काठमाडौँमै उत्कृष्ट बन्ने अम्बे सहकारीको प्रतिबद्धता

Shikharkhabar Shikharkhabar
|
शनिबार, चैत्र २३, २०७५
|
|
५३ पटक हेरिएको
Shares
काठमाडौँमै उत्कृष्ट बन्ने अम्बे सहकारीको प्रतिबद्धता

सारांश

  • शनिबार काठमाडौँको मित्रपार्कस्थित गोल्डेन लाइट पार्टी प्यालेसमा अम्बे बचत तथा सहकारी संस्थाको सातौँ वार्षिक साधारण सभा सम्पन्न भएको छ ।
  • पूर्व कृषि मन्त्री तथा सांसद हरिबोल गजुरेलको प्रमुख आतिथ्यतामा सम्पन्न साधारण सभामा सहकारीका अध्यक्ष प्रेम कुमार बर्माले वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।
  • अध्यक्ष बर्माले वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै सहकारीका आगामी योजना सार्वजनिक गरेका छन् ।

शनिबार काठमाडौँको मित्रपार्कस्थित गोल्डेन लाइट पार्टी प्यालेसमा अम्बे बचत तथा सहकारी संस्थाको सातौँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । पूर्व कृषि मन्त्री तथा सांसद हरिबोल गजुरेलको प्रमुख आतिथ्यतामा सम्पन्न साधारण सभामा सहकारीका अध्यक्ष प्रेम कुमार बर्माले वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

अध्यक्ष बर्माले वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै सहकारीका आगामी योजना सार्वजनिक गरेका छन् । अम्बे सहकारीलाई काठमाडौँकै उत्कृष्ट सहकारी बनाउने, सेयर सदस्य संख्या २ हजार पुर्याउने, रेमिट्यान्स थप्ने, परोपकार अक्षयकोष स्थापना गर्ने लगायतका आगामी योजना रहेको अध्यक्ष बर्माले बताए ।

त्यस्तै कार्यक्रममा सहकारीका कोषाध्यक्ष विनोद चौलागाईले आय व्यय र आर्थिक वर्षको प्रतिवेदन र ऋण उप–समितिको प्रतिवेदन प्रस्तुत गरे ।

कार्यक्रमका प्रमुख अतिथि पूर्वमन्त्री तथा सांसद गजुरेलले सहकारीको माध्यमबाट अम्बे बचतले नागरिकको आर्थिक विकासमा भूमिका खेल्नु पर्ने बताए । आर्थिक क्रान्तिका लागि सहकारी निकै राम्रो र उत्कृष्ट माध्यम रहेको उनको भनाई थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

गृहमन्त्री थापा न्यूरो अस्पतालमा !
गृहमन्त्री थापा न्यूरो अस्पतालमा !
सांसदले भने, ‘मेरी श्रीमती कैले विश्वकर्मा त कैले जनजाति भनेर सांसद हुन पाउने कि नपाउने ?’
सांसदले भने, ‘मेरी श्रीमती कैले विश्वकर्मा त कैले जनजाति भनेर सांसद हुन पाउने कि नपाउने ?’
कीर्तिपुर नगरपालिकाको मेयरमा कृष्णमान डंगोललाई उम्मेदवार बनाउने कांग्रेसको निर्णय
कीर्तिपुर नगरपालिकाको मेयरमा कृष्णमान डंगोललाई उम्मेदवार बनाउने कांग्रेसको निर्णय
पूर्व एआइजी भट्टराई भ्रष्टाचारी ठहर
पूर्व एआइजी भट्टराई भ्रष्टाचारी ठहर
ट्यालेन्ट हन्टबाट देशकै सर्वाधिक ठूलो राशीको धनगढी प्रिमियर लिग (डिपीएल)खेल्ने मौका
ट्यालेन्ट हन्टबाट देशकै सर्वाधिक ठूलो राशीको धनगढी प्रिमियर लिग (डिपीएल)खेल्ने मौका
पहिरनले वर्षा ट्रोलको सिकार भएकी वर्षाको पति संजोकको साथ
पहिरनले वर्षा ट्रोलको सिकार भएकी वर्षाको पति संजोकको साथ
प्रहरी कार्यालयमा ढुंगामुढा गर्ने रबि लामिछानेका समर्थकलाई मुद्धा लगाउने तयारीमा प्रहरी
प्रहरी कार्यालयमा ढुंगामुढा गर्ने रबि लामिछानेका समर्थकलाई मुद्धा लगाउने तयारीमा प्रहरी
लाइसेन्स नभएकालाई बचाउन खोज्दा प्रहरी नियन्त्रणमा
लाइसेन्स नभएकालाई बचाउन खोज्दा प्रहरी नियन्त्रणमा
मिटरब्याजीविरुद्ध मलङ्गवाबाट सबैभन्दा धेरै उजुरी
मिटरब्याजीविरुद्ध मलङ्गवाबाट सबैभन्दा धेरै उजुरी
बलात्कारीलाई १२ वर्ष जेल र ५० हजार जरिवाना ठहर
बलात्कारीलाई १२ वर्ष जेल र ५० हजार जरिवाना ठहर