अब रक्षात्मक अवस्थामा ओली

Shikharkhabar Shikharkhabar
|
बिहिबार, पौष २, २०७७
|
|
३४ पटक हेरिएको
Shares

सारांश

  • सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रको आन्तरिक विवादका क्रममा चौतर्फी घेराबन्दीमा परेपछि प्रधानमन्त्री केपी शर्मा ओली आफ्नो अडानबाट पछि हटेका छन्।
  • मंगलबार सरकारका तर्फबाट जारी गरिएको संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी अध्यादेश फिर्ता गर्न तयार भएसँगै उनी पार्टी बैठकमा सहभागी नहुने भन्ने अडानबाट पनि पछि हटेका छन्।
  • ओली आफ्नो अडानबाट पछि सरेपछि अध्यादेश र विशेष अधिवेशनसम्बन्धी प्रस्ताव फिर्ता लिएर सहमति खोज्ने निर्णय नेकपा स्थायी कमिटी बैठकले गरेको छ।

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रको आन्तरिक विवादका क्रममा चौतर्फी घेराबन्दीमा परेपछि प्रधानमन्त्री केपी शर्मा ओली आफ्नो अडानबाट पछि हटेका छन्। मंगलबार सरकारका तर्फबाट जारी गरिएको संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी अध्यादेश फिर्ता गर्न तयार भएसँगै उनी पार्टी बैठकमा सहभागी नहुने भन्ने अडानबाट पनि पछि हटेका छन्।

ओली आफ्नो अडानबाट पछि सरेपछि अध्यादेश र विशेष अधिवेशनसम्बन्धी प्रस्ताव फिर्ता लिएर सहमति खोज्ने निर्णय नेकपा स्थायी कमिटी बैठकले गरेको छ।

संवैधानिक परिषद्सम्बन्धी अध्यादेशलाई काउन्टर दिन कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपाल समूहले राष्ट्रपति कार्यालयमा संसद्को विशेष अधिवेशनसम्बन्धी प्रस्ताव लिएर गएपछि ओली र दाहालसहित ६ नेताहरूबीच लामो समय छलफल भएको थियो। स्थायी कमिटीको बैठक सुरु नहुँदै ओली, दाहाल, महासचिव विष्णु पौडेल, संसदीय दलका उपनेता सुवास नेम्वाङ, घनश्याम भुसाल र शंकर पोखरेलको बैठक बसेको थियो।

छलफलका क्रममा ओलीले आफू पछि नहट्ने बताइरहँदा छलफलमा सहभागी नेताहरूले ‘हामी कुन बाटो हिंडिरहेका छौं, सहमतिको बाटो हो कि समाप्तिको, यसको जवाफ तपाईंहरू दुवै अध्यक्षले दिनुपर्छ भनेका थिए। ‘हामी सहमतिको बाटो हिँडिरहेका छौं भने अध्यादेश र विशेष अधिवेशन मागको दुवै प्रस्ताव फिर्ता गरौं, होइन अहिले दुवै पक्ष समाप्तिको बाटो हिँडेका हौं भने आफ्नो आफ्नो बाटो लागौं, यसले कोही कसैको टाउको माथि पर्दैन, नेपालमा कम्युनिस्ट पार्टीकै भविष्य संकटमा पर्छ, यसको अपजसबाट तपाईंहरू दुवै अध्यक्ष उम्कन पाउनुहुन्न’ भनेपछि दुवै अध्यक्ष प्रस्ताव फिर्ता गर्न राजी भएका थिए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बार्सिलोनाको हारबारे कट्टर दुश्मन क्लवका प्रशिक्षकको यस्तो टिप्पणी
बार्सिलोनाको हारबारे कट्टर दुश्मन क्लवका प्रशिक्षकको यस्तो टिप्पणी
Priyanka Chopra goes on a dinner date with rumoured boyfriend Nick and mother on a dinner date, see pics
Priyanka Chopra goes on a dinner date with rumoured boyfriend Nick and mother on a dinner date, see pics
प्रहरीले चलाएकाेअभियानमा २४ जना पक्राउ परे
किन नीजि गाडीमै लगियो कृष्णबहादुर महरालाई ?
किन नीजि गाडीमै लगियो कृष्णबहादुर महरालाई ?
३२ जिल्लामा उम्मेदवारी दर्ता(उम्मेदवारको सूचीसहित)
३२ जिल्लामा उम्मेदवारी दर्ता(उम्मेदवारको सूचीसहित)
पुरुष नपुंसकताविरुद्ध भियग्रालाई अनुमति देखि ५८३ जना मृत्यु भएको त्यो हवाई दुर्घटना
पुरुष नपुंसकताविरुद्ध भियग्रालाई अनुमति देखि ५८३ जना मृत्यु भएको त्यो हवाई दुर्घटना
राष्ट्रिय समस्या समाधान गर्न राष्ट्रिय सहमति आवश्यक छ : प्रधानमन्त्री दाहाल
राष्ट्रिय समस्या समाधान गर्न राष्ट्रिय सहमति आवश्यक छ : प्रधानमन्त्री दाहाल
बामदेव गौतमलाई मन्त्री नबनाउनु भन्दै सर्वोच्चमा दायर रिटको सुनुवाई आज
बामदेव गौतमलाई मन्त्री नबनाउनु भन्दै सर्वोच्चमा दायर रिटको सुनुवाई आज
शुक्रवार थपिए ६६ सय ५३ कोरोना संक्रमित
शुक्रवार थपिए ६६ सय ५३ कोरोना संक्रमित
रोल्पाका द्वन्द्वपीडित सैनिक पत्नि व्यवसायबाट मनग्ये आम्दानी गर्दै
रोल्पाका द्वन्द्वपीडित सैनिक पत्नि व्यवसायबाट मनग्ये आम्दानी गर्दै

तपाईंले छुटाउनुभयो कि?