।

यस्तै मन्त्री बन्नका लागि उपाध्यक्ष भिम रावल, उपमहासचिव घनश्याम भुषाल, सचिव गोकर्ण विष्ट, युवा नेता रवीन्द्र अधिकारी पनि दौडधुप सुरु गरेका छन् । काठमाडौंका कृष्णगोपाल श्रेष्ठ, जीवनराम श्रेष्ठ, चितवनका कृष्णभक्त पोखरेलको पनि चर्चा चलेको छ । यस्तै एमालेमा भक्तपुरवाट निर्वाचित महेश बस्नेत, काभ्रेका गोकुल बास्कोटा र सिन्धुपाल्चोकका शेरबहादुर तामाङको पनि मन्त्रीमा चर्चा छ । कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेललाई पराजीत गर्ने किशान श्रेष्ठ, पूर्वउपप्रधानमन्त्री गोपालमान श्रेष्ठलाई पराजीत गर्ने पद्मा अर्यालको पनि चर्चा छ । कांग्रेस नेत्री आरजु राणा देउवालाई पराजीत गर्ने नारदमुनी रानाको चर्चा छ ।

माओवादी केन्द्रमा पनि दौडधुप तिब्र

पार्टी एकताको निर्णय नभएसम्म सरकारमा सहभागी नहुने मनस्थितिमा रहेको माओवादी केन्द्रमा पनि मन्त्री बन्नका लागि भने दौडधुप सुरु भइसकेको छ । एक दुई दिनमा नै पार्टी एकताको निर्णय हुने सम्भावना देखिएपछि माओवादी नेताहरुले मन्त्री बन्नका लागि दौडधुप तिब्र बनाएका हुन् । माओवादी केन्द्रले कुन कुन मन्त्रालय पाउने भन्ने निश्चित नभए पनि मन्त्री बन्नका लागि नेताहरुले शीर्ष नेताहरुसंगको भेटघाट र छलफललाई तिब्र बनाएका छन् ।

माओवादीमा वर्षमान पुन, टोपबहादुर रायमाझी, देव गुरुङ, अग्नि सापकोटा, शक्ति बस्नेत, पम्फा भुषाल, देवेन्द्र पौडेल, चक्रपाणी खनाल, हितबहादुर शाही लगायतका नेताहरुको चर्चा छ । माओवादी केन्द्रले शेरबहादुर देउवा र पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा मन्त्री बनेकाहरुलाई सकेसम्म नदोर्याउने तयारी गरेको छ । (साभार : टिभी अन्नपूर्ण)

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    Dambar Raj Baral

    Dublicate certificates, Dipak manage …

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?