ओली–प्रचण्डबीच ‘वान टू वान’ वार्ता सुरु, होला त ‘डेट फिक्स’ ?

Shikharkhabar Shikharkhabar
|
शनिबार, बैशाख १५, २०७५
|
|
३१ पटक हेरिएको
Shares
ओली–प्रचण्डबीच ‘वान टू वान’ वार्ता सुरु, होला त ‘डेट फिक्स’ ?

सारांश

  • काठमाडौं, १५ वैशाख ।
  • प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच ‘वान टू वान’ वार्ता सुरु भएको छ।
  • एकताको मिति तय गर्न शुक्रबार भएको छलफलबाट निष्कर्षमा नपुगेपछि शनिवार बिहान वार्ता सुरु भएको हो ।

काठमाडौं, १५ वैशाख । प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच ‘वान टू वान’ वार्ता सुरु भएको छ।

एकताको मिति तय गर्न शुक्रबार भएको छलफलबाट निष्कर्षमा नपुगेपछि शनिवार बिहान वार्ता सुरु भएको हो । पनि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा दुई अध्यक्ष छलफल भयरहेको ओलीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए।

शुक्रबार साँझ भएको भेटमा पार्टी एकताका बारेमा सामान्य छलफल भएको थियो। स्रोतका अनुसार दुई अध्यक्षबीच वैशाख ९ गतेको कार्यक्रममा उठेको विवादबारे कुराकानी भएको थियो । एमाले अध्यक्ष ओलीले दिएको वक्तव्यका बारे प्रचण्डले कुरा उठाएको बालुवाटार स्रोतले जनाउको छ ।

मजदुर दिवसका दिन १८ गते पार्टी एकताको तयारी भए पनि उक्त दिन पनि विवादका विषयमा सहमति हुन नसकेकाले सो मितिमा एकता नहुने सम्भावना बढेको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?