जीर्ण भवनमा कैदीबन्दी

Shikharkhabar Shikharkhabar
|
सोमबार, चैत्र ४, २०७५
|
|
२६ पटक हेरिएको
Shares
जीर्ण भवनमा कैदीबन्दी

सारांश

  • बाँके, ४ चैत , बाँके जिल्ला कारागारमा क्षमताभन्दा दोब्बर कैदीबन्दी भए पनि जिल्लामै निर्माणाधीन क्षेत्रीयस्तरको अत्याधुनिक कारागार निर्माण अलपत्र परेको छ ।
  • कारागार व्यवस्था विभागले बाँकेको बैजनाथ गाउँपालिका–३ नौबस्तामा बनाउन लागेको कारागारको १५ प्रतिशत काम मात्रै सकिएको छ ।
  • दश बिघा क्षेत्रफलमा निर्माण शुरु गरिएको कारागार अलपत्र परेको छ ।

बाँके, ४ चैत , बाँके जिल्ला कारागारमा क्षमताभन्दा दोब्बर कैदीबन्दी भए पनि जिल्लामै निर्माणाधीन क्षेत्रीयस्तरको अत्याधुनिक कारागार निर्माण अलपत्र परेको छ । कारागार व्यवस्था विभागले बाँकेको बैजनाथ गाउँपालिका–३ नौबस्तामा बनाउन लागेको कारागारको १५ प्रतिशत काम मात्रै सकिएको छ ।

दश बिघा क्षेत्रफलमा निर्माण शुरु गरिएको कारागार अलपत्र परेको छ । निर्माणको ठेक्का पप्पु कन्स्ट्रक्सनले लिएको थियो । निर्माणाधीन कारागार तीन हजार कैदीबन्दी क्षमताको रहेको छ । निर्माण कम्पनीले पाएको समय सकिँदैछ । सङ्घीय आयोजना एकाइमार्फत निर्माणाधीन कारागारको १५ प्रतिशतमात्रै भौतिक र ७.५ प्रतिशत वित्तीय प्रगति भएको सङ्घीय आयोजना एकाइ बाँकेका इञ्जिनीयर होमनाथ भुसालले जानकारी दिनुभयो ।

विसं २०७३ कात्तिक ८ गते रु ३८ करोड ६८ लाख ७९ हजार २८१ को लागतमा ठेक्का सम्झौता भएको थियो । तीन वर्षभित्र सम्पन्न हुने गरी ठेक्का लिए पनि निर्माण सम्पन्न हुन आठ महीना बाँकी रहँदा १५ प्रतिशत मात्रै प्रगति हुनुले आयोजना सम्पन्न हुन अझै धेरै समय लाग्ने आयोजनाले जनाएको छ ।

कार्यालयका इञ्जिनीयर भुसालले भन्नुभयो, “पच्चीस वटा भवन संरचना बनाइने लक्ष्य हो । अहिले पाँच संरचनामा अत्यन्तै सुस्त गतिमा काम भइरहेको छ ।”

दुई वर्षमा मुस्किलले रु दुई करोड बराबरको मात्र काम सम्पन्न भएको सङ्घीय आयोजना एकाइले जनाएको छ । यसबीचमा निर्माण कम्पनीले २० प्रतिशत ‘मोबिलाइजेसन’ बापत रु सात करोड छ लाख ३१ हजार र भौतिक प्रगतिको आधारमा करीब रु ७० लाख भुक्तानी लिइसकेको आयोजनाले जनाएको छ ।

“काम अझै भएको छैन”, एकाइ कार्यालयका आयोजना प्रमुख इञ्जिनीयर सुनिलकुमार ठाकुरले भन्नुभयो, “काम गर्न पटकपटक ताकेता गर्दा पनि सफल हुन सकेका छैनौँ, तोकिएको समय बाँकी छ, त्यसैले अहिले नै केही भन्न सक्ने अवस्था छैन । म्याद सकिने बित्तिकै कारवाही अघि बढाउँछौँ । समय रहेकाले अहिले नै कारवाही गर्न सकिँदैन ।”

कारागारमा १५० नेपाल प्रहरी र १५० सशस्त्र प्रहरी गरी ३०० सुरक्षाकर्मीका लागि ब्यारेक, भान्सालगायतका काम भइरहेका छन् । करीब आठ महीना मात्र बाँकी रहँदा अन्य २० वटा संरचना समयमै सम्पन्न हुने छाँट देखिँदैन । मुख्य कारागार भवन, तीनतले प्रशासनिक भवनका काम नै थालिएका छैनन् ।

आयोजना प्रमुख ठाकुरले दुई वर्षअघि ठेक्का सम्झौता भए पनि गत वर्षदेखि मात्र काम थालिएको बताउनुभयो । “ढिलो काम शुरु भयो, सम्झौताको सकिने मिति नजिकिँदैछ । समयमै सम्पन्न गर्न गाह्रो छ ।” सरकारले कोस्टल पप्पु जेभी निर्माण कम्पनीलाई कालोसूचीमा राखेपछि निर्माणमा थप अन्योल बढेको छ ।

