कांग्रेसले बागी उम्मेदवारलाई कारबाही गर्ने….

Shikharkhabar Shikharkhabar
|
बुधबार, आषाढ ७, २०७४
|
|
२४ पटक हेरिएको
Shares
कांग्रेसले बागी उम्मेदवारलाई कारबाही गर्ने….

सारांश

  • काठमाडौं, असार ७ – नेपाली कांग्रेसले पार्टीका आधिकारिक उम्मेदवारविरुद्ध उठ्ने बागी उम्मेदवारलाई कारबाही गर्ने भएको छ ।
  • कांग्रेस पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले बुधबार एक विज्ञप्ति निकालेर यही असार १४ गते हुन लागेको स्थानीय तहको निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवारविरुद्ध उठ्नेलाई कारबाही गर्ने जनाएको हो ।
  • विज्ञप्तिमा पार्टीका आधिकारिक उम्मेदवारका विरुद्ध पार्टीका कुनै सदस्यले बागी उम्मेदवारी दर्ता गरी निर्वाचन आयोगद्वारा तोकिएको समयसिमाभित्र आफ्नो उम्मेदवारी फिर्ता नलिए त्यस्ता उम्मेदवार र निजको प्रस्तावक एवम् समर्थकलाई कारबाही गर्ने उल्लेख छ ।

काठमाडौं, असार ७ – नेपाली कांग्रेसले पार्टीका आधिकारिक उम्मेदवारविरुद्ध उठ्ने बागी उम्मेदवारलाई कारबाही गर्ने भएको छ ।

कांग्रेस पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले बुधबार एक विज्ञप्ति निकालेर यही असार १४ गते हुन लागेको स्थानीय तहको निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवारविरुद्ध उठ्नेलाई कारबाही गर्ने जनाएको हो ।

विज्ञप्तिमा पार्टीका आधिकारिक उम्मेदवारका विरुद्ध पार्टीका कुनै सदस्यले बागी उम्मेदवारी दर्ता गरी निर्वाचन आयोगद्वारा तोकिएको समयसिमाभित्र आफ्नो उम्मेदवारी फिर्ता नलिए त्यस्ता उम्मेदवार र निजको प्रस्तावक एवम् समर्थकलाई कारबाही गर्ने उल्लेख छ ।

कांग्रेसले पार्टीको विधान २०१७ (संशोधित र परिमार्जित) को धारा ४९ (११) (ख) अनुसार पार्टीबाट स्वतः निष्कासित गर्ने जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?