कोरियामा नेपाली धमाधम पक्राउ

Shikharkhabar Shikharkhabar
|
बिहिबार, फाल्गुन ८, २०७६
|
|
१७ पटक हेरिएको
Shares
कोरियामा नेपाली धमाधम पक्राउ

सारांश

  • काठमाडौँ, ८ फागुन ।
  • दोलखाका कुञ्जन थापा र मोरङका दिवस राई अघिल्लो बुधबार सोलदेखि ४० किलोमिटर टाढा याङ्जुस्थित कम्पनीमा काम गर्दै थिए ।
  • खाना खाएर काममा लागेको केही समयपछि तार बनाउने उनीहरूको कम्पनीमा अध्यागमनले छापा मार्‍यो ।

काठमाडौँ, ८ फागुन । दोलखाका कुञ्जन थापा र मोरङका दिवस राई अघिल्लो बुधबार सोलदेखि ४० किलोमिटर टाढा याङ्जुस्थित कम्पनीमा काम गर्दै थिए । खाना खाएर काममा लागेको केही समयपछि तार बनाउने उनीहरूको कम्पनीमा अध्यागमनले छापा मार्‍यो । दिवसलाई प्रहरीले पक्राउ गरेर लग्यो ।

‘कम्पनीवरिपरि प्रहरी नै प्रहरी थिए, के भएको भन्ने थाहा भएन, दिवसलाई समाएपछि उनीहरू गए,’ कुञ्जनले भने, ‘पछि थाहा भयो अरूले जाँच दिएर भाषा पास गरी आएको आरोपमा उनलाई समातिएको रहेछ । अहिले डिटेन्सन सेन्टरमा राखेर जाँच कसले दिएको हो भनी सोधखोज गरिरहेका छन् भन्दैथ्यो । अर्को हप्ता नेपाल पठाउने रे ।’ केही समयदेखि अरूले परीक्षा दिएर पास गरी कोरिया आएका र नक्कली परीक्षार्थी बनेर परीक्षा दिने गरेका नेपालीलाई कोरियाली प्रहरीले पक्राउ गर्दै नेपाल पठाउन थालेको छ । ‘कति नेपाली नियन्त्रणमा परेका छन् भन्ने यकिन संख्या थाहा नभए पनि ५० जनाभन्दा बढी नेपाली अहिले नियन्त्रणमा छन्,’ प्रवासी श्रमिक युनियनका अध्यक्ष उदय राईले भने, ‘सबै ठाउँमा अहिले छापा मारेका छन्,’ उनले भने, ‘विभिन्न ठाउँबाट फोन गरेर केही सहयोग हुन्छ कि भन्छन् । यस्तो केसमा हामीले केही गर्न सक्दैनौं ।’

नेपाली दूतावासका द्वितीय सचिव उद्धव न्यौपानेले केही नेपालीलाई फिर्ता पठाएको जानकारी कोरियाली अध्यगमन विभागले दिएको बताए । ‘हामीलाई कोरियाली भाषामा अरूका नाममा परीक्षा दिने र अरूले नै परीक्षा दिएर पास भएर आउने चार जनालाई फिर्ता गरेको भन्ने जानकारी आएको छ ।’ (कान्तिपुर दैनिकबाट)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?