त्यसैगरी बाँकेकै जानकी गाउँपालिका–६, गनापुरमा ६ बिघा क्षेत्रफलमा निर्माणाधीन खुला कारागार पनि सञ्चालनमा आउन सकेको छैन । कारागार व्यवस्थापन विभागले गत वर्ष १० कोठे सुरक्षा भवन निर्माण गरेको छ । चारैतिर तारबार लगाइएको छ तर कारागार कहिलेदेखि कुन रूपमा सञ्चालनमा आउने हो भन्ने टुङ्गो छैन ।

“खुला कारागार नयाँ अवधारणा हो । कुन रूपमा सञ्चालन हुने हो भन्ने विषयमा कार्यविधि बन्ने क्रममै छ”, जिल्ला कारागारका जेलर भरतराज पाण्डेले भन्नुभयो । यी दुई कारागार निर्माण भई सञ्चालनमा आए बाँकेको जिल्ला कारागारमा देखिएको कैदीबन्दी व्यवस्थापन समस्या समाधान हुने जेलर पाण्डेको भनाइ छ ।

हाल क्षमताभन्दा दोब्बर बढी कैदीबन्दी भएपछि निकै समस्या हुने गरेको उहाँको भनाइ छ । तीन सय कैदीबन्दीे क्षमताको कारागारमा यतिबेला ६० महिलासहित ६८० कैदीबन्दी छन् । कारागारमा ५२ भारतीय र दुई बङ्गलादेशीसहित ५४ विदेशी नागरिक रहेको कार्यालयले जनाएको छ । क्षमताभन्दा बढी कैदीबन्दी हुँदा खासगरी सुरक्षा चुनौती थपिनुका साथै शौचालय, बस्ने कोठा लगायतमा समस्या हुने गरेको जेलर पाण्डेको भनाइ छ ।

उहाँका अनुसार कारागारका अधिकांश भौतिक संरचना जीर्ण छन् । पचहत्तर वर्ष पुरानो जीर्ण भवनमा कैदीबन्दीलाई कोचाकोच गरेर राख्नुपर्ने अवस्था छ । नौबस्तामा निर्माणाधीन क्षेत्रीय कारागार र गनापुरमा निर्माणाधीन खुला कारागार निर्माण भएर सञ्चालनमा आएपछि यहाँका कैदीबन्दीलाई उनीहरूको अपराध प्रकृति हेरेर त्यहाँ स्थानान्तरण गरिने बताइएको छ ।

विसं २००० मा निर्माण गरिएको यो कारागारको क्षमता २०० मात्र थियो । गत वर्षमात्र भलिबल खेल्न छुट्टाइएको जग्गामा चार कोठे भवन निर्माण गरी झण्डै १२५ जनाको क्षमताको भवन निर्माण गरिएको थियो । उचित कारागार नहुँदा बाँके कारागारमा रहेका कैदीबन्दीले सास्ती पाउँदै आएका छन् । यसले पनि नौबस्ताको कारागार तत्काल निर्माण गरिनुपर्ने आवश्यकता रहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मकवानपुरका इन्सपेक्टरमथि अख्तियारको मुद्दा
मकवानपुरका इन्सपेक्टरमथि अख्तियारको मुद्दा
यूएईविरुद्ध पहिलो टी–२० आज, इतिहास रच्ने अर्को अवसर
यूएईविरुद्ध पहिलो टी–२० आज, इतिहास रच्ने अर्को अवसर
मानव तस्करीमा उच्च राजनीतिक नेतृत्व संलग्न हुनु दुःखद् : सांसद केसी
मानव तस्करीमा उच्च राजनीतिक नेतृत्व संलग्न हुनु दुःखद् : सांसद केसी
‘कबड्डी कबड्डी कबड्डी’को प्रिमियर, चलचित्रकर्मीले के भने ?
‘कबड्डी कबड्डी कबड्डी’को प्रिमियर, चलचित्रकर्मीले के भने ?
जबलियामा इजरायाली आक्रामणबाट अहिलेसम्म झन्डै २ सयको मृत्यु
जबलियामा इजरायाली आक्रामणबाट अहिलेसम्म झन्डै २ सयको मृत्यु
मिडियाबाट टाढै बस्न प्रम ओलीको मन्त्रीहरुलाई निर्देशन
मिडियाबाट टाढै बस्न प्रम ओलीको मन्त्रीहरुलाई निर्देशन
बलिया टिमलाई पाखा लगाउँदै फाइनलसम्म पुगेकाे क्रोएसियाबारे जान्नै पर्ने कुराहरु
बलिया टिमलाई पाखा लगाउँदै फाइनलसम्म पुगेकाे क्रोएसियाबारे जान्नै पर्ने कुराहरु
आज कानुन दिवस, प्रधान न्यायाधीशले दिए शुभकामना
आज कानुन दिवस, प्रधान न्यायाधीशले दिए शुभकामना
धादिङ कैलाली र  सप्तरीमा सवारी दुर्घटनामा मृत्यु
धादिङ कैलाली र सप्तरीमा सवारी दुर्घटनामा मृत्यु
माउण्ट एभरेष्ट बोर्डिङ स्कूलका शिक्षक मृत फेला
माउण्ट एभरेष्ट बोर्डिङ स्कूलका शिक्षक मृत फेला

तपाईंले छुटाउनुभयो कि?