प्रधानमन्त्री ओलीलाई मानार्थ विद्यावारिधीको उपाधि प्रदान
सारांश
- काठमाडौं।
- प्रधानमन्त्री केपी शर्मा ओलीलाई कोरियाको काङनाम विश्वविद्यालयले मानार्थ विद्यावारिधीको उपाधि प्रदान गरेको छ।
- प्रधानमन्त्री ओलीलाई बुधबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गरी सो विश्वविद्यालयका अध्यक्ष डा.
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीलाई कोरियाको काङनाम विश्वविद्यालयले मानार्थ विद्यावारिधीको उपाधि प्रदान गरेको छ। प्रधानमन्त्री ओलीलाई बुधबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गरी सो विश्वविद्यालयका अध्यक्ष डा. शिनिल युनले राजनीतिक शास्त्रको मानार्थ विद्यावारिधीको उपाधि प्रदान गरेका हुन्। लोकतन्त्रको लागि उच्च योगदान गरेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीलाई सो उपाधि प्रदान गरिएको प्रधानमन्त्री ओलीको निजी सचिवालयले जनाएको छ। सो उपाधि ग्रहण गर्दै प्रधानमन्त्री ओलीले विश्वविद्यालयले आफूलाई दिएको सो मानार्थ उपाधि सिंगै मुलुक र जनताको सम्मानको रुपमा आफूले लिएको बताए। त्यस अवसरमा प्रधानमन्त्री ओलीले कोरियाको विकासबाट नेपालले धेरै कुरा सिक्न सक्ने उल्लेख गरे।प्रधानमन्त्री ओलीले आफू नेतृत्वको सरकारले सही नीति र दृष्टिकोण लिएर अघि बढेकाले मुलुक छोटो समयमै विकसित हुने दावी गरे।
प्रतिक्रिया