ओली-दाहालबीच निर्णायक वार्ता सुरु

Shikharkhabar Shikharkhabar
|
मंगलबार, आषाढ २३, २०७७
|
|
४० पटक हेरिएको
Shares
ओली-दाहालबीच निर्णायक वार्ता सुरु

सारांश

  • काठमाडौं, २३ असार ।
  • सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच भेटवार्ता सुरु भएको छ।
  • पार्टीभित्रको विवाद चुलिँदै गएपछि स्थायी कमिटीबो बैठक भोलि विहान बस्नेगरि यसअघि नै स्थगित् गरिएको छ।

काठमाडौं, २३ असार । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच भेटवार्ता सुरु भएको छ। पार्टीभित्रको विवाद चुलिँदै गएपछि स्थायी कमिटीबो बैठक भोलि विहान बस्नेगरि यसअघि नै स्थगित् गरिएको छ। यो बीचमा अध्यक्षद्धयबीच सहमतिको प्रयास जारी छ । दाहाल(नेपाल समूहले ओलीले दुवै पदबाट राजीनामा दिनुपर्ने माग गरेका छन् । तर, ओलीले दुवै पदबाट आफूले राजीनामा नदिने अडान लिएका छन् ।

अध्यक्ष दाहालले आफ्ना समूहका नेताहरु झलनाथ खनाल, माधव कुमार नेपाल, वामदेव गौतम, नारायणकाजी श्रेष्ठ र रामबहादुर थापा बादलसँग विहानै छलफल गरेका थिए । आफ्नो समूहमा छलफलपछि दाहाल बालुवाटार पुगेका हुन् । बालुवाटारमा दुई अध्यक्ष आज एक्लाएक्लै वार्तामा रहेको एक नेताले जानकारी दिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?