ओली लडाउँदै र मिलाउँदै शक्ति सञ्चयमा

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, माघ २४, २०७६
|
|
५० पटक हेरिएको
Shares
ओली लडाउँदै र मिलाउँदै शक्ति सञ्चयमा

सारांश

  • राजनीतिक टिप्पणी, २४ माघ ।
  • नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष केपी शर्मा ओली रणनीतिक रुपमा चतुर छन् ।
  • पार्टी्भित्रको आन्तरिक व्यवस्थापनमा उनले निकै चार्तुयता देखाउँदै आएका छन् ।

राजनीतिक टिप्पणी, २४ माघ । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष केपी शर्मा ओली रणनीतिक रुपमा चतुर छन् । पार्टी्भित्रको आन्तरिक व्यवस्थापनमा उनले निकै चार्तुयता देखाउँदै आएका छन् । ओलीले यसरी नै रणनीतिक चार्तुयता देखाएर पार्टी्भित्र शक्ति सञ्चय गर्दै आए । तत्कालिन नेकपा एमालेको अध्यक्ष बन्दा उनले वामदेव गौतमलाई फकाएर आफ्नो साथ ल्याए । झलनाथ खनाललाई समेत निकट बनाएर माधवकुमार नेपाललाई अध्यक्षमा पराजित गरे ।

ओलीले अहिले फेरि पार्टी्भित्र प्रचण्ड र माधवकुमार नेपाललाई लडाउने रणनीति अपनाएका छन् । एक समय उनले नेपाललाई खुबै पेले । बालुवाटारमा झाँको झारे । सिंगापुरमा मृगौलाको उपचार गर्न जानुअघि बसेको सचिवालय बैठकमा माधव नेपाललाई गम्भीर आरोप लगाए । तर, पछिल्लो समय पार्टी्भित्र प्रचण्ड बलियो बन्दै गएपनि उनले नेपाललाई नजिक ल्याउने रणनीति चालिसकेका छन् । सोमबार माधव नेपाललाई लञ्चसहित बोलाएर चार घन्टा भलाकुसारी गरे । वामदेव गौतमको निवास भैंसेपार्टीमा ओली पक्षरहित बैठक बसेपछि ओलीले नेकपाका वरिष्ठ नेता झलनाथ खनाललाई बोलाएर एक्ला एक्लै अन्र्तरंग कुराकानी गरिसकेका छन् । लञ्चसहितको सो कुराकानी पनि चार घन्टा चलेको थियो ।

पूर्व माओवादी पक्षधरहरु बलियो हुन थालेपछि ओलीले पूर्व एमालेलाई निकट ल्याउने चाल चलिरहेका छन् । उनले वामदेव गौतमलाई उपाध्यक्ष बनाएर आफू नजिक ल्याइसकेका छन् । गौतमले भनेका केही व्यक्तिलाई मन्त्री समेत बनाए । ओलीले यसरी नै पुनः शक्ति सञ्चय गरेर पार्टी र सरकारमा पकड बलियो बनाउँदै लगेका छन् । यो सबै उनको अबको तीन वर्ष प्रधानमन्त्री पदमा कायमै रहने र पार्टीमा पकड कायमै राखेर आगामी महाधिवेशनमा अध्यक्ष पद हात पार्ने रणनीति अन्र्तगत देखिदैछ ।
२०७७ सालमा तय भएको नेकपा महाधिवेशनले दुई अध्यक्षात्मक अवस्थाको अन्त गर्नेछ । अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड अध्यक्ष रहेकामा अबको महाधिवेशनमा उनीहरु बीच नै मुख्य प्रतिष्पर्धा हुने देखिएको छ । यसैलाई दृष्टिगत गरी ओलीले माधव नेपाल, झलनाथ खनाल र वामदेव गौतमलाई फकाउने शैली अपनाइरहेका छन् । यो यतिबेला भइरहेको छ जतिबेला नेकपा एमाले र माओवादी बीचको एकतापछि बनेको नेकपाको पहिलो महाधिवेशनपछि एकल अध्यक्ष बन्न प्रभावशाली नेताहरुले आ आफ्नो अस्त्र फाल्न थालिसकेका छन् । वर्तमान अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली शक्तिशाली अध्यक्ष बन्न चाहन्छन् ।

उनले आफ्नो टिमसँग पूर्व तयारीका लागि छलफल चलाइसकेका छन् । अबको तीन वर्ष प्रधानमन्त्री बन्छु भनिसकेका ओलीले पछिल्लो समय डिनर रणनीति चालिरहेका छन् । बालुवाटारमा नेकपाका नेताहरुलाई बोलाएर सांगितिक साँझसहितको डिनर गर्न थालेका छन् । लञ्च र डिनरको दौडधुप बालुवाटारमा चलिरहेको छ । मंगलबार उनले वरिष्ठ नेताद्धय झलनाथ खनाल र माधवकुमार नेपालसहित प्रभावशाली नेताहरुलाई बोलाएर सांगितिक साझसहितको डिनर गरेका थिए । ओलीले बाँसुरी बजाउँदा खनाल र नेपालले सारंगी रेटेका थिए ।

