वर्षकै सर्वाधिक वर्षा, बाँके डुुबानमा
सारांश
- मंगलवार बिहानैदेखि परेको अविरल वर्षाका कारण बाँके जिल्लाका सहरी र ग्रामीण क्षेत्र डुबानमा परेका छन् ।
- जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाका अनुसार नेपालगन्ज उपमहानगरपालिका, कोहलपुर नगरपालिका, बैजनाथ, खजुरालगायत गाउँपालिकाका विभिन्न क्षेत्रमा वर्षाको पानी निकास नहुँदा स्थानीयको घरभित्रै पानी पसेको हो ।
- कुनै मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ ।
मंगलवार बिहानैदेखि परेको अविरल वर्षाका कारण बाँके जिल्लाका सहरी र ग्रामीण क्षेत्र डुबानमा परेका छन् । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाका अनुसार नेपालगन्ज उपमहानगरपालिका, कोहलपुर नगरपालिका, बैजनाथ, खजुरालगायत गाउँपालिकाका विभिन्न क्षेत्रमा वर्षाको पानी निकास नहुँदा स्थानीयको घरभित्रै पानी पसेको हो । कुनै मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ ।
ढल तथा नालाको निकास थुनिँदा नेपालगन्ज उपमहानगरपालिकाका रानी तलाउ, महेन्द्र स्कुल रोड, महेन्द्रपार्क क्षेत्र, घरबारीटोल, बेलासपुर, न्यूरोड, गणेशपुर, बाँकेगाउँ, कोरियनपुर, भृकुटीनगर, कारकाँदो, राँझालगायत क्षेत्र जलाम्य भएका थिए । जिल्ला प्रहरी कार्यालय आसपासका क्षेत्रमा पनि वर्षाको पानी जमेको थियो ।
यस्तै कोहलपुर नगरपालिकाको वडा नं. १० चटार, १३ नं. सिमरी, १४ नं. हवलदारपुर, भरैया, १५ नं. को पर्सेनीपुर गाउँमा डुबानमा परेका थिए । खजुरा गाउँपालिकामा पर्ने पेडारी नाला बढेर सडकबाटै बग्दा सर्वसाधारणलाई ओहोरदोहोर गर्न समस्या भएको थियो ।
मंगलवार नेपालगन्जमा यस वर्षकै सर्वा्धिक वर्षा भएको बताइएको छ । जल तथा मौसम विज्ञान विभागको हावापानी फिल्ड कार्यालय राँझाका अनुसार नेपालगन्जमा १६३.६ मिलिमिटर वर्षा भएको हो । जुन देशभर भएकोे वर्षामा सर्वा्धिक हो ।
कुनै पनि जिल्लामा एक सय मिलिमिटरभन्दा बढी वर्षा भएको थिएन । ८ असारमा यसअघि १६० मिलिमिटर वर्षा भएको थियो । यो वर्षाले नरैनापुर गाउँपालिकाका चार वडामा अलि बढी डुबान समस्या भएको थियो । अन्नपूर्णपोष्टबाट
भारतमा २० पर्ने गाडी नेपालमा कसरी ६५ लाख पर्छ ?
छिमेकी मुलुक भारतबाट जम्मा २० लाख रुपैंयाँको कार आयात गरी नेपाल ल्याउँदा विभिन्न शीर्षकमा गरी कुल ६५ लाख रुपैंयाँ सरकारलाई बुझाउनुपर्छ भन्दा अचम्म लाग्छ ।
तर मुलुकको वास्तविकता यही हो । आगामी आर्थिक बर्ष २०७६र७७ का लागि सरकारले तोकेको सवारी आयातमा लाग्ने भन्सार दरअनुसार २० लाख रुपैंयाँको कार खरिद गरी ल्याउँदा विभिन्न शीर्षकमा गरी कुल ६५ लाख रुपैंयाँ कर बुझाउनुपर्ने भएको हो ।
यो पनि पढ्नुहोस्
भन्सार विभागले आगामी आव २०७६र७७ का लागि निर्धारण गरेको सवारीसाधनको आयात भन्सार महसुल दरअनुसार कुनै पनि उपभोक्ताले भारतबाट २५ सयदेखि ३ हजार सीसीमाथिका २० लाख रुपैंयाँका कार नेपाल ल्याउने क्रममा ८० प्रतिशत भन्सार महशुल, सतप्रतिशतसम्म अन्तःशुल्क, ८ देखि १० प्रतिशतसम्म सडक निर्माण दस्तुर र १३ प्रतिशत मूल्य अभिबृद्धि कर(भ्याट) सहित सो कारमा ६५ लाख रुपैंयाँ कर बुझाउनुपर्ने बाध्यता छ । (राजधानी दैनिकबाट
यो पनि पढ्नुस्
निर्मला पन्तकी आमालाई सरकारी जागिर
कञ्चनपुर भीमदत्तनगरकी बलात्कार पछि हत्या गरिएकी १३ वर्षीया बालिका निर्मला पन्तकी आमा दुर्गादेवीले भीमदत्त नगरपालिकाका जागिर पाएकी छन् ।उनलाई दैनिक हाजिरीमा काम गर्ने गीर नगरपालिकाले नियुक्त गरेको हो ।
पति अर्की श्रीमतीसँग बाहिरै बसेको र परिवार धान्न गाह्रो भएको भन्दै दुर्गादेवीले जागिरका लागि निवेदन दिएपछि मानवीय हिसाबले नियम कानुनभित्र रहेर ‘डोर हाजिरी’मा नियुक्ति दिइएको भीमदत्त नगरपालिकाका मेयर सुरेन्द्र विष्टले बताए ।
प्रतिक्रिया