बुटवलमा पहिलो उपमहानगर राष्ट्रिय सम्मेलन

Shikharkhabar Shikharkhabar
|
आइतबार, माघ २२, २०७९
|
|
३४ पटक हेरिएको
Shares
बुटवलमा पहिलो उपमहानगर राष्ट्रिय सम्मेलन

सारांश

  • काठमाडौं ।
  • लुम्बिनी प्रदेशका प्रमुख अमिक शेरचनले सङ्घीयता कार्यान्वयनमा स्थानीय सरकारको महत्वपूर्ण भूमिका रहेको बताएका छन् ।
  • बुटवल उपमहानगरपालिकाको आयोजनामा आज बुटवलमा आयोजित प्रथम उपमहानगर राष्ट्रिय सम्मेलन उद्घाटन गर्दै उनले सङ्घीयता बलियो बनाउन स्थानीय सरकार बलियो हुनुपर्नेमा जोड दिए ।

काठमाडौं । लुम्बिनी प्रदेशका प्रमुख अमिक शेरचनले सङ्घीयता कार्यान्वयनमा स्थानीय सरकारको महत्वपूर्ण भूमिका रहेको बताएका छन् । बुटवल उपमहानगरपालिकाको आयोजनामा आज बुटवलमा आयोजित प्रथम उपमहानगर राष्ट्रिय सम्मेलन उद्घाटन गर्दै उनले सङ्घीयता बलियो बनाउन स्थानीय सरकार बलियो हुनुपर्नेमा जोड दिए ।

स्थानीय सरकारहरूमा पनि महानगर, उपमहानगर र गाउँपालिकाका अवस्था र समस्या फरक–फरक रहेको औल्याउँदै उनले भने, “आर्थिक र सामाजिक हिसाबले स्रोत साधनको वितरणबारे छलफल हुन जरुरी छ ।”

सङ्घीयता कार्यान्वयनका लागि सङ्घ, प्रदेश र स्थानीय सरकारबीच समन्वय र सहकार्य जरुरी रहेको उल्लेख गर्दै प्रदेश प्रमुख शेरचनले यसका लागि आवश्यक कानुन निर्माणमा चासो दिनुपर्ने बताए ।
महानगर फोरमका संयोजक तथा पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले सङ्घीयता बलियो बनाउन स्थानीय सरकारलाई बलियो बनाउनुपर्छ भने ।

उनले संविधानले व्यवस्था गरेअनुसार साझा र एकल अधिकार प्रयोगका लागि आवश्यक कानुन निर्माण र कार्यान्वयनमा देखिएका जटिलता समाधानका लागि सङ्घीय सरकारले चासो देखाउनुपर्ने र महानगर, उपमहानगर, नगर तथा गाउँपालिकाको भूगोल, आर्थिक र सामाजिक अवस्था फरक–फरक रहेकाले सोहीअनुसारले आर्थिक स्रोत वितरण गरिनुपर्नेमा जोड दिए । नेपाल नगरपालिका सङ्घका महासचिव तथा घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीले सङ्घ, प्रदेश र स्थानीय सरकारका योजना दोहोरिने गरेको र त्यस्ता योजना कार्यान्वयनमा जटिलता देखिएकाले सुधार गर्दै समन्वय र सहकार्यलाई जोड दिनुपर्ने बताए ।

नेपाल नगरपालिका सङ्घका सहकोषाध्यक्ष तथा हेटौँडा उपमहानगरपालिकाका प्रमुख मीना कुमारी लामाले सङ्घीयता सफल बनाउन स्थानीय सरकारलाई सफल बनाउनुपर्छ भने । बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले साझा अधिकारको सूचीमा रहेका अधिकारक्षेत्रको जिम्मेवारी तोकी कानुन बनाउन सङ्घीय सरकारले तदारुकता देखाउनुपर्ने र प्रदेश तथा स्थानीय सरकारले कानुन बनाउन सहजीकरण गर्नुपर्ने बताए ।

उक्त कार्यक्रममा सहभागी हुन देशभरका उपमहानगरका प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत र विज्ञ बुटवलमा भेला भएका छन् । विज्ञसहितको छलफलपछि साझा विषयलाई समेटेर घोषणापत्र जारी गरिने बुटवल उपमहानगरपालिकाका प्रमुख पाण्डेयले बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

भारतले रौतहटमा खोल्न नमानेको बाँध आफै भत्कियो, भारतमा हल्लीखल्ली
भारतले रौतहटमा खोल्न नमानेको बाँध आफै भत्कियो, भारतमा हल्लीखल्ली
ज्यानको खतरा बढेपछि राजापाक्षे सैनिक अखडामा
ज्यानको खतरा बढेपछि राजापाक्षे सैनिक अखडामा
आज ४ हजार ४७ कोरोना संक्रमित थपिए
आज ४ हजार ४७ कोरोना संक्रमित थपिए
पूर्वप्रधानमन्त्री खनाल र पूर्वसभामुख नेम्बाङले गरे मनोनयन दर्ता
पूर्वप्रधानमन्त्री खनाल र पूर्वसभामुख नेम्बाङले गरे मनोनयन दर्ता
ऐश्वर्या राय गर्भवती? भाइरल भइरहेछ फोटो
ऐश्वर्या राय गर्भवती? भाइरल भइरहेछ फोटो
पूर्व राष्ट्रपति, प्रधानमन्त्री लगायतले अब यति धेरै विलासी सुविधा पाउने
पूर्व राष्ट्रपति, प्रधानमन्त्री लगायतले अब यति धेरै विलासी सुविधा पाउने
रक्सीले लठ्ठिएका ‘हेडसर’ले कार्यक्रम बिथोल्न खोजेपछि…
काठमाडौँ उपत्यकामा आइतवार ५९७ जना कोरोना संक्रमित थपिए
भोलिदेखि काठमाडौंमा नेपाल–भारत फ्रान्चाईज ईन्भेष्टमेन्ट कन्क्लेभ, प्रधानमन्त्रीले उद्धघाट्न गर्ने
भोलिदेखि काठमाडौंमा नेपाल–भारत फ्रान्चाईज ईन्भेष्टमेन्ट कन्क्लेभ, प्रधानमन्त्रीले उद्धघाट्न गर्ने
सातवटा खानेपानी योजना निर्माण शुरु
सातवटा खानेपानी योजना निर्माण शुरु