आजको राशिफल

Shikharkhabar Shikharkhabar
|
मंगलबार, चैत्र २२, २०७८
|
|
२२ पटक हेरिएको
Shares
आजको राशिफल

सारांश

  • मेष (चु.
  • चे.
  • चो.

मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ) : मेष राशीका जातकले हरेक मंगलबार नयाँ कामको शुरुवात गर्न सक्नेछन् । धनलाभ, स्वास्थ्यमा प्रतिकुलता र विजय प्राप्त हुनेछ । शत्रुमाथिको विजय प्राप्ति हुने भए पनि आर्थिक व्यय र हानी हुने देखिन्छ । विलासिताका सामान खरिद र यात्रामा जाँदा अर्थहानी हुनेछ ।
वृष (इ.उ.ए.ओ.वा.वि.वु.वे.वो) : अध्ययनअध्यापनमा समय दिनुभयो भने शुभ हुनेछ । आजको दिन यात्रा गर्न खोज्नु भएको छ भने त्यति फलदायी हुनेछ । सामाजिक सेवा र अध्यात्म सेवाको काममा मन लगाउनु होला । बालक, बृद्धलाई भोजन र बस्त्र दान गर्नुभयो भने तपाईंको मन खुसी हुनेछ । चन्द्रमाको साथ रहेको छ । आज बिहान सूर्योदयको दर्शन गर्नु होला ।
मिथुन (क.कि.कु.घ.ङ.छ.के.को.ह) : आजको दिन परिवार र आफन्तजनमा विवाद हुनसक्छ । आजको दिन मौन रहनु ठीक होला । व्यापारमा रहेका साझेदारसँग अनावश्यक विवाद उत्पन्न हुनसक्छ त्यसैले मौन रहेर काम गर्दा तपाईंलाई फाइदा हुन्छ । आवश्यकताभन्दा बढी नबोल्ने,आफ्नो नियमित काम मात्र गर्ने गर्नुहाेला ।
कर्कट (हि.हू.हे.हो.डा.डि.डु.डे.डो) : तपाईंको लागि आजको दिन अनुकल देखिन्छ । धन प्राप्तिको योग छ । नयाँ वस्त्र खरिद गरेर लगाउन सक्नुहुनेछ । आफन्त र मित्रजनबाट साथ सहयोग पाउनुहुनेछ । निराशा हटेर आशाका किरण फैलने छन् । अर्थकारोबार गर्दा विचार गर्नुहोला । कसैलाई दिनुभएको सापटी रकमसमेत पाउनुहुनेछ । कसैमाथि नकारात्मक सोचर काम नगर्नुहोला ।
सिंह (मा.मि.मु.मे.मो.टा.टि.टु.टे) : आजको दिन घरपरिवार र मित्रसँग अनावश्यक विवाद हुनसक्छ, विचार गर्नुहोस् । लामो दुरीको यात्रा पनि नगर्दा बेस हुनेछ । स्वास्थ्यमा प्रतिकुल असर र आर्थिक व्यय हुने संभावना छ । अध्ययनअध्यापनको काममा बाधा उत्पन्न हुनसक्छ । तपाईंले विश्वास गरेको मित्रबाट धोका हुनसक्छ । परिवारका सदस्यसँग विवाद हुनसक्छ ।
कन्या (टो.प.पी.पू.ष.ण.ठ पे.पो) : दाम्पत्य जीवनमा सुख, समृद्धि हुने योजना तय हुन सक्छ । मंगलबारका दिन कुनै नयाँ काम शुरुवात र मानसम्मान समेत मिल्नेछ । तपाईंले गरेको कामको मानसम्मान र व्यवसायमा समेत सोचेभन्दा बढी फाइदा हुनेछ । आजको दिन तपाईंले केही कन्यालाई फलफूल उपहार दिनुभयो भने मनमा प्रशन्नता छाउनेछ ।
तुला (रा.री.रु.रे.रो.ता.ती.तु.ते) : आजको दिन त्यति समय अनुकुल देखिदैन । अनावश्यक यात्रा र अनावश्यक खर्च व्ययभार बढ्ने छ । आफ्नो स्वास्थ्यमा ध्यान दिनुहोला । परिवारका सदस्यमा समेत स्वास्थ्य समस्या हुनसक्छ ।कुनै पनि काम गर्दा ध्यान दिनुहोला । सोचअनुसार काम नहुँदा मनमा अनेक प्रश्नहरु उठनसक्छन् ।
वृश्चिक (तो.ना.नि.नु.ने.नो.या.यि.यु) : व्यापारबाट लाभ हुने देखिन्छ । स्त्रीबाट साथ सहयोग मिल्नेछ । घरबाट बाहिर निस्कदा आमा, श्रीमती, छोरीलाई जानकारी दिएर काममा निस्कनु भयो भने आजको दिन तपाईंको कार्य सफलता मिल्नेछ । आफन्त र मित्रजनले भेटघाट र भोजनका लागि अनुरोधसमेत गर्नेछन् । सरकारी काममा अवरोध आएको छ भने आजको दिन जानु भएमा काम छिटो हुनसक्छ ।
धनु (ये.यो.भा.भी.भु.ध.फा.ढ.भे) : तपाईंले गरिरहनु भएको कामबाट आजको दिन सफलता मिल्नेछ । साथ सहयोग दिने कुनै एक जना मित्र र आफन्तलाई आजको दिन भेट गर्नुभयो भने सकारात्मक उर्जा भरिने छ । आजको दिन कसैलाई धन सापटी दिनुभयो भने फिर्ता हुने संभावना कम हुन्छ । व्यापारमा गरेको लगानीमा राम्रो प्रतिफल प्राप्त हुनेछ ।
मकर (भो.जा.जी.जू.जे.जो.ख.खि.खु.खे.खो.गा.गी) : मकर राशिका जातकले आजको दिन अध्यात्मिक कार्य गर्दा मनमा प्रसन्नता छाउने छ । चन्द्रमाको प्रभाव तपाईंले जे सोचेर काम गर्नुहुन्छ सफल हुनेछ । आज आफ्नो बसोबास भएकोे स्थानमा रहेको मठ मन्दिर वा गणेशको मन्दिरको दर्शन र हुनमान चालिसा पाठ गर्ने वा सुन्ने मात्रले पनि उर्जा थप हुनेछ ।
कुम्भ (गु.गे.गो.सा.सी.सु.से.सो.द) : आजको दिन अनुकुल देखिदैन, नियमित काम बाहेक अन्य काममा त्यति ध्यान नदिनु होला । यात्रा गर्नुभन्दा पहिले पूर्वतयारी गर्नुहोला । आकस्मिक समस्या र मनमा अशान्त छाउने छ । तपाईंले सोचअनुसारको काममा कठिनाई हुनेछ । व्यापारमा हुनुहुन्छ भने धैर्यपूर्वक कार्य गर्नुहोला । आजको दिन तपाईंले बालकलाई भोजन गराउनु भएकामा मनमा शान्ति मिल्नेछ ।
मीन(दी.दु.थ.झ.ञ.दे.दो.च.ची) : दाम्पत्य जीवनमा सुख प्राप्तिका लागि परिवारका सदस्यसँग यात्रा गर्नुहोला । घरमा खानेकुरा किनेर ल्याउदा परिवारमा हर्ष छाउने छ । मीन राशिका जातकले मंगलबार लेख्ने र पढ्ने कामको शुरुवात गर्नसक्नुहुन्छ । कुनै नयाँ पुस्तक खरिद, बस्त्र खरिद र दान र शिवालय रदेवालयमा गएर भोकालाई खानेकुरा खान दिनुभयो भने तपाईंको उन्नती र प्रगति हुँदै जानेछ । सिर्जनात्मक कार्यमा सहभागी हुँदा नयाँ उत्साह थपिने छ ।[image: rashiphal.jpg]

