कांग्रेस उम्मेदवारको घर नजिकै शंकास्पद वस्तु भेटियो

Shikharkhabar Shikharkhabar
|
सोमबार, मंसिर ४, २०७४
|
|
१७ पटक हेरिएको
Shares
कांग्रेस उम्मेदवारको घर नजिकै शंकास्पद वस्तु भेटियो

सारांश

  • रसुवा : रसुवाको दक्षिणी भेगमा रहेको उत्तरगयामा कांग्रेस उम्मेदवारको शंकास्पद वस्तु फेला परेको छ ।
  • सदरमुकाम धुन्चेदेखि ३५ किलामिटर दक्षिणमा रहेको उत्तरगया गाउंपालिका-३ लहरेपौवामा सोमबार बिहान कांग्रेसका उम्मेदवार मोहन आचार्यको घर नजिकै बम आकारका ५ थान शंकास्पद वस्तु फेला परेको रसुवाका प्रमुख जिल्ला अधिकारी हिरादेवी पौडेलले जानकारी दिइन्।
  • कालिकास्थानबाट सेनाको वम डिस्पोजल टोली घटनास्थलतर्फ पठाइएको र सो टोलीले घटनास्थलमा बम पुगेर निस्क्रिय पार्ने कार्य सुरु गरेको उनले बताइन् ।

रसुवा : रसुवाको दक्षिणी भेगमा रहेको उत्तरगयामा कांग्रेस उम्मेदवारको शंकास्पद वस्तु फेला परेको छ । सदरमुकाम धुन्चेदेखि ३५ किलामिटर दक्षिणमा रहेको उत्तरगया गाउंपालिका-३ लहरेपौवामा सोमबार बिहान कांग्रेसका उम्मेदवार मोहन आचार्यको घर नजिकै बम आकारका ५ थान शंकास्पद वस्तु फेला परेको रसुवाका प्रमुख जिल्ला अधिकारी हिरादेवी पौडेलले जानकारी दिइन्।

कालिकास्थानबाट सेनाको वम डिस्पोजल टोली घटनास्थलतर्फ पठाइएको र सो टोलीले घटनास्थलमा बम पुगेर निस्क्रिय पार्ने कार्य सुरु गरेको उनले बताइन् । जिल्ला प्रहरी कार्यालय रसुवाका प्रहरी निरीक्षक ध्रुवप्रसाद सिलवालले कांग्रेस उम्मेदवारको घरदेखि पाँचसय मिटर पर रहेको सो शंकास्पद वस्तु बम हो वा होइन भन्ने विषयमा घटनास्थल पुगेको सेनाले अनुसन्धान गरिरहेको बताए ।

यसैबीच, रसुवाको उत्तरदक्षिणी भेगमा रहेको पार्वतीकुण्ड गाउँपालिका-२ ग्रेमा रोकेर राखिएको तीन ओटा मोटरसाइकलमा अज्ञात समूहले आगजनी गरेका छन् । वाम गठबन्धनले चुनावी प्रचारप्रसारमा प्रयोग गरेका तीन ओटा मोटरसाइकलमा आइतबार वेलुकी आगजनी भएको हो ।

गठबन्धनले ग्रेमा सवारी साधन रोकेर नेसिङमा चुनावी अभियानमा लागेको समयमा घटना भएको रसुवा प्रहरीले जनाएको छ । नेसिङमा चुनावी अभियान सकेर फर्किदा घटना भएको थाहा पाएपछि गठबन्धनका कार्यकर्ताले प्रहरीलाई खबर गरेका थिए ।

घटनापछि गाउँले घर छाडेर हिँडेको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ । घटनामा संलग्न भएका व्यक्ति फरार भएको र फरार भएकाहरुको खोजीका लागि प्रहरी परिचालन गरिएको रसुवाका प्रहरी निरीक्षक धुब्र सिलवालले जानकारी दिए । घटनाको थप अनुसन्धान भइरहेको रसुवा प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?