ओलीले यसरी नै सम्पूर्ण राजनीतिक अस्त्र प्रयोग गरिरहेका छन् । मृगौला प्रत्यारोपण गरेर तन्दरुस्त भएर तीन वर्ष सरकार चलाउने भनिसकेका छन् । ओली भित्तामा पुग्नेगरी पेल्ने र पछि फेरि फकाउने चाल चल्न माहिर छन् । अहिले नेकपामा प्रचण्ड शक्तिशाली बन्दै जाँदा ओलीको डिनर रणनीति चलिरहेको छ । उनले विगतमा माधवकुमार नेपाललाई पेलेका थिए । खनाललाई बेवास्ता गरे । फेरि खनाललाई साथ दिएर नेपाललाई पेले । प्रचण्डसँग मिलेर अगाडि बढ्दा माधव नेपाललाई निकै पेले । ओलीले प्रचण्ड र माधव नेपाललाई लडाएर शक्ति बढाउन खोजेको देखिन्छ । नेकपाका भावी अध्यक्षका आकांक्षीमध्येमा ओली, प्रचण्ड र नेपाल सर्वा्धिक शक्तिशाली आकांक्षी हुन् । त्यसैले त्रीकोणात्मक प्रतिष्पर्धामा ओलीले प्रचण्ड र माधव नेपाललाई लडाएर बाजी मार्न खोजिरहेका छन् । प्रचण्ड र माधव नेपाल नजिकिएपछि ओलीले नेपाललाई फकाउन थालिसकेका छन् । उनले यसरी नै प्रचण्ड र माधव नेपाललाई लडाएर आफू शक्तिशाली बन्दै पुनः अध्यक्ष बन्ने रणनीति बनाइरहेको देखिन्छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

शहीद स्मारक ‘ए’ डिभिजन फुटबल: उद्घाटन खेलमा विभागीय टोली त्रिभुवन आर्मी र न्यूरोड टिम एनआरटीबीच प्रतिस्पर्धा
शहीद स्मारक ‘ए’ डिभिजन फुटबल: उद्घाटन खेलमा विभागीय टोली त्रिभुवन आर्मी र न्यूरोड टिम एनआरटीबीच प्रतिस्पर्धा
प्रदेशको राजधानी र नामकरणबारे सुझाव संकलन, युवाहरूद्वारा विरोध
प्रदेशको राजधानी र नामकरणबारे सुझाव संकलन, युवाहरूद्वारा विरोध
मंसिर १० गते बुधवारको राशिफल यस्तो छ
मंसिर १० गते बुधवारको राशिफल यस्तो छ
प्रचण्डले सपना देखेको हुनसक्छ, पार्टी एकता सम्भव छैनः बाबुराम
प्रचण्डले सपना देखेको हुनसक्छ, पार्टी एकता सम्भव छैनः बाबुराम
नेपालकाे लगातार दाेस्राे जित, दिपेन्द्रकाे सतकिय पारी र सागरकाे अलराउण्ड प्रदर्शन महत्वपूर्ण !
नेपालकाे लगातार दाेस्राे जित, दिपेन्द्रकाे सतकिय पारी र सागरकाे अलराउण्ड प्रदर्शन महत्वपूर्ण !
समयमै वर्षा हुँदा झापामा धान रोपाइँ तीव्र: साउनको मध्यमै ८८ प्रतिशत काम सम्पन्न
समयमै वर्षा हुँदा झापामा धान रोपाइँ तीव्र: साउनको मध्यमै ८८ प्रतिशत काम सम्पन्न
३ लाख ३६ हजार बढी संक्रमित, चीनमा शून्य, यी ५ देशमा महामारी
३ लाख ३६ हजार बढी संक्रमित, चीनमा शून्य, यी ५ देशमा महामारी
चालिस कटेसी रमाउँला भनेर गीत गाउँछन्, जनसंख्या झन घट्ने भयोः प्रधानमन्त्री ओली
चालिस कटेसी रमाउँला भनेर गीत गाउँछन्, जनसंख्या झन घट्ने भयोः प्रधानमन्त्री ओली
मनसुनपछि ८५ को मृत्यु
प्रधानमन्त्रीद्वारा सबै मुख्यमन्त्रीहरुलाई काठमाडौं बोलावट
प्रधानमन्त्रीद्वारा सबै मुख्यमन्त्रीहरुलाई काठमाडौं बोलावट