वाइडबडी प्रकरणः प्रतिवेदनमाथि नै सांसदहरुको प्रश्न, पर्यटनमन्त्रीको बचाऊ

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, पौष २०, २०७५
|
|
१७ पटक हेरिएको
Shares
वाइडबडी प्रकरणः प्रतिवेदनमाथि नै सांसदहरुको प्रश्न, पर्यटनमन्त्रीको बचाऊ

सारांश

  • काठमाडौं, २० पुस ।
  • सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीका सांसदले वाइडबडी खरिदको छानविन गर्न गठित उपसमितिको प्रतिवेदनमाथि नै प्रश्न उठाएका छन् ।
  • आज बसेको लेखा समितिको बैठकमा बोल्ने नेकपाका अधिकांश सांसदले मुल समितिमा प्रतिवेदन पेश गर्नुअघि नै निष्कर्षहरु सार्वजनिक गरिएकोमा आपत्ति जनाएका छन् ।

काठमाडौं, २० पुस । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीका सांसदले वाइडबडी खरिदको छानविन गर्न गठित उपसमितिको प्रतिवेदनमाथि नै प्रश्न उठाएका छन् । आज बसेको लेखा समितिको बैठकमा बोल्ने नेकपाका अधिकांश सांसदले मुल समितिमा प्रतिवेदन पेश गर्नुअघि नै निष्कर्षहरु सार्वजनिक गरिएकोमा आपत्ति जनाएका छन् ।

साथै पर्यटनमन्त्री रविन्द्र अधिकारी र गृहसचिव प्रेम राईलाई गरिएको कारबाही सिफारिसमा नेकपाका अधिकांश सांसदको आपत्ति पनि जनाएका छन् । उपसमितिले अधिकारीसँग पूर्वमन्त्रीद्वय जीवनबहादुर शाही र जितेन्द्र देव, गृहसचिव राई, पर्यटन सचिव, वायुसेवा निगमका महाप्रबन्धन सुगतरत्न शंकाकारलाई कारबाही सिफारिस गरेको छ ।

उपसमितिको संयोजक राजेन्द्र केसीतर्फ संकेत गर्दै नेकपाका सांसदहरुले मन्त्री अधिकारी र गृहसचिव राईमाथि पूर्वाग्रहका साथ कारबाही सिफारिस गरिएको समेत बताएका छन् । सांसदहरु विशाल भट्टराई, यज्ञबहादुर बोहरा, पुष्पाकुमारी कर्ण लगायतले उपसमितिको प्रतिवेदन सुरुमै मिडियामा आएको भन्दै असन्तुष्टि जनाएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?