सुनखानीमा पुरिएर छ जना मजदूरकाे निधन

Shikharkhabar Shikharkhabar
|
आइतबार, आश्विन १४, २०८०
|
|
४० पटक हेरिएको
Shares
सुनखानीमा पुरिएर छ जना मजदूरकाे निधन

सारांश

  • काठमाडौं ।
  • जिम्बाब्वेको एउटा सुनखानीमा पुरिएर छ जनाको ज्यान गएको छ भने निस्कने बाटो पुरिँदा १५ जनालाई उद्धार गर्न सकस भएको सरकारी सञ्चार माध्यमले जनाएका छन् ।
  • राजधानी हरारेबाट १०० किलोमिटर पश्चिममा रहेको चेगुतुमा रहेको बे हर्स सुनखानीको केही भाग भत्किँदा ३० जनाभन्दा बढी मजदुर फसेका थिए ।

काठमाडौं । जिम्बाब्वेको एउटा सुनखानीमा पुरिएर छ जनाको ज्यान गएको छ भने निस्कने बाटो पुरिँदा १५ जनालाई उद्धार गर्न सकस भएको सरकारी सञ्चार माध्यमले जनाएका छन् ।

राजधानी हरारेबाट १०० किलोमिटर पश्चिममा रहेको चेगुतुमा रहेको बे हर्स सुनखानीको केही भाग भत्किँदा ३० जनाभन्दा बढी मजदुर फसेका थिए । तेह्र जना खानी कामदार भने बच्न सफल भएका बताइएको छ । खानीमा फसेकाहरूलाई उद्धारको प्रयास भइरहेको छ। खानीको भाग के कारणले भत्कियो भन्ने थाहा हुन सकेको छैन भने दुर्घटनाको विस्तृत विवरण पनि प्राप्त भएको छैन । जिम्बाब्वे खानी महासङ्घले घटनास्थलमा गएर कारण पत्ता लगाउने बताएका छन् ।

सुन, प्लेटिनम र हीराको विशाल भण्डार भएको जिम्बाब्वेमा सुरक्षा मापदण्डको पूर्ण पालना नहुँदा खानी दुर्घटनाहरू सामान्य बन्ने गरेका छन् । सन् २०१९ मा भीषण वर्षासँगै खानीमा बाढी पस्दा धेरै मजदूर डुबेका थिए । एजेन्सी

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

होली वाइन खुवाउने एकनाथ ढकालले हिन्दु संस्कार अनुसार गरे श्राद्ध
होली वाइन खुवाउने एकनाथ ढकालले हिन्दु संस्कार अनुसार गरे श्राद्ध
“उम्मेदवार र सुरक्षाकर्मीलाई लक्षितगरी हिंसा हुनु चिन्ताको विषय हो “-प्रधानन्यायाधीश श्रेष्ठ
“उम्मेदवार र सुरक्षाकर्मीलाई लक्षितगरी हिंसा हुनु चिन्ताको विषय हो “-प्रधानन्यायाधीश श्रेष्ठ
महिला उद्यमीहरुको अन्तर्राष्ट्रिय सम्मेलन काठमाडौंमा शुरु , २७ राष्ट्रका उद्यमी महिलाहरुको सहभागिता
महिला उद्यमीहरुको अन्तर्राष्ट्रिय सम्मेलन काठमाडौंमा शुरु , २७ राष्ट्रका उद्यमी महिलाहरुको सहभागिता
सडक विस्तार नगर्न आग्रह
सडक विस्तार नगर्न आग्रह
चुनाव हारेपछि कांग्रेसका सभापतिले दिए राजीनामा
चुनाव हारेपछि कांग्रेसका सभापतिले दिए राजीनामा
पार्टी एकता भाँड्नेसम्मको षड्यन्त्रमा सहभागी भएको आरोप कमल थापाले बोहरामाथि थोपर्दै
पार्टी एकता भाँड्नेसम्मको षड्यन्त्रमा सहभागी भएको आरोप कमल थापाले बोहरामाथि थोपर्दै
‘गाँजा भाङ, धतुरो नखाए’ के महाशिवरात्री ?
‘गाँजा भाङ, धतुरो नखाए’ के महाशिवरात्री ?
यी हुन् माओवादीबाट मन्त्री बन्ने भाग्यमानी
यी हुन् माओवादीबाट मन्त्री बन्ने भाग्यमानी
मोटरसाइकलमा नम्बर प्लेटको नयाँ मापदण्ड
मोटरसाइकलमा नम्बर प्लेटको नयाँ मापदण्ड
उत्कृष्ट पुरस्कार पाएका कर्मचारीले घुस खाएपछि पक्राउ