पश्चिमको कठोर प्रतिबन्धमा पनि रुसी अर्थतन्त्रले सोचभन्दा राम्रो गरिरहेको छ : अन्तर्राष्ट्रिय मुद्रा कोष

Shikharkhabar Shikharkhabar
|
बुधबार, श्रावण ११, २०७९
|
|
१५ पटक हेरिएको
Shares
पश्चिमको कठोर प्रतिबन्धमा पनि रुसी अर्थतन्त्रले सोचभन्दा राम्रो गरिरहेको छ : अन्तर्राष्ट्रिय मुद्रा कोष

सारांश

  • युक्रेनमाथि रुसले आक्रमण सुरु गरेदेखि पश्चिमी मुलुकहरूले रुसविरुद्ध एक पछि अर्को गर्दै कैयौँ प्रतिबन्ध लगाइसकेका छन् ।
  • तर रुसी अर्थतन्त्रले यी प्रतिबन्धलाई असरहरू धेरै हदसम्म झेलेको अन्तर्राष्ट्रिय मुद्रा कोषले बताएको छ ।
  • आईएमएफका अनुसार युद्धकै कारण विश्वव्यापी बढेको इन्धनको मूल्यले रुसलाई फाइदा भएको छ र जसले अर्थतन्त्रलाई उल्लेख्य भरथेग गरिरहेको छ ।

युक्रेनमाथि रुसले आक्रमण सुरु गरेदेखि पश्चिमी मुलुकहरूले रुसविरुद्ध एक पछि अर्को गर्दै कैयौँ प्रतिबन्ध लगाइसकेका छन् ।

तर रुसी अर्थतन्त्रले यी प्रतिबन्धलाई असरहरू धेरै हदसम्म झेलेको अन्तर्राष्ट्रिय मुद्रा कोषले बताएको छ । आईएमएफका अनुसार युद्धकै कारण विश्वव्यापी बढेको इन्धनको मूल्यले रुसलाई फाइदा भएको छ र जसले अर्थतन्त्रलाई उल्लेख्य भरथेग गरिरहेको छ । रुस विश्वको प्रमुख खनिज इन्धन निर्यातक मुलुक हो ।

युक्रेनमाथिको आक्रमणपछि पश्चिमी शक्तिले रुसलाई विश्वव्यापी वित्त प्रणालीबाट अलगथलग गर्ने र मस्कोलाई युद्ध सञ्चालन गर्ने आर्थिक स्रोत सुकाउने प्रयास गरिरहेका छन् । तर अन्तर्राष्ट्रिय मुद्रा कोषले भर्खरै सार्वजनिक गरेको विश्व आर्थिक परिदृश्य रिपोर्टमा यो वर्षको रुसको जीडीपी प्रक्षेपणलाई २.५ प्रतिशतले बढाएको छ । तर रुसको सम्पूर्ण आर्थिक परिदृश्य सकारात्मक भने छैन । प्रतिबन्धले जति क्षति हुने सोचेको हो त्यति प्रभाव नपरे पनि यो वर्ष रुसको अर्थतन्त्र ६ प्रतिशतले सङ्कुचित हुने देखिएको छ ।

‘अर्थतन्त्रमा प्रतिबन्धको असर उल्लेख्य नभए पनि ६ प्रतिशतको सङ्कुचन पनि ठूलै मन्दी हो ,’ आईएमएफका प्रमुख अर्थशास्त्री पियरे ओलिभर गोरिन्चासले एएफपीसँग भने ।

एएफपीबाट

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?