म्याग्दीमा पनि वाम गठबन्धन अगाडि
सारांश
- म्याग्दी– पछिल्लो मतगणना अनुसार म्याग्दीमा बाम गठबन्धन अघि देखिएको छ ।
- बामगठबन्धनका तर्फबाट एमालेका भुपेन्द्र थापाले १४ सय ५१ मत ल्याएर अग्रता लिएका छन् ।
- उनलाई पछ्याएका नेपाली कांग्रेसका खम गर्वुजाले १२ सय १९ मत प्राप्त गरेका छन् ।
म्याग्दी– पछिल्लो मतगणना अनुसार म्याग्दीमा बाम गठबन्धन अघि देखिएको छ । बामगठबन्धनका तर्फबाट एमालेका भुपेन्द्र थापाले १४ सय ५१ मत ल्याएर अग्रता लिएका छन् । उनलाई पछ्याएका नेपाली कांग्रेसका खम गर्वुजाले १२ सय १९ मत प्राप्त गरेका छन् ।
प्रदेशसभा तर्फ पनि बाम गठबन्धन अघि देखिएको छ । प्रदेश (क)मा माओवादी केन्द्रका विनोद केसीले ९ सय ०८ मतका साथ लिडिङ गरिरहेका छन् ।
उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका भीम गौचनले ५ सय ३८ मत ल्याएका छन् । त्यस्तै प्रदेश (ख) मा एमालेबाट नरदेवी पुनले ७ सय ५६ प्राप्त गरि अघि छन् भने कांग्रेसका अमलाल पुनले ६५ मत प्राप्त गरेका छन् ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया