कांग्रेस बल्ल संघीयतामा जाँदै
सारांश
- काठमाडौं ।
- देशमा संघीयता कार्यान्वयन भैसकेको एक वर्ष भैसक्यो ।
- नेपाली कांग्रेसले भने बल्ल संघीयता अनुसार पार्टी विधान परिमार्जन गर्ने भएको छ ।
काठमाडौं । देशमा संघीयता कार्यान्वयन भैसकेको एक वर्ष भैसक्यो । नेपाली कांग्रेसले भने बल्ल संघीयता अनुसार पार्टी विधान परिमार्जन गर्ने भएको छ । संघीयता अनुसार अनुसार पार्टीको विधानलाई परिमार्जन गर्न यही मंसिर २८ देखि पुस ३ गतेसम्म महासमिति बैठक बोलाएको छ । वैठकको तयारी पूरा भएको बताइएको छ ।
महासमितिको तयारीका लागि विभिन्न समिति गठन गरिएको थियो । समितिले आफ्नो जिम्मेवारीका काम अन्तिम चरणमा पुगेको जनाएको छ ।
विधान मस्यौदाका सम्बन्धमा मंसिर १३ देखि २२ गतेसम्मको केन्द्रीय समिति बैठकमा निरन्तर छलफल भए पनि सो प्रतिवेदन पारित हुन सकेको छैन ।
पार्टी सभापति शेरबहादुर देउवाको संयोजकत्वमा मूल तयारी समिति, उपसभापति विमलेन्द्र निधिको संयोजकत्वमा राजनीतिक प्रस्ताव समिति र महामन्त्री डा शशांक कोइरालाको संयोजकत्वमा साङ्गठनिक प्रस्ताव समिति गठन गरिएको थियो ।
यस्तै अर्का महामन्त्री पूर्णबहादुर खड्काको संयोजकत्वमा विधान संशोधन मस्यौदा, सहमहामन्त्री डा प्रकाशशरण महतको संयोजकत्वमा समग्र आर्थिक नीति प्रस्ताव, कोषाध्यक्ष सीतादेवी यादवको संयोजकत्वमा पार्टीको आन्तरिक आर्थिक प्रतिवेदन र काठमाडौँ जिल्ला सभापति कृष्ण बानियाँको संयोजकत्वमा काठमाडौँ उपत्यकाका तीनै जिल्ला कार्यसमिति रहने गरी स्थानीय व्यवस्थापन समिति गठन गरेको थियो ।
प्रतिक्रिया