दिउसै हतियार किनबिच !

Shikharkhabar Shikharkhabar
|
आइतबार, आषाढ ३१, २०७५
|
|
२० पटक हेरिएको
Shares
दिउसै हतियार किनबिच !

सारांश

  • काठमाडाै, ३१ असार ।
  •   महानगरीय प्रहरी परिसर काठमाडौंको बिशेष टोलीले हतियार किनबेचको सूचना पच्छ्याउँदै ललितपुरको नखिपोट क्षेत्रमा आईतबार बिहान एउटा कारवाही गरेको छ।
  • ललितपुर प्रहरीको समन्वयमा प्रहरी निरीक्षक अनिल ठकुरीको कमाण्डमा खटिएको टोलीले जर्मन मेड पेस्तोल, दुई थान म्यागजिन र पाँच राउण्ड गोली सहित तीन जनालाई पक्राउ गरेको हो।

काठमाडाै, ३१ असार ।  महानगरीय प्रहरी परिसर काठमाडौंको बिशेष टोलीले हतियार किनबेचको सूचना पच्छ्याउँदै ललितपुरको नखिपोट क्षेत्रमा आईतबार बिहान एउटा कारवाही गरेको छ।

ललितपुर प्रहरीको समन्वयमा प्रहरी निरीक्षक अनिल ठकुरीको कमाण्डमा खटिएको टोलीले जर्मन मेड पेस्तोल, दुई थान म्यागजिन र पाँच राउण्ड गोली सहित तीन जनालाई पक्राउ गरेको हो।

काठमाडौंका आपराधिक समूहलाई हतियार बेच्दै आएका रामेछापका कृष्णबहादुर जोशी, आसुराम मोक्तान र ताप्लेजुङका हेमराज पौडेल प्रहरीको पक्राउमा परेका हुन्।

काठमाडौँ प्रहरीले ललितपुर परिसरको जिम्मा लगाएका तीनैजनालाई आजै पत्रकार सम्मेलन गरी सार्वजनिक गर्ने तयारी गर्दैछ। ललितपुर प्रहरीका एसपी शेखर खनालले पक्राउ परेका ब्यक्ति र हतियारका बिषयमा थप अनुसन्धान भइरहेको बताए।

अनुसन्धानमा संलग्न अधिकारीका अनुसार यो समूहले ८० हजार देखि ३ लाख रुपैयाँसम्मका साना हतियार आपराधिक समूहलाई बिक्री गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको छ।

(eluminoustechnologies)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?