ओली आजै प्रधानमन्त्री – नयाँ सरकार गठन प्रक्रिया शुरु

Shikharkhabar Shikharkhabar
|
बिहिबार, फाल्गुन ३, २०७४
|
|
२६ पटक हेरिएको
Shares
ओली आजै प्रधानमन्त्री – नयाँ सरकार गठन प्रक्रिया शुरु

सारांश

  • काठमाडौं, ३ फागुन – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आजै प्रधानमन्त्री हुने एमालेले जनाएको छ ।
  • प्रधानमन्त्री शेरबहादुर देउवाले राजिनामा दिने, राष्ट्रपतिले आह्वान गरे लगत्तै नयाँ सरकार गठनको प्रक्रिया अघि बढ्ने भएको हो ।
  • एमाले अध्यक्ष ओलीलाई वाम गठबन्धनले प्रधानमन्त्रीमा नियुक्ति गर्न राष्ट्रपतिसमक्ष दाबी प्रस्तुत गर्ने बताइसकेको छ ।

काठमाडौं, ३ फागुन – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आजै प्रधानमन्त्री हुने एमालेले जनाएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले राजिनामा दिने, राष्ट्रपतिले आह्वान गरे लगत्तै नयाँ सरकार गठनको प्रक्रिया अघि बढ्ने भएको हो ।

एमाले अध्यक्ष ओलीलाई वाम गठबन्धनले प्रधानमन्त्रीमा नियुक्ति गर्न राष्ट्रपतिसमक्ष दाबी प्रस्तुत गर्ने बताइसकेको छ । निर्वाचन आयोगले प्रतिनिधिसभाको प्रत्यक्ष र समानुपातिक तर्फको नतिजा सहितको प्रतिवेदन बुधबार राति राष्ट्रपतिलाई बुझाएसँगै वाम गठबन्धनले स्पष्ट बहुमत रहेको भन्दै सरकार गठनका लागि राष्ट्रपतिसमक्ष ओलीलाई प्रधानमन्त्रीमा दाबी गर्न लागेको हो।

राष्ट्रपतिबाट ओलीलाई आज नै प्रधानमन्त्रीमा नियुक्त गर्ने एमालेको दाबी छ । एमाले र माओवादी केन्द्रको एकता संयोजन समितिले एमाले अध्यक्ष ओलीलाई प्रधानमन्त्रीमा नियुक्तिका लागि अघि सारिसकेका छन् ।

एमाले र माओवादीबीच पार्टी एकतासँगै पहिलो तीन वर्ष ओली र त्यसपछिको दुई वर्ष माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई प्रधानमन्त्री बनाउने सहमति भैसकेको छ। सहमति अनुसार ओली र दाहाल राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटघाट गरी ओलीलाई प्रधानमन्त्री बनाउन दाबी गर्ने तयारी भएको ओलीको सचिवालयले जनाएको छ।

संविधानको धारा ७६ मा प्रतिनिधिसभामा बहुमत प्राप्त संसदीय दलको नेता, त्यो नभए दुई वा दुई दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रतिनिधिसभाको सदस्यलाई राष्ट्रपतिले प्रधानमन्त्रीमा नियुक्त गर्ने व्यवस्था छ।

एमाले र माओवादी केन्द्रसँग स्पष्ट बहुमत रहेकाले यी दुई दलले संयुक्त रूपमा प्रधानमन्त्रीमा ओलीलाई नियुक्ति गर्न राष्ट्रपतिसमक्ष दाबी गर्ने भएका हुन्। २ सय ७५ सदस्यीय संसद्मा वाम गठबन्धनका पक्षमा १ सय ८४ सिट छ। सरकार गठनका लागि १ सय ३८ सिट चाहिन्छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?