कांग्रेसका असन्तुष्ट जिल्ला सभापतिहरु देउवा विरुद्ध काठमाडौंमा भेला

Shikharkhabar Shikharkhabar
|
बिहिबार, चैत्र २१, २०७५
|
|
१८ पटक हेरिएको
Shares
कांग्रेसका असन्तुष्ट जिल्ला सभापतिहरु देउवा विरुद्ध काठमाडौंमा भेला

सारांश

  • काठमाडौं ।
  • नेपाली कांग्रेसका ५१ जिल्लाका असन्तुष्ट सभापतिहरु शेरबहादुर देउवा विरुद्ध भेला भएका छन् ।
  • महासमितिले अनुमोदन गरेको निर्णय केन्द्रीय कार्यसमितिले उल्टाएपपछि कांग्रेसका असन्तुष्ट जिल्ला सभापति देउवालाई दबाब दिन काठमाडौंमा भेला भएका हुन् ।

काठमाडौं । नेपाली कांग्रेसका ५१ जिल्लाका असन्तुष्ट सभापतिहरु शेरबहादुर देउवा विरुद्ध भेला भएका छन् । महासमितिले अनुमोदन गरेको निर्णय केन्द्रीय कार्यसमितिले उल्टाएपपछि कांग्रेसका असन्तुष्ट जिल्ला सभापति देउवालाई दबाब दिन काठमाडौंमा भेला भएका हुन् ।

बुधबोखि काठमाडौंमा सुरु भएको भेलामा अधिकांश जिल्ला सभापति नेता रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौला पक्षका रहेका छन् ।

केन्द्रीय सदस्य महाधिवेशन प्रतिनिधिका विषयमा तलबाटै चुनिनुपर्ने, समानुपातिकमा एकै व्यक्ति पटकपटक उम्मेदवारी दिन नपाउने महासमितिमा निर्णय भएको थियो ।

महासमितिको सहमति उल्टाइएका कारण असन्तुष्ट सभापतिहरु काठमाडौंमा भेला भएका हुन् । सभापति शेरबहादुर देउवाकै चाहनामा निर्णय उल्ट्याइएको जिल्ला सभापतिहरुको दाबी छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?