प्रहरी कार्यालयमा ढुंगामुढा गर्ने रबि लामिछानेका समर्थकलाई मुद्धा लगाउने तयारीमा प्रहरी

Shikharkhabar Shikharkhabar
|
बुधबार, भाद्र ४, २०७६
|
|
३१ पटक हेरिएको
Shares
प्रहरी कार्यालयमा ढुंगामुढा गर्ने रबि लामिछानेका समर्थकलाई मुद्धा लगाउने तयारीमा प्रहरी

सारांश

  • चर्चित टेलिभिजन कार्यक्रम सिधा कुरा जनताका प्रस्तोता रवि लामिछानेलाई प्रहरी नियन्त्रणमा लिई चितवन लगेदेखि नै उनका समर्थकले विभिन्न किशिमका प्रदर्शन गरिरहेका छन् ।
  • प्रदर्शनमा सहभागि हुन देशैभरबाट सहभागि भइरहेको बुुझिएको छ ।
  • लामिछाने सहित आरोपी तीनै जनालाई चितवन लगेकै दिन उनका समर्थकले प्रदर्शन गर्दै प्रहरी कार्यालमा ढुंगामुढा समेत गरेका थिए ।

चर्चित टेलिभिजन कार्यक्रम सिधा कुरा जनताका प्रस्तोता रवि लामिछानेलाई प्रहरी नियन्त्रणमा लिई चितवन लगेदेखि नै उनका समर्थकले विभिन्न किशिमका प्रदर्शन गरिरहेका छन् । प्रदर्शनमा सहभागि हुन देशैभरबाट सहभागि भइरहेको बुुझिएको छ । लामिछाने सहित आरोपी तीनै जनालाई चितवन लगेकै दिन उनका समर्थकले प्रदर्शन गर्दै प्रहरी कार्यालमा ढुंगामुढा समेत गरेका थिए ।

प्रदर्शनकारीले गरेको ढुंगामुढाका कारण पाँच जना प्रहरी घाइते भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । प्रदर्शनकारीको प्रदर्शन रोकिने छाँटकाँट नदेखेपछि प्रहरीले निषेधित क्षेत्र नै तोकेको छ । निषेधित क्षेत्रमा पनि प्रदर्शनकारीले बेलाबेला तोडेपछि प्रहरीसँग झडप भइरहेको छ । मंगलबार पनि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको थियो ।

जिल्ला अदालतले फेरि पाँच दिन रविसहित तीनै जनालाई हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएपछि प्रदर्शनकारीले निषेधित क्षेत्र तोडेका थिए । निषेधित क्षेत्र तोड्ने क्रममा प्रहरीमाथि आक्रमण गर्ने ६ प्रदर्शनकारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यसअघि १८ जनालाई प्रहरीले नियन्त्रणमा लिएको थियो । त्यस मध्ये चार जना मंगलबार धरौटीमा रिहा भए । चार जनालाई प्रहरीले पाँच सय धरौटीमा १ भदौमै रिहा गरिसकेका थिए । तर, बाँकी १० जनालाई भने मुद्दा चलाउने तयारी भइरहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?