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

थप ६ राजदूत नियुक्ति:  यि हुन् राजदुत हुन तयारीमा  रहेकाहरू !
थप ६ राजदूत नियुक्ति: यि हुन् राजदुत हुन तयारीमा रहेकाहरू !
चितवन २ को उपनिर्वाचन वैशाख १० गते हुने
चितवन २ को उपनिर्वाचन वैशाख १० गते हुने
भोजपुरमा बस दुर्घटना हुँदा एकको मृत्यु, ८ जना घाइते
भोजपुरमा बस दुर्घटना हुँदा एकको मृत्यु, ८ जना घाइते
पाण्डेको खुलासा: सर्वसम्मतको प्रस्ताव आएपछि आफ्नो नेतृत्वको प्यानल घोषणा रोकियो
पाण्डेको खुलासा: सर्वसम्मतको प्रस्ताव आएपछि आफ्नो नेतृत्वको प्यानल घोषणा रोकियो
बंगलादेशका प्रधानमन्त्री शेख हसिनालाई स्वागत गर्न नेपाल सरकार आतुरः प्रधानमन्त्री ओली
जनप्रतिनिधिलाई जिल्लाको नक्सा रङ्गिन बनाउन पत्रकारको आग्रह
जनप्रतिनिधिलाई जिल्लाको नक्सा रङ्गिन बनाउन पत्रकारको आग्रह
लालसागरमा तनाव बढे पछि इरानले तैनाथ गर्‍यो युद्धपोत
लालसागरमा तनाव बढे पछि इरानले तैनाथ गर्‍यो युद्धपोत
विप्लवको उर्दीः निजी विद्यालय जनपरिषदमा दर्ता गर्नू
विप्लवको उर्दीः निजी विद्यालय जनपरिषदमा दर्ता गर्नू
क्षयरोग केन्द्रका निर्देशकको कार्यकक्षमा युवा विद्यार्थी संगठनको तालाबन्दी
क्षयरोग केन्द्रका निर्देशकको कार्यकक्षमा युवा विद्यार्थी संगठनको तालाबन्दी
प्रचण्डको प्राथमिकता ओलीभन्दा बाबुराम, सह-अध्यक्ष बन्न प्रस्ताव !
प्रचण्डको प्राथमिकता ओलीभन्दा बाबुराम, सह-अध्यक्ष बन्न प्रस्ताव !

तपाईंले छुटाउनुभयो कि?