आजको प्रतिनिधिसभा बैठकको कार्यसूची सार्वजनिक

Shikharkhabar Shikharkhabar
|
आइतबार, फाल्गुन २२, २०७८
|
|
३६ पटक हेरिएको
Shares

सारांश

  • आइतबार बस्ने प्रतिनिधिसभा बैठकको सम्भावित कार्यसूची सार्वजनिक भएको छ ।
  •  दिउँसो १ बजे बस्ने बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको एक्काइसौं वार्षिक प्रतिवेदन पेश गर्ने सम्भावित कार्यसूची रहेको संघीय संसद सचिवायलका महासचिव डा.
  • भरतराज गौतमले जानकारी दिनुभयो ।

आइतबार बस्ने प्रतिनिधिसभा बैठकको सम्भावित कार्यसूची सार्वजनिक भएको छ । दिउँसो १ बजे बस्ने बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको एक्काइसौं वार्षिक प्रतिवेदन पेश गर्ने सम्भावित कार्यसूची रहेको संघीय संसद सचिवायलका महासचिव डा.भरतराज गौतमले जानकारी दिनुभयो ।

त्यसअघि विहान साढे ११ बजे संघीय संसद भवनमा कार्यव्यवस्था परामर्श समितिको बैठक बस्ने सभामुख अग्निप्रसाद सापकोटाका प्रेस विज्ञ श्रीधर न्यौपानेले जानकारी दिनुभयो । पछिल्लो ६ महिनादेखि सांसदहरूले जनचासोका विषयमा राख्न पाएका छैनन् । नेकपा एमालेको अवरोधका कारण यस अवधिका सबै बैठकहरू निष्प्रभावी बन्दै गएका छन् ।

एमालेले आफूले कारबाही गरिएका १४ सांसदलाई सभामुख सापकोटाले पदमुक्त नगरेको भन्दै लगातार संसद बैठक अवरोध गर्दे आएको छ । यद्यपि महत्त्वपूर्ण भनिएका बजेट, एमसीसी लगायतका विषयहरू भने सरकारले अवरोधकै बीच पारित र अनुमोदन गर्दै गइरहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

वामगठबन्धन विजयी भए महानगरको विकासमा सहज हुन्छ : शाक्य
वामगठबन्धन विजयी भए महानगरको विकासमा सहज हुन्छ : शाक्य
अराजकता फैलाउने ९ युट्यूव कारवाहीमा
अराजकता फैलाउने ९ युट्यूव कारवाहीमा
सर्लाहीको कौडेना गाउँपालिकामा राजपा ५२४ मतले विजयी
सर्लाहीको कौडेना गाउँपालिकामा राजपा ५२४ मतले विजयी
घरटहरा नहटाउँदा काम अवरुद्ध !
घरटहरा नहटाउँदा काम अवरुद्ध !
प्रजनन् स्वास्थ्यमा ‘गर्भपतन’ : असुरक्षितलाई सुरक्षित प्रकृयामा ल्याउनुनै चेतनाको विकास
प्रजनन् स्वास्थ्यमा ‘गर्भपतन’ : असुरक्षितलाई सुरक्षित प्रकृयामा ल्याउनुनै चेतनाको विकास
पृथ्वीनाराण शाहलाई थुकौ भन्ने आङकाजी शेर्पाको यो कस्तो सन्देश हो ?
पृथ्वीनाराण शाहलाई थुकौ भन्ने आङकाजी शेर्पाको यो कस्तो सन्देश हो ?
आज पहिलोपटक संघीय संसदमा सम्बोधन गर्न राष्ट्रपति बग्गी चढेर जाने
आज पहिलोपटक संघीय संसदमा सम्बोधन गर्न राष्ट्रपति बग्गी चढेर जाने
डेढ वर्षपछि तामाङको मुद्दामा साक्षी बुझ्न आदेश
डेढ वर्षपछि तामाङको मुद्दामा साक्षी बुझ्न आदेश
एसइईमा अब ‘नो ग्रेड’ (एनजी) आएको विषयमा मात्रै परीक्षा दिन पाइने
एसइईमा अब ‘नो ग्रेड’ (एनजी) आएको विषयमा मात्रै परीक्षा दिन पाइने
राष्ट्रपतिद्वारा राजनीतिक दल विभाजन सम्बन्धी अध्यादेश जारी
राष्ट्रपतिद्वारा राजनीतिक दल विभाजन सम्बन्धी अध्यादेश जारी

तपाईंले छुटाउनुभयो कि?