अब यी १० स्थानमा सीसाका आकाशे पुल

Shikharkhabar Shikharkhabar
|
आइतबार, बैशाख २३, २०७५
|
|
२३ पटक हेरिएको
Shares
अब यी १० स्थानमा सीसाका आकाशे पुल

सारांश

  • काठमाडौं – काठमाडौं महानगरपालिकाले राजधानीको १० स्थानमा आकाशेपुल  निर्माण गर्ने भएको छ ।
  • व्यापारिक प्रायोजनका लागि नभई बटुवा आवतजावत गर्ने प्रयोजनका लागि स्टिल स्ट्रक्चरको आकाशेपुल निर्माण गर्न लागेको हो ।
  •  सडक विभागको परामर्शअनुसार साउन महिनादेखि ती पुल निर्माण हुनेछन् ।

काठमाडौं – काठमाडौं महानगरपालिकाले राजधानीको १० स्थानमा आकाशेपुल  निर्माण गर्ने भएको छ ।

व्यापारिक प्रायोजनका लागि नभई बटुवा आवतजावत गर्ने प्रयोजनका लागि स्टिल स्ट्रक्चरको आकाशेपुल निर्माण गर्न लागेको हो । सडक विभागको परामर्शअनुसार साउन महिनादेखि ती पुल निर्माण हुनेछन् ।

करिब ५ करोड रुपैयाँ लागतमा निर्माण हुन लागेका सबै आकाशेपुल ट्रान्सपरेन्ट हुनेछन् ।

कामपाले चाबहिल, नयाँ बानेश्वर, कोटेश्वर, माइतीघर, कालिमाटी, गौशाला, बागबजार, त्रिपुरेश्वर, महाराजगञ्ज चोक र बबरमहल गरी १० स्थानमा आकाशेपुल निर्माण गर्न लागेको  जनाएको छ ।

आजको नेपाल समाचारपत्र दैनिकमा यो खबर छ ।

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    Pradeep Chaudhary

    Hawa hawa guff kina halnu

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?