ओलीविरुद्ध आक्रामक बन्दै माधव नेपाल

Shikharkhabar Shikharkhabar
|
मंगलबार, कार्तिक ४, २०७७
|
|
२४ पटक हेरिएको
Shares
ओलीविरुद्ध आक्रामक बन्दै माधव नेपाल

सारांश

  • नेपाल कम्युनिस्ट पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाल प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध आक्रामक बन्दै गएका छन् ।
  • उनले ओलीको कार्यशैलीको चर्को आलोचना गर्दै आएका छन् ।
  • सरकार सञ्चालनमा ओलीप्रति निकै असन्तुष्ट रहेका उनी पछिल्लो समय आक्रामक बन्दै गएका छन् ।

नेपाल कम्युनिस्ट पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाल प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध आक्रामक बन्दै गएका छन् । उनले ओलीको कार्यशैलीको चर्को आलोचना गर्दै आएका छन् । सरकार सञ्चालनमा ओलीप्रति निकै असन्तुष्ट रहेका उनी पछिल्लो समय आक्रामक बन्दै गएका छन् ।

नेपालले आजै विज्ञप्ति जारी गरी सरकारको कार्यशैलीप्रति असन्तुष्टि व्यक्त गरे । कोरोना संक्रमितको उपचार नागरिक आफै गर्नका लागि निर्देशिका जारी गरेको भन्दै उनले असन्तुष्टि जनाएका हुन् । उनले सरकारको यो निर्णयलाई विभेदकारी, गैरजिम्मेवार र जनताप्रति अनुत्तरदायी भनेका छन् ।

जुन विषयमा नेपालले सरकारको आलोचना गरेपनि यसबाट उनको ओलीप्रति तिव्र असन्तुष्टि प्रकट भएको छ । विगतमा पनि सार्वजनिक रुपमा उनले ओलीको आलोचना गरेका थिए ।

नेपाल पछिल्लो समय बालुवाटार जाँदैनन् । उनले ओलीसँग ‘वन टु वन’ भेट नगरेको धेरै भइसकेको छ । यसबाट दुई नेताबीच दुरी बढेको बुझ्न सकिन्छ ।

ओली अझै आक्रामक बनेपछि प्रचण्ड नयाँ रणनीति साथ प्रस्तुत हुँदै

ओलीको सत्ता संकट आउँदा माधव नेपाल नै मुख्य खेलाडी देखिएका थिए । तर, दुई पटक ओलीको सत्ता ढाल्ने प्रयास सफल भएनन् । दुवैपटक माधव नेपाल एक्ला जस्तै भए । तर, फेरि माधव नेपाल सक्रिय भएका छन् ।

पछिल्लो समय नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग नेपालले भित्री सहमति गरेका छन् । ओलीविरुद्ध आक्रामक रणनीति बनाएर नेपाल अगाडि बढ्ने तयारीमा छन् । आज उनले सरकारप्रति व्यक्त गरेको असन्तुष्टिले त्यसलाई अझ पुष्टि गरेको छ । दशैंलगत्तै कडा कदम चाल्ने गरी प्रचण्डसँग माधव नेपालको भित्री सहमति बनेको बुझिएको छ । यसकारण पनि माधव नेपाल ओलीविरुद्ध आक्रामक बन्दै गएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अाफ्नै छारीलाइ काटेर खाँदै गर्दा पक्राउ
त्रिशुली थ्रिबी जलविद्युतको प्रधानमन्त्रीलाई २० कित्ता शेयर
त्रिशुली थ्रिबी जलविद्युतको प्रधानमन्त्रीलाई २० कित्ता शेयर
बसाइँसराइले रितिदै बागलुङको जैमिनीका गाउँ
बसाइँसराइले रितिदै बागलुङको जैमिनीका गाउँ
अन्तर्राष्ट्रिय विकास नियोगद्वारा मुगु–हुम्ला जोड्ने लिंक रोड निर्माणको घोषणा
अन्तर्राष्ट्रिय विकास नियोगद्वारा मुगु–हुम्ला जोड्ने लिंक रोड निर्माणको घोषणा
सामाजिक सुरक्षाको दायित्व बढ्दा पुँजीगत बजेट कम भयो : अर्थमन्त्री डा महत
सामाजिक सुरक्षाको दायित्व बढ्दा पुँजीगत बजेट कम भयो : अर्थमन्त्री डा महत
एमाले अध्यक्ष ओलीद्वारा मतदान
एमाले अध्यक्ष ओलीद्वारा मतदान
देउवा सभापति र प्रधानमन्त्री हुँदा काँग्रेस र प्रजातन्त्र खतरामा, अब सभापति बन्न दिदैनौं(पौडेल)
देउवा सभापति र प्रधानमन्त्री हुँदा काँग्रेस र प्रजातन्त्र खतरामा, अब सभापति बन्न दिदैनौं(पौडेल)
भोलिदेखि काठमाडौंमा नेपाल–भारत फ्रान्चाईज ईन्भेष्टमेन्ट कन्क्लेभ, प्रधानमन्त्रीले उद्धघाट्न गर्ने
भोलिदेखि काठमाडौंमा नेपाल–भारत फ्रान्चाईज ईन्भेष्टमेन्ट कन्क्लेभ, प्रधानमन्त्रीले उद्धघाट्न गर्ने
विजया दशमी २०८१: टीकाको साइत कुन देशमा कतिबेला छ ?
विजया दशमी २०८१: टीकाको साइत कुन देशमा कतिबेला छ ?
उदयपुरका युवा काठमाडाैमा पक्राउ
उदयपुरका युवा काठमाडाैमा पक्राउ

तपाईंले छुटाउनुभयो कि?