इरानमा को बन्लान् राष्ट्रपति ?

Shikharkhabar Shikharkhabar
|
शनिबार, आषाढ १५, २०८१
|
|
३७ पटक हेरिएको
Shares
इरानमा को बन्लान् राष्ट्रपति ?

सारांश

  • बग्दाद (इरान)।
  • इरानमा गत महिना हेलिकोप्टर दुर्घटनामा दिवंगत भएका राष्ट्रपति इब्राहिम राइसीको स्थानमा नयाँ नेतृत्व चयनका लागि शुक्रबार मतदान सम्पन्न भएको छ।
  • करिब ६ करोड १० लाख इरानी नागरिक मतदानका लागि योग्य रहेका छन्।

बग्दाद (इरान)। इरानमा गत महिना हेलिकोप्टर दुर्घटनामा दिवंगत भएका राष्ट्रपति इब्राहिम राइसीको स्थानमा नयाँ नेतृत्व चयनका लागि शुक्रबार मतदान सम्पन्न भएको छ। करिब ६ करोड १० लाख इरानी नागरिक मतदानका लागि योग्य रहेका छन्।

आज (शनिबार) बिहानसम्ममा प्रारम्भिक र भोलि आइतबारसम्ममा औपचारिक नतिजा आउने अनुमान गरिएको छ । प्रतिबन्धको चपेटामा परेको इरानमा इस्लामिक गणतन्त्र र यसका कट्टर प्रतिद्वन्द्वी इजरायल र संयुक्त राज्य अमेरिकाबीच गाजा युद्ध जारी रहँदा क्षेत्रीय तनाव भइरहेका बेला निर्वाचन भएको हो ।

स्थानीय समयानुसार बिहान ८ बजे देशभरका ५८ हजार ६ सय ४० मतदान केन्द्रमा मतदान भएको थियो । ती केन्द्र १० घण्टाका लागि खुला राखिएका थिए । यद्यपि, अधिकारीहरूले विगतका निर्वाचनमा जस्तै मतदाताको चाप हेरेर समय बढाउन सक्ने जनाएका थिए । सुधारवादी नेता ६९ वर्षीय मसूद पेजेसकियान विभाजित कन्जरभेटिभ खेमाविरुद्ध सशक्त देखिएका छन् । उम्मेदवारहरूको जाँच गर्ने गार्जियन काउन्सिलले उनलाई सभामुख मोहम्मद बघेर गालिबाफ र पूर्वआणविक वार्ताकार सइद जलिलीको प्रभुत्व रहेको कन्जरभेटिभको क्षेत्रविरुद्ध लड्न अनुमति दिएको थियो ।

तेहरानका मेजर अलिरेजा जकानी र रइसीका पूर्वउपराष्ट्रपति अमिर होसेन गाजिजादेह हासेमीले पनि कट्टरपन्थी संगठनबाट राजीनामा दिएपछि धर्मगुरु मुस्तफा पोरमोहम्मदी पनि विवादमा तानिएका छन् ।

इरानका सर्वोच्च नेता अयातुल्लाह अली खामेनीले मतदान सुरु भएलगत्तै मतदान गरेका थिए । ‘निर्वाचन हामी इरानीका लागि हर्ष र खुसीको दिन हो,’ उनले टेलिभिजनमा सम्बोधन गर्दै भने, ‘हाम्रा प्रियजनलाई मतदानको मुद्दालाई गम्भीरतापूर्वक लिन र भाग लिन प्रोत्साहित गर्छौं ।’ यदि कुनै पनि उम्मेदवारले ५० प्रतिशत मत प्राप्त गरेनन् भने ५ जुलाईमा दोस्रो चरणको मतदान हुनेछ । सन् २००५ को मतदानपछि इरानी चुनावी इतिहासमा दोस्रोपटक मतदान भएको छैन । केही समयअघिसम्म सापेक्षिक रूपमा अनिश्चित रहेको पेजेस्कियानको उम्मेदवारीले रूढीवादी र अतिरूढीवादी खेमाहरूको वर्षौंको प्रभुत्वपछि इरानको सुधारवादी पक्षका लागि आशाहरू पुनर्जीवित गरेको छ ।

इरानका अन्तिम सुधारवादी राष्ट्रपति मोहम्मद खातामीले उनलाई ‘इमानदार, निष्पक्ष र मायालु’ व्यक्तिका रूपमा प्रशंसा गरेका छन् । सन् १९९७ देखि २००५ सम्म काम गरेका खातामीले उदारवादी हसन रौहानीलाई पनि समर्थन गरेका थिए । उनको समर्थका कारण रौहानीले राष्ट्रपति निर्वाचनमा विजय हाँसिल गरेका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?