प्रतिनिधिसभामा तीन महिनापछि सांसद भण्डारीको सम्बोधन

Shikharkhabar Shikharkhabar
|
बुधबार, जेठ १०, २०८०
|
|
४३ पटक हेरिएको
Shares
प्रतिनिधिसभामा तीन महिनापछि सांसद भण्डारीको सम्बोधन

सारांश

  • काठमाडौँ ।
  • ग्यास जलनबाट घाइते भई लामो समयसम्म उपचार गराएका सांसद चन्द्रकान्त भण्डारीले आज प्रतिनिधिसभाको बैठकमा सम्बोधन गरेका छन् ।
  • प्रतिनिधिसभाको आजको बैठकमा सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफल जारी छ ।

काठमाडौँ । ग्यास जलनबाट घाइते भई लामो समयसम्म उपचार गराएका सांसद चन्द्रकान्त भण्डारीले आज प्रतिनिधिसभाको बैठकमा सम्बोधन गरेका छन् । प्रतिनिधिसभाको आजको बैठकमा सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफल जारी छ ।

यही जेठ ५ गते राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको संयुक्त बैठकमा पेश गरेको आगामी आवको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै उनले जलनको उपचारका लागि सर्वसुविधासम्पन्न अस्पताल निर्माण गर्न माग गरे ।

गत पुस ३ गते ग्यास जलनबाट घाइते भइ भारतमा उपचार गराएर फर्किएका सांसद भण्डारीले देशभित्र सुविधासम्पन्न जलन अस्पताल निर्माण गर्न आग्रह गरे ।

उनले आफू जलनको उपचारबाट फर्के लगत्तै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई पनि यसबारेमा जानकारी गराएको बताए । उनले गत वर्ष ग्यासलगायतको जलनबाट एक सय १० जनाको ज्यान गएको जानकारी दिए । यस वर्षमात्रै हालसम्म एक सय ११ जनाको ज्यान गएको सांसद भण्डारीले तथ्यांक पेश गरे ।

उनले भने, “गाउँ–गाउँमा ग्यास र बिजुली पुग्यो । के गर्न हुन्छ र हुँदैन भनेर कोही कसैलाई पनि सिकाउन सकेनौ । ग्यास कसरी बाल्ने, बिजुली कसरी बाल्ने पाठ्यक्रम निर्माता, सबैले यसबारेमा तत्काल पहल गर्नु जरुरी छ ।”

सांसद भण्डारीले आफूलाई उद्धार गरेर हालको अवस्थामा ल्याउने वर्तमान सरकार र शुभचिन्तक सबैलाई धन्यवाद दिए । आफू उपचार गरेर आएको अस्पताल बाबु छोराले चलाएको र दक्षिण एशियाको सबैभन्दा उत्कृष्ठट रहेको भन्दै सांसद भण्डारीले मुलुकभित्र पनि त्यस्तै सुविधासम्पन्न अस्पताल निर्माण गर्न सरकारको पुनः ध्यानाकर्षण गराए ।

उनले पछिल्लो तीन वर्षमा तीन जना मात्रै भेन्टिलेटरमा पुगेर बाँचेर आएको उल्लेख गर्दै नेपालमा पनि राम्रा स्वास्थ्यकर्मी भएको बताए ।

हालसम्म जलनको उपचारका लागि कीर्तिपुरमा रहेको अस्पतालले धानीरहेको उल्लेख गर्दै उनले सरकारले दिने उपचार सहयोगमा जलनको बिरामीलाई पनि जोड्न माग गरे ।

उनले खाना पकाउने ग्यासमा स्वचालित रेगुलेटर राख्ने व्यवस्था गर्न र त्यसका लागि कानुन निर्माण गर्न पनि सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

जम्मु काश्मिरमा पाँच लडाकूको मृत्यु
जम्मु काश्मिरमा पाँच लडाकूको मृत्यु
वार’ टिजरमा ऋतिक रोशन र टाइगर श्राफको घम्साघम्सी
वार’ टिजरमा ऋतिक रोशन र टाइगर श्राफको घम्साघम्सी
युनाइटेड स्प्रिट्सले सवा तीन करोड पूँजीगत लाभकर तिर्यो, लाभकरपछि मात्रै स्वामित्व परिवर्तन
युनाइटेड स्प्रिट्सले सवा तीन करोड पूँजीगत लाभकर तिर्यो, लाभकरपछि मात्रै स्वामित्व परिवर्तन
EC Commissioners making live observation of elections
EC Commissioners making live observation of elections
ओलम्पिकको एसिया छनोटका लागि महिला फुटबल टाेलिकाे घोषणा
ओलम्पिकको एसिया छनोटका लागि महिला फुटबल टाेलिकाे घोषणा
औद्योगिक क्षेत्रबाट ४६ करोड ८६ लाख बक्यौता महसुल असुल, १० उद्योगको बिजुली काटियो
औद्योगिक क्षेत्रबाट ४६ करोड ८६ लाख बक्यौता महसुल असुल, १० उद्योगको बिजुली काटियो
भारतमा एकैदिन ३४ हजार ९५६ संक्रमित, कुल संक्रमित संख्या १० लाख नाघ्यो
भारतमा एकैदिन ३४ हजार ९५६ संक्रमित, कुल संक्रमित संख्या १० लाख नाघ्यो
हुवावेले जासुसी आरोपमा पक्रेका कर्मचारी गर्यो वर्खास्त
हुवावेले जासुसी आरोपमा पक्रेका कर्मचारी गर्यो वर्खास्त
विभिन्न संघ संस्थाहरुसंगको सहकार्यमा नेपाल स्काउटको राहत संकलन
विभिन्न संघ संस्थाहरुसंगको सहकार्यमा नेपाल स्काउटको राहत संकलन
अब्बल डाक्टर गुमायो नेपालले, थापाको अघिल्लो दिनको टिकट थियो
अब्बल डाक्टर गुमायो नेपालले, थापाको अघिल्लो दिनको टिकट